New Muslims APP

विश्व शान्ति लागि कुरआन मात्र

विश्व शान्ति लागि कुरआन मात्र भन्ने विषयमा चर्चा गर्नेछौं । कुरआन इस्लामको महान ग्रन्थ हो । यसका कतिपय शिक्षाहरु मानवको सृष्टिसँग-सँगै दिई आएका छन् । पहिलो मानव आदम अलै.को सृष्टि पश्चात धर्तिमा जीवन निर्वाह गर्न तरिका सिकाउनका लागि उनले आदम अलैहिस्सलाम तथा हौव्वा अलैहिस्सलामलाई इस्लामी शिक्षा दिए । धर्तिमा मानिसको संख्या बढ्दै गयो र ईश्वरले विभिन्न कालन्तरमा विभिन्न क्षेत्र, समूदाय र क्षेत्रमा मानिसहरुको प्रतिनिधीमार्फत ईश्वरिय सन्देशहरु अवतरित गर्दै रहे । यि प्रतिनिधीहरुको शिक्षामा ईस्लामको शिक्षा रहेको थियो ।तर त्यसरी अवतरित ईश्वरिय सन्देश अपूर्ण हुनुका साथै मानिसका कमजोरीका कारणले गर्दा शुरुको शिक्षा वास्तविक रुपमा रहन सकेन । त्यसमा हेरफेर तथा थपघट हुँदै आयो । त्यसरी मानिस हरेक दृष्टिले सक्षम भएपछि ईश्वरले हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अन्तिम सन्देष्टा बनाए र 23 वर्षको लागि जीवनमा मानवको सम्पूर्ण जीवन व्यवस्थालाई निर्देशित गर्ने सन्देशहरु अर्थात कुरआन अवतरित गरे ।

कुरआनको शिक्षा नै इस्लामको शिक्षा हो । इस्लाम शब्द सलामबाट बनेको हो । जसको शाब्दिक अर्थ शान्ति हुन्छ । त्यसैले कुरआनको शिक्षा नै शान्तिको शिक्षा हो । कुरआन 23 वर्षको अवधिमा थोरै थोरै गरेर अवतरित गरिएको हो । हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अल्लाहले जब नबुवत अर्थात ईशदूत्व प्रदान गरे तब मानिसहरुलाई सत्य धर्मतर्फ बोलाउनका लागि वहाँलाई नियुक्ति गरियो । यसका लागि जब शुरुआतका लागि जस्तो किसिमको आवश्यकता थियो त्यही प्रकारको धार्मिक आदेशहरु अवतरण भयो । शुरु शुरुका शिक्षा तथा आदेशहरु छोटो छोटो बोलका रुपमा अवतरित भए । तिनीहरुको भाषामा अत्यन्त मधुरता, सरलता तथा प्रवाहा थियो । ति आदेश तथा शिक्षाहरु सुन्न मानविय चाहना विह्वल भएर उठ्थ्यो । तिनीहरुमा व्यापक सत्यता, तथा नैतिकताको, मौलिकता एवं व्यापक सिद्धान्तको वर्णन हुने गर्दथ्यो । तर जसरी अल्लाहकोतर्फबाट उद्भासित हुने यि बोलहरुको भाषा अरबिक थियो त्यसैप्रकार यसमा प्रस्तुत गरिएका दृष्टान्त तथा प्रमाणहरु पनि अरबवासीहरुका लागि प्रख्यात थिए । सम्पूर्ण कुराकानी त्यहीको भाषा अनुकुल थियो । त्यहीको विचार एवं कल्पना सम्बन्धी खराबीहरु तथा त्यहीका नैतिक तथा सामाजिक विनाशप्रति प्रत्यक्ष प्रकाश पारिएको थियोे । फेरी अगाडि बढेर सत्य तथा असत्य बीच संघर्ष भयो । सत्यको विरोधीहरुले कुरआनको आवाजहरुलाई दबाउन चाहे । उनीहरुले यसको पूरा प्रयाश गरे । मानिसहरु मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम कार्यहरु पूरा गर्नको लागि भोका थिए । त्यसका अनुयायीहरुलाई हरेक प्रकारको दुख, कष्ट दिइयो । उनीहरुलाई अनेक तरिकाबाट सताइयो । यहाँसम्म कि उनीहरुलाई हब्सा अर्थात इथोपिया र मदीनातर्फ हिजरत गर्नु पर्यो । यी अन्याय तथा अत्यचारको बाबजुद पनि इस्लाम धर्म फैलिदै गयौ ।

प्रस्तुतकर्ताः अब्बास चौधरी

लेखक- मुहम्मद इब्राहीम

 

 

Related Post