np.newmuslim.net
के हाम्रो जीवन उद्देश्य विहीन छ ?
एउटा प्रश्न उठ्छ: “के हाम्रो जीवनको पनि कुनै उद्देश्य छ ? ”छोटो चिन्तनमनन् पछि हामी यस निस्कर्षमा पुग्दछौं, अवश्यै हाम्रो यस जीवनको पनि कुनै न कुनै उद्देश्य हुनुपर्छ र हामीले त्यस उद्देश्यको पूर्ति गर्नु अनिवार्य छ । अझ यी प्रश्नहरू हामी को हौं ? कहाँबाट आयौं ? कसरी आयौं ? र कहाँ जाने छौं ? हामीलाई कसले पठाएको हो ? र किन पठाएको हो ? यी प्रश्नहरूमाथि विचार गर्दा हामीले गम्भिर हुनु जरुरी छ र यी प्रश्नहरूका जवाफ खोज्न पनि आवश्यक छ ।
ahmed