अय्यामे बीज़को रोज़ा राख्दा हुने फाइदा

अय्यामे बीज़

अय्यामे बीज़को रोज़ा १३, १४ र १५

आज विज्ञानले अनुसन्धानद्वारा यो प्रमाणित गरेको छ कि जब चन्द्रमा पूर्ण हुन थाल्छ तब त्यस अवधिमा मानव शरीर पनि यसबाट प्रभावित हुन्छ, यसैले अन्य दिनको अपेक्षामा यी दिनमा मानव भित्र कामुकता, उत्तेजना सृर्जना हुन थाल्छ, सहवासमा उत्तेजित हुन थाल्छ, क्रोधमा वृद्धि हुन थाल्छ जसले गर्दा यी दिनहरुमा अपराधिक घटनाहरु धेरै घट्ने गर्दछ । अरबी क्यालेन्डरको मिती अर्थात हिजरी सम्बत अनुसार हरेक महिनाको १३, १४ र १५ तारिखमा अल्लाहको रसूल (सल्ल.) ले हाम्रो लागि रोज़ा (उपवास) राख्न उपदेश दिएका छन् । अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना तीन सहाबा हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हुहज़रत अब्दुल्लाह बिन अमर बिन आस रज़ियल्लाहु अन्हुमा र हज़रत अबू ज़र रज़ियल्लाहु अन्हुलाई उपदेश दिंदै भन्नु भएको थियो कि अय्यामे बीज़को रोज़ालाई विशेष रूपमा पालन गर।

बुख़ारी व मुस्लिमको वर्णन छ, हज़रत अबू हुरैरा  रज़ियल्लाहु अन्हुले भन्नु भयोः मलाई नबी (सल्लल्लाहु अलैही वसल्लम) ले तीन चीजको उपदेश दिनु भयो, मृत्युसम्म म त्यसलाई छोडन सक्दिन, हर महीनाको तीन दिनको रोजा, चाश्चको नमाज, र वित्र पढेर सुत्ने गर। (बुख़ारी ११२४, मुस्लिम ७२१)

 हज़रत अब्दुल्लाह बिन अमर बिन अल-आस रज़ियल्लाहु अन्हु भन्नु हुन्छः अल्लाहको रसूल सल्लल्लाहु अहैहि व सल्लमले भन्नुभयोः तिम्रो लागि यो काफी छ, हरेक महीनामा तीन दिन अय्यामे बिज़को रोजा राख। तिम्रो लागि एक पुण्यको बदला दस पुण्य मिल्छ। यसप्रकार अय्यामे बिज़को ३ रोजा एक महिना भरी रोजा राखे समान हो। (बुख़ारी १८७४, मुस्लिम ११५९)

 हज़रत अबू ज़र रज़ियल्लाहु अन्हुले बर्णन गर्नु भएको छः अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो जब तिमी महिनामा कुनै दिन रोजा राख्न चाहन्छौ भने हिजरी तारिक अनुसार १३, १४ र १५ को रोजा राख। (तिर्मिज़ी ७६१, नसाई २४२४,

यस हदीसलाई इमाम तिर्मिज़ीले हसन भन्नु भएको र इमाम अल्बानीले इरवाउल ग़लील ९४७ मा यसको समर्थन गरेका छन् । हामी जान्दछौ कि रोजाले कामोच्छालाई नियन्त्रणमा राख्नलाई मुख्य भूमिका निभाउँछ । यस हैसियतबाट अय्यामे बीज़को रोज़ा आज हाम्रो लागि चमत्कारको हैसियत राख्छ।

डा. मुहम्मद अली अल-बारले एक अमेरिकी विशेषज्ञ मनोविज्ञान डा. लेबरको दृश्य नोट गरेका छ कि “चन्द्रमालाई पूर्ण हुँदा हिंसात्मक गतिविधीहरुमा वृद्धि हुनलाई गहिरो सम्बन्ध पाइन्छ । मादक पदार्थको जिज्ञासा, अपराधीहरु र हिंसाको गतिविधीहरुमा छिट्टै सृर्जना हुन जान्छ। यो मानसिक र बौद्धिक गम्भीरताबाट खाली हुन जान्छ। सर्वेक्षणद्वारा प्राप्त गरेको बयान, अस्पतालको रिपोर्ट अनुसार, पुलिस चौकीको रिपोर्टबाट पत्ता चल्छ कि अक्सर अपराध अय्यामे बीज़को दिनमा नै घट्ने गर्छ । यिनै दिनमा विद्धान पुरुष एवं महिलाहरु मनोवैज्ञानिक समस्याहरुको शिकारबाट धेरै प्रभावित हुन्छन्, यसैगरी तलाकको घटनाहरु र ठूला-ठूला झगडा अरु दिनको तुलनामा यी दिनहरुमा बढी हुने गर्दछ ।

अब प्रश्न यो छ कि चन्द्रमा पूर्ण हुन लाग्दा मानवमा मनोवैज्ञानिक रुपमा परिवर्तन हुने बीच आखिर के तालमेल छ ?

यस सम्बन्धमा विज्ञान भन्दछः जुन अवधिमा चन्द्रमा पूर्ण हुनेछ यसै समयमा त्यसको प्रभाव पृथ्वीमा पर्छ । पृथ्वी र मनुष्यको शरीरको बीच पनि गहिरो सम्बन्ध पाइन्छ । मानव शरीरको बनावट ८० प्रतिशत पानी र बाँकी २० ठोस पदार्थबाट बनेको हुन्छ। मतलब यो कि मानव शरीर र जमीनको आपसमा गहिरो सम्बन्ध पाइन्छ । यसबाट यो कुरा थाह हुन्छ कि माटो जमीनको नै हिस्सा हो । जसरी चन्द्रमाको प्रभाव जमीनमा पर्छ त्यसैगरी मानव शरीरमा पनि चन्द्रमाको प्रभाव पर्दछ । मानव शरीर र जमीनमा पर चन्द्रमाको प्रभाव यो समय पूर्ण हुन जान्छ र यो अवधि उज्यालो (शुक्ल पक्ष) दिनको रोजाको हुन्छ । यसैले यी दिनमा समुद्रको उतार-चढ़ाव आफ्नो चरम सिमासम्म पुग्न थाल्छ र मानवमाथि यसको प्रभाव कठिनाई, टेन्शन र मानसिक तनावको स्थितीमा देखिन्छ । जमीनसँग सम्बन्धित यसको उदाहरण हेर्नु हुन्छ भने तपाई समुद्र किनारमा गएर हेर्न सक्नु हुन्छ । समुद्रको उतार-चढ़ाव यी दिनहरुमा चरम सिमासम्म पुगेको हुन्छ र त्यसैगरी मानिससँग सम्बन्धित यसको उदाहरण हेर्नु छ भने पुलिस चौकीहरु, कोर्ट कचहरीमा जानुपर्छ या दैनिक समाचार, पत्र-पत्रिकाको अध्ययन गरेर वा रेडियो सुनेर वा टेलिभिजन हेरेर थाह पाउन सक्छौ कि अपराध, हत्या, आत्म-हत्या र एक्सिडेण्टको घटनाहरु यिनै दिनहरुमा अत्यधिक हुने गर्दछ।

यसैले हामीलाई अय्यामे बीज अर्थात अरबी महिना अनुसार हरेक महिनाको १३, १४ र १५  का दिनमा रोजा राख्नाले फाइदा देखिन्छ। नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले यी दिनहरुमा रोजा राख्ने आदेश दिएर हिंसा, हत्या, उत्तेजना र मानसिक तनावको उपचार गराउन आदेश दिनु भयो जुन ती दिनहरुमा मनुष्य भित्र सृर्जना हुन्छ । यसैगरी रोजाले गर्दा मानिस भित्र मानसिक तनावबाट शान्ति एवं आनन्द प्राप्त हुन्छ किनकि रोजा एकतर्फ भक्ति एवं उपासनाको पुण्य काम हो भने अर्कोतर्फ रोजा राख्दा कामोन्द्रिय, हत्या, हिंसा, झैं-झगडा तथा रिस राग जस्ता तामसी कार्यबाट रोजेदार (व्रतालु) मानिसलाई जोगाउँछ, जसले गर्दा समाजमा शान्ति, दया, स्वास्थ्यमा लाभ, अपराधिक गरिविधी हुन पाउँदैन जसले गर्दा एउटा सुन्दर शान्त समाजको विकाश हुन्छ ।

लेखकः सफात आलम तैमी

स्रोतः  http://cutt.us/JFfAv

अनुवादकः मुहम्मद इब्राहीम खरेल

 

Related Post