आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-१)

आइशा रज़ी.

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे (भाग-१)

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? यसको पछाडी अल्लाहको रसूल सल्ल.को के तत्वदर्शिता थियोयस विषयमा प्रकाश पार्ने प्रयास गरेको छु।

मुहम्मद सल्ल. को वैवाहिक जीवनमा दृष्टिगत गर्दा केही कुरा सामने आउँछ ।

पहिलोः मुहम्मद सल्ल. 25 वर्षको उमेरसम्म यस्तो समाजमा रहन्थे जुन हरेक प्रकारको पाप र अपराधमा ग्रसित थियो तर वहाँ यस्तो पाप र अपराधिक गतिविधी भएको समाजमा पनि बिल्कुल पवित्र थिए।

दोश्रोः 25 वर्षको उमेरमा एक महिला हज़रत ख़दीजा रज़ियल्लाहु अन्हासँग विवाह गरे, जो उमेरमा वहाँ भन्दा 15 वर्ष जेठी थिइन, खदीजाको पहिले विवाह भएको श्रीमानको मृत्यु भए पछि फेरी अर्को पुरुषसँग विवाह भएको थियो, दोश्रो श्रीमानको पनि मृत्यु  भएको थियो।

तेश्रोः पचास वर्षसम्म (अर्थात् पूरा 55 वर्ष) यिनै एक पत्नीसँग बिताउनु भयो, कुनै अन्य महिलासँग विवाह गर्ने इच्छा गर्नु भएन।

चौथोः हज़रत ख़दीजा रज़ियल्लाहु अन्हाको मृत्यु पछि वहाँको उमेर पचास वर्ष भएको थियो । त्यसबेला वहाँले सौदा रज़ियल्लाहु अन्हासँग विवाह गर्नु भएको थियो। वहाँ र उनको उमेरसँग मिल्दो थियो र विधवा थिइन । वर्ष 9 पत्निहरुसँग विवाह 53 वर्ष देखि 60 वर्षको उमेरको बीच भएको थियो।

यि सबै महिलाहरु (सिवाए हज़रत आयशा रज़ियल्लाहु अन्हा) दुई या तीन पतिहरुकी पत्नि भई सकेकी थिइन। उमेरको अन्तिम तीन वर्षमा जबकि अरबका ठूला क्षेत्रमा वहाँको सत्ता स्थापित भई सकेको थियो वहाँले कुनै विवाह गर्नु भएको थिएन।

उपरोक्त विवरण यस सन्देहको जड काटी दिन्छ, वहाँको बहुविवाहको उद्देश्य भोग विलासको कारणले थियो। के यो आरोप त्यो व्यक्तिमाथि लगाउन सकिन्छ जुन आफ्नो जवानीको दिन केवल एक महिलासंग बिताए र त्यो पनि यस्तो जो उमेरमा वहाँ भन्दा 15 वर्ष जेठी थिइन र यो पहिले दुई पतिको पत्नी भई सकेकी थिईन ? यस विषयमा दुई पक्षलाई विचार गर्न आवश्यकता छ।

वहाँलाई यौन इच्छा धेरै भएर विवाह गरेका हुन त ? जब नबी बनेको पाँचौ छैठौ वर्षमा वहाँको विरोधीले वहाँको निमन्त्रणलाई रोक्न खुब कोशिस गरे । मक्कावासीले वहाँलाई भने यदि तिमी यो दावती निमन्त्रणलाई छोडेर कुनै सांसारिक उद्देश्य छ भन, हामी तिमीलाई आफ्नो सरदार बनाउँछौ, तिम्रो कदममा यो सबै धन दौलत सुम्पि दिन्छौ, अरबकी सबैभन्दा सुन्दरी महिलासँग विवाह गरी दिन्छौ तर तिमीले एक अल्लाहको लागि दावतको काम छोड्नु पर्छ भन्दा वहाँले उनिहरुको शर्तलाई ठाडै अस्विकार गर्नु भयो। (तफ्सीर इब्ने जरीर 30187)

त्यो बेला वहाँको विवाह पचपन्न वर्षकी एक वृद्ध महिला (ख़दीजा रज़ियल्लाहु अन्हा) भएको थियो ।

जब वहाँले आफ्नो सन्देशको घोषणा गरेः शत्रु तथा विरोधीहरुले अनेक किसिमको आरोप लगाए, कवि भने, पागल र जादूगर भने, र अरु धेरै आरोप लगाए, तर वहाँका कट्टर दुश्मनले पनि वहाँ माथी यौन उत्तेजनाको आरोप लगाएका थिएनन्. यदि उनले यस सम्बन्धमा मुहम्मद सल्ल. भित्र केही गलत देखेको भए उनको विरुद्ध दुष्प्रचार गर्न यो भन्दा उत्तम मौका अरु हुन सक्दैनथ्यो।

आइशा रज़ियल्लाहु अन्हासँग विवाहः अब हामी आउँछौ, आइशा रज़ियल्लाहु अन्हासँग विवाहको तत्वदर्शिता के हो ?  मुहम्मद सल्ल. अल्लाहको अन्तिम सन्देष्टा थिए, वहाँपछि अरु कोही संदेष्टा आउनेवाला छैनन् र इस्लाम महा-प्रलयको दिनसम्म एक जीवन व्यवस्थाको रूपमा मानवको मार्गदर्शन गर्नेवाला थिए, यसैले यस धर्मको हर तरीकाबाट पूर्ण गर्ने आवश्यकता थियो, अतः वहाँकी पत्नी ख़दीजा रज़ी. को जब नुबूवतको दसौं वर्ष रमज़ानमा देहान्त भयो गया तब वहाँले त्यसको चार वर्ष पछि यो आवश्यक सम्झे कि वहाँको वैवाहिक जीवनमा आफु भन्दा सानो उमेर की महिला आउन जसले आफ्नो आँखा इस्लामी वातावरणमा खोलेकी होस्, र जुन नबी सल्ल. को परिवारमा आउन ताकि उसको उत्तम रूपमा शिक्षा दिक्षाको प्रबन्ध हुन सकोस् र ती मुसलमान महिलाहरु र पुरुषहरुमा इस्लामी शिक्षाहरु फैल्याउने काम गर्ने माध्यम बन्न सकुन। यस उद्देश्य अन्तर्गत अल्लाहले आईशा रज़ि. लाई चयन गर्नु भयो ।

हिजरत (मक्काबाट मदिनातर्फ प्रस्थान) गर्नु भन्दा तीन वर्ष पहिले शव्वालको महिना (मई 620) मा हज़रत आईशा रज़ि.सँग वहाँको विवाह भएको थियो। कुनै विद्वानको भनाई छ तीन वर्ष पछि तर धेरै जसो विद्वानहरुको भनाई अनुसार 9 वर्षकी भएकी थिइन र उनको आमा हज़रत उम्मे रूमानलाई विश्वास भएको थियो कि अब आइशाको विवाह गर्ने उमेर पुगिन, अब उनको विवाह गर्न सकिन्छ तब उनको विदाई गरेको हो । (सही मुस्लिम)

अल्लाहको रसूल सल्ल. को जुन समय घरमा बिताउनु हुन्थ्यो त्यसबेला यस्तो समझदार र बुद्धिमान महिलाको ज़रूरत थियो जसले वहाँको एक एक उपदेशलाई याद गरोस्, हज़रत आइशा शुरु देखि नै इस्लामी वातावरणमा हुर्केकी थिइन जब अल्लाहको रसूल सल्ल. को घरमा आईन तब हज़रत आइशा रज़ि. ले कम उमेरमा क़ुरआन र हदीसको शिक्षाको ठोस ज्ञान प्राप्त गरेकी थिइन र यो शिक्षा पछिल्लो पिढींसम्मका व्यक्तिसम्म पुर्याउनु भएको थियो। हज़रत आइशाको आफ्नो कथन बाहेक उनले मुहम्मद सल्ल. को जुन हदीसहरु (कथन र कर्म) बयान गरेकी छिन् त्यसको संख्या 2210 छ। अबू हुरैरा रज़ी. बाहेक सबैभन्दा धेरै हदीस रिवायत बयान गर्ने वाली महिला उनै हुन्। यो हो यसको वास्तविक तत्वदर्शिता यस कारण अल्लाहको रसूल सल्ल. ले हज़रत आईशा रज़ि. लाई विवाह गर्नु भएको थियो।

अर्को कुरा नबी सल्लल्लाहु अलैहि व सल्लमले आइशा रज़ियल्लाहु अन्हासँग विवाहको सपना देख्नु भएको थियो, सही बुखारीमा हज़रत आइशा रज़ियल्लाहु अन्हा बयान गर्नु हुन्छ, नबी सल्लल्लाहु अलैहि व सल्लमले उनलाई भने सपनेमा मैले तिमीलाई दुई पटक देखेको थिए, मैंले तिमीलाई रेशमी कपडा लगाएको देखेको थिए, कसैले भन्थे यो तेरो श्रीमति हो जब कपड़ा हटाएको त तिमीलाई देखें तिमी थियौं। मैले भने यदि यो अल्लाहको तर्फबाट हो भने अल्लाह त्यसलाई पूरा गर्छन्। (सही बुखारी, हदीस नम्बर 3682)

फेरी नबी सल्लल्लाहु अलैहि व सल्लमले आइशा रज़ियल्लाहु अन्हामा बालपनमा जुन समझदारी र बौद्धिकता देख्नु भएको थियो, यसकारण उनीसँग विवाह गर्न चाहना गर्नु भयो ताकि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको सन्देशलाई अरु सम्म राम्रोसँग सही तरीकाबाट पुर्याउन सकियोस्। हुन पनि त्यस्तै नै भयो । आयशा रज़ियल्लाहु अन्हा सहाबाको लागि ज्ञानको स्रोत बन्नु भयो, जसबाट ठूला ठूला सहाबा धार्मिक ज्ञानको विषयमा सोध्न आउने गर्दथे।

भाग-

लेखकः सफात आलम तैमी

अनुवादकः मुहम्मद ईब्राहिम

स्रोतः http://cutt.us/1lZqG

Related Post