New Muslims APP

इस्लामिक ज्ञान हासिल गर्ने महत्व

इस्लामिक ज्ञान हासिल गर्ने महत्व

इस्लामिक ज्ञान हासिल गर्ने महत्व

इस्लामिक ज्ञान हासिल गर्ने महत्व – रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छः “जो मानिस ज्ञान सिक्नको लागि त्यसबाटोमा हिड्छ त्यसकारण अल्लाह उसको लागि स्वर्गको बाटो सजिलो गरि दिनुहुन्छ र जब मानिस अल्लाहको कुनै घर (मस्जिद) मा जम्मा भएर अल्लाहको किताब पढ्छन् र आपसमा सिक्छन् त अल्लाह उनीहरुमाथि शान्ति र धैर्यता अवतरण गर्नु हुन्छ । अल्लाहको कृपाले उनलाई ढाक्दछ र फरिश्ताहरु उनलाई घेर्दछन् र अल्लाह उनलाई आफ्नो नजिकवालासँग याद गर्दछन्।” (मिस्कात)

इस्लामिक ज्ञान जान्नेवाला अम्बियाको वारिस हुन्

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयोः “बेशक (निश्चय) नै उलमा ( इस्लामिक विद्वान) अम्बिया (नबी) का वारिस हुन्।” (अबू दाऊद)

ज्ञानी र अज्ञानीको फरक

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः  आबिद (शिष्य) माथि आलिम (गुरु अर्थात शिक्षक) को प्रधानता यस्तो छ जस्तो मेरो प्रधानता तिमीहरु सारा मानिसहरुमाथि छ । फेरी वहाँले यो आयत पढ्नु भयोः अल्लाहसँग डराउने उसको भक्तहरु मध्ये उलमा (विद्वान) हुन् ।

इस्लाम पूर्ण दीन (धर्म) हो

अल्लाह तआलाले इस्लामलाई पूर्ण रुपमा अवतरण गर्नु भयो । अब यसमा कुनै प्रकारको कमी बेशीको शंका छैन । पवित्र कुरआन सूरह अल माइदामा अल्लाहको यो कथन छः “आज मैले तिमीहरुको ‘दीन’ (जीवन पद्धति) लाई तिमीहरुकानिम्ति पूर्ण गरेको छु र तिमीप्रति आफ्नो अनुग्रह पुरा गरेको छु अनि तिमीहरुकालागि दीन (जीवन पद्धति) स्वरुप इस्लामलाई रोजेको छु।” (५-सूरह अल माइदा, आयत-३)

रसूलुल्लाह सल्लको भनाई छः “जसले हाम्रो यस दीन (जीवन पद्धती) मा नयाँ चीज लागु गर्छ, जुन यसमा पहिले देखि थिएन त्यो स्वीकार्य हुँदैन।” (बुखारी र मुस्लिम)

दीन (जीवन पद्धति) माथि सहमत हुने आदेश

कलमा पढ्ने सबै मुसलमानहरुलाई तौहीद र नुबुवतमाथि आस्थामा सहमत भएर दीन (जीवन पद्धति) लाई बलियोसँग थाम्नु पर्छ । पवित्र कुरआन सूरह आले इमरानमा अल्लाहको कथन छः र सबै मिली अल्लाहको डोरीलाई बलियोसँग समात अनि विभाजित नहोऊ…….।”(आले इम्रान-१०३)

मुसलमान उम्मत (समुदाय) हो फिर्का (पार्टी) होइन

अल्लाहलाई एक मान्ने र रसूलुल्लाह सल्लल्लाहु अलैहि व सल्लमको नुबुवतमाथि ईमानको सम्बन्धबाट सबै मुसलमान मुहम्मद सल्ल. को समुदाय हो । यही दीनी नाता उनलाई अल्लाहको रस्सीबाट बाँधिएका छन् । अल्लाहले उनीहरु सबैलाई भलाईको समूदायको उपनाम दिएको छ । पवित्र कुरआन सूरह आले इमरानमा अल्लाहको कथन छः “तिमीहरु उत्तम समूदाय हौ जसलाई मानवजातिकानिम्ति पठाइएको छ…… । ”(आले इम्रान-११०)

फेरि अर्को ठाउँमा पवित्र कुरआन सूरह अल अब्बियामा भनिएको छः र, जब तिमीहरुले हाम्रो प्रकोपलाई महुस गरे तब त्यबाट भाग्न थाले। (सूरह अल अब्बिया-१२)

दीन (जीवन पद्धती) मा फुटाउन मनाही छ

विभिन्न व्यक्तिहरुको नाममा अलग नामबाट अलग पार्टी वा समूह बनाउनु दीन (जीवन पद्धती) मतभेद गर्न मनाही छ ।  पवित्र कुरआनमा अल्लाहको  कथन छः …..अनि नमाज कायम गर तथा मुश्रिकहरुमध्ये नबन… (सूरह रूस, आयतः ३१)

जसले आफ्नो धर्मलाई छिन्नभिन्न पारे र स्वयं विभिन्न सम्प्रदायमा विभाजित भए। प्रत्येक सम्प्रदाय आफुसित रहेको चिजमा नै मग्न छ। (सूरह रूस, आयतः ३२)

पवित्र कुरआन सूरह अनआम मा भनिएको छः ज-जसले आफ्नो धर्मलाई विखण्डित बनाए र विभिन्न सम्प्रदायमा विभाजित भए तिनीहरुसँग तिम्रो कुनै सरोकार छैन……(सूरह अल् अन्आम, आयतः१५९)

आज मुसलमानहरुमा जो अलग अलग (फिर्का) पार्टी र फरक फरक धर्मगुरुहरुको नामबाट कायम छन्, त्यसैमा कायम रहने शरिअतमा अनुमति छैन ।

कुरआन र हदीस मुसलमानको आपसी मीरास हो

हजको विदाई अवसरमा रसूलुल्लाह सल्लले आफ्नो समूदायलाई अन्तिम आदेश दिनुभयोः मैले तिमीहरुलाई दुईटा चीज छोडेको छु तिमी जबसम्म त्यसलाई बलियोसँग समाउँछौ, पथभ्रष्ट हुने छैनौं। त्यो अल्लाहको किताब र मेरो सुन्नत हो ( मुअत्ताइमाम मालिक, मिश्कात)

मोमिनको वास्तविक शान यो हो

अल्लाहको कथन छः “तर तिनीहरुको पक्षमा हित भएमा बढो आज्ञाकारी बनेर उनीतर्फ आउँछन्।” (सूरह अन् नूरः ४९)

स्रोतः तालिमुल इस्लाम

अनिवादकः मुहम्मद इब्राहिम

Related Post