New Muslims APP

ईसा अलैहिस्सलामको बारेमा इस्लामिक धारणा

ईसा अलैहिस्सलामको बारेमा इस्लामिक धारणा

ईसा अलैहिस्सलामको बारेमा इस्लामिक धारणा

मरियमको पुत्र ईसा मसीह अलैहिस्सलामको बारेमा हाम्रो विश्वास र आस्था यही छ जुन अल्लाहको किताब र हाम्रो पैग़म्बर मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको सुन्नतबाट पता चल्दछ।

तर हामी विश्वास राख्दछौं ईसा अलैहिस्सलाम अल्लाहको भक्त मध्य एक भक्त हुन् र वहाँले चुनेको रसूल (पैगम्बरहरु) मध्यबाट एक पैगम्बर हुन्, जसलाई अल्लाह तआलाले बनी इस्राईलको समूदायतर्फ अल्लाह तआलाको तौहीद र उसको इबादतको लागि निमन्त्रणा गर्न पठाएका थिए ।

अल्लाह तआलाको कथन छ : “र (याद गर त्यो समयलाई) जब मरियमको पुत्र ईसा अलैहिस्सलामले भन्नु भयो, हे (मेरो समुदाय) इस्राईलका सन्तान ! म तिम्रो लागि अल्लाहको  तर्फबाट पठाइएको पैगम्बर हुँ, र आफु भन्दा पूर्व ग्रन्थ तौरातको पुष्टि गर्नेवाला हूँ र एक पैग़म्बरको शुभ सूचना देने वाला हूँ जुन म पछि आउनेछन् जसको नाम अहमद हुनेछ । फेरि जब वहाँ उनको साथ  स्पष्ट प्रमाण लिएर आए तब उनीहरु भन्न थाले यो त खुला जादू हो।” (सूरः सफ्फ: 6)

अल्लाह तआलाले भन्नुभयो: “र मसीहले भन्नु भयो ऐ इस्राईलका सन्तान ! मेरो र तिम्रो ईश्वर एकै हुन्, यसैले अल्लाहको प्रार्थना गर, जसले शिर्क गर्छ अल्लाहले त्यसलाई स्वर्ग अवैध गरि दिएको छ र उसको ठेगाना जहन्नम हो र अपराधीलाई कसैले मदत गर्ने छैन्।” (सूरः माईदा : 72)

अत: ईसा अलैहिस्सलाम पूज्य होइनन् र न अल्लाहको छोरा हुन तर ईसाईहरुको यो भ्रममा छन् ।

अल्लाहको कथन छ: “तिनीहरु काफिर(अस्वीकार गर्नेवाला) हुन् जसले मरियम पुत्र मसीह नै अल्लाह हुन भने ।”  (सूरः माईदा :72)

अल्लाहको कथन छ: “यहूदी त भन्दछन् उज़ैऱ अल्लाहको पुत्र हुन र ईसाई भन्दछन् मसीह (ईसा) अल्लाहको पुत्र हुन्, यो त उनको आफ्नो मौखिक कुरा हुन् जसद्वारा यी व्यक्ति पनि उनै काफि़रहरुको कुराको सहमत गरि रहेका छन्, जुन यी भन्दा पहिले बितिसकेका थिए, अल्लाहले यीनलाई तहस नहस गर्नेछन्, यिनीहरु कहाँ कहाँ भट्केर गैरहेका छन्।” (सूरः त्तौबा : 30)

जब अल्लाह तआलाको कृपाले ईसा अलैहिस्सलामलाई आमाको काखमा नै बोल्ने शक्ति प्रदान गर्नु भयो, तब उनले पहिलो कुरा यही भने:” म अल्लाह तआलाको भक्त हूँ, वहाँले मलाई किताब प्रदान गर्नु भयो र मलाई आफ्नो दूत (पैग़म्बर) बनाउनु भयो।” (सूरः मरियम : 30)

हामी यस कुरामा विश्वास राख्दछौं कि अल्लाह तआलाले उनलाई यस्तो निशानीहरु (चमत्कारहरु) को  माध्यमद्वारा सामर्थ्य प्रदान गर्नु भयो जुन उनको सच्चाईले बताउँछ ।

अल्लाहको कथन छ: “(र याद गर त्यस समयलाई) जब अल्लाह भन्नु हुन्छ कि हे मरियमको छोरा ईसा ! तिमी र तिम्रो आमा माथि मेरो पुण्यलाई याद गर जब मैले पवित्र आत्मा (जिब्रील) को माध्यमद्वारा तिम्रो मदत गरें, तिमी बच्चामा र धेरै उमेरका मानवसँग कुरा गर्दथ्यौ र जब मैले तिमीलाई किताब र हिक्मत र तौरात र इंजीलको ज्ञान दिए, र जब तिमी मेरो हुकुमले माटोबाट चराको मूर्ति बनाउँथ्यौ र त्यसमा फुक्दा त्यो मेरो हुकुमबाट साँच्ची कै चरा बन्दथ्यो र मेरो हुकुमले जन्मअन्धा र कोढीलाई ठिक गर्दथ्यौ र जब तिमी मेरो हुकुमबाट मुर्दालाई क़ब्रस्थानबाट जिउँदो निकालेर खड़ा गर्दथ्यौ र जब मैले बनी इस्राईललाई तिमीबाट रोके जुन समय तिमी उनको साथ चमत्कार लिएर गएका थियौ तर उनीहरु मध्य काफिर व्यक्ति भन्न लागे यो त बस खुलेआम जादू हो।” (सूरः माईदा : 110)

हामी यो विश्वास राख्दछौं कि ईसा अलैहिस्सलाम कुमारी आमा (मरियम)बाट बिना पिताबाट जन्मेका हुन्, र यो अल्लाहको शक्ति बिना संभव छैन । अल्लाहको महिमा हो। जब अल्लाह कुनै चीज़ सृष्टि गर्ने इच्छा गर्नु हुन्छ र भन्नु हुन्छ-  “होस्”, बस त्यो तुरुन्तै हुन्छ ।

अल्लाहको कथन छ: “अल्लाह तआलाको साथ ईसाको मिसाल आदमको जस्तै हो, जसलाई माटोबाट सृष्टि गरेर भन्नु भयो कि “जीवित होस” भनेर, बस त्यो भैइहाल्यो। (सूरः आले इम्रान : 59)

अल्लाहको कथन छ:”(र त्यो समयलाई याद गर) जब फरिश्ताहरुले भने, हे मरियम ! अल्लाह तआलाले तिमीलाई आफ्नो एक खुशीको खबरको शुभसूचना दिनु हुन्छ जसको नाम मसीह ईसा बिन मरियम हो, जो संसारीक र आखिरतमा सम्मानित छ र उ मेरो नजिकको हुनेछ। त मानिससँग जन्मना साथ कुरा गर्दछ र ठुलो उमेरमा पनि र उ पवित्र हुनेछ। भन्न लागीन, हे मेरो ईश्वर ! मलाई पुत्र कसरी हुन्छ ? न मलाई कुनै पुरुष छोएको छ । फरिश्ताले भने, अल्लाह जे चाहनु हुन्छ त्यो अवश्य नै हुन्छ, अल्लाह जब कुनै काम गर्न चाहनु हुन्छ त मात्र भन्नु हुन्छ “होस्” त त्यो अवश्य हुन्छ।” (सूरः आले इम्रान :45-47)

हामी यस कुरामा विश्वास राख्दछौ कि ईसा अलैहिस्सलामले यहूदिहरुको लागि कुनै चीजहरु जायज ठहर्याउनु भएको थियो जो उनीहरुमा पहिले अवैध थियो।

अल्लाह तआलाले ईसा अलैहिस्सलामको बारेमा भन्नुभयो उहाँले बनी इस्राईलसँग भने :”र म तौरातको पुष्टि गर्नेवाला हूँ जुन मेरो सामने छ, र म यसैले आएको हूँ कि तिमीमा केही चीजहरुलाई जायज गरौं जुन तिमीमाथि अवैध गरिएको थियो, र म तिम्रोसाथ तिम्रो ईश्वरको निशानीहरु लिएर आएको छु, यसैले तिमी अल्लाहसँग डराउ र मेरो नै आज्ञापालन गर।” (सूरः आले इम्रान :50)

हामी यो विश्वास राख्दछौं कि उनको मृत्यु भएको होइन र न उनलाई उनको दुश्मन यहूदीहरुले हत्या गरेका हुन्, तर अल्लाह तआलाले उनलाई उनीबाट छुटकारा दिलाएको हो, र उनलाई जीवित आकाशमाथि उठाएको हो। तर अर्को व्यक्तिलाई उनको रुप जस्तै समानरूप बनाई दिएको थियो। विश्वास गर कि ईसाको बारेमा जो मतभेद गरी शंकामा पर्दछौ, जसलाई यसको कुनै ज्ञान छैन । यो कुरा निश्चित हो  उनीहरुले उनको हत्या गरेका होइन तर अल्लाहले उनलाई माथि उठाएका हो र अल्लाह तत्वदर्शीवाला हुनुहुन्छ।” (सूरः निसा : 154-158)

हामी यस कुरामा विश्वास गर्दछौं ईसा मसीहले आफ्ना अनुयायीहरुलाई, पैग़म्बर मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको आगमनको शुभसूचना दिए।

तथा हामी यो पनि विश्वास गर्दछौं कि वहाँ अन्तिम समयमा यस धर्तिमा अवतरित हुनेछन्, आफ्नो दुश्मन यहूदिहरुको यस भ्रमित दावालाई झुटो बनाउनु हुन्छ । उनिहरुले ईशा अलैहिस्सलामलाई हत्या गरेका हुन् भन्ने, तथा ईसाईहरुको यस दावीको पनि खण्डन गर्नु हुन्छ  वहाँ स्वयं अल्लाह या अल्लाहको छोरा हुन् । उहाँले केवल इस्लाम स्वीकार गर्नु हुन्छ। इमाम बुखारी (हदीस संख्या:2222) र मुस्लिम (हदीस संख्या:155)

अबू हुरैरा रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको छ अल्लाहको पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो : “उस हस्तीको कसम जसको हातमा मेरो ज्यान छ ! निश्चित रूपमा छिट्टै ईसा बिन मरियम तिम्रो बीच एक न्यायाधीश शासक बनेर आउनु हुन्छ, (र यो एक हदीसको शब्द हो,- क़ियामत तबसम्म आउँदैन जब तिम्रो बीचमा इब्ने मरियम एक इंसाफकर्ता (न्यायाधीश) शासक बनेर अवतरित हुँदैनन्, फेरि सलीब अर्थात क्रस (ईसाईहरु जुन छातीमा झुण्ड्याउँछन्) लाई भाँचि दिनु हुन्छ, सुंगुरलाई मारि दिनु हुन्छ, जिज़्या (टैक्स) लाई समाप्त गर्नु हुन्छ, तथा धनको बहुल्यता हुनेछ यहाँ तक कि कोही त्यो स्वीकार गर्दैनन्।”

इंसाफकर्ता हाकिमको अर्थ- न्याय गर्नेवाला शासक हो, यसको अभिप्राय यो हो कि वहाँ यस शरीअत(धार्मिक कानून) अनुसार फैसला गर्नेवाला बनेर उत्रिनु हुन्छ, किनकि यो शरीअत निरन्तर बाक़ी रहन्छ, समाप्त कहिल्यै हुनेछैन, तर ईसा अलैहिस्सलाम यस उम्मत (समूदाय) को शासकहरु मध्यबाट एक शासक हुनेछन्।

त्यस बखत धनको बहुल्यतामा वृद्धि हुनेछ अर्थात् धन प्रशस्त हुनेछ तर त्यसको महत्व कम हुनेछ । न्यायको कारणबाट र अत्याचार नहुनाले उन्नती, प्रगतीमा वृद्धि हुनेछ, साथै भलाईहरु र परोपकारको प्रचार-प्रसार हुनेछ, त्यससमयमा धर्तीले आफ्नो खज़ानालाई बाहिर निकाल्नेछ तर मानिसहरुको हृदयमा धन-माल जम्मा गर्नलाई इच्छा कम हुन्छ किनकि उनीहरुलाई क़ियामत नजीक हुने ज्ञान हुनेछ । फेरि यसपछि ईसा अलैहिस्सलामको मृत्यु हुनेछ, र मुसलमान उनको जनाज़ाको नमाज़ पढ्नेछन् र उनलाई दफन गर्नेछन्।

इमाम अहमद (हदीस संख्या :9349) ले अबू हुरैरा रज़ियल्लाहु अन्हुको हदीसबाट बर्णन गरेको हो, नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो: “म मानिसहरु मध्यमा ईसा बिन मरियमको सबै भन्दा धेरै योग्य हूँ, किनकि मेरो र उनको बीच कोही ईश्दूत आएका छैनन् … फेरी मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले अन्तिम समय कालमा उनी यो संसारमा अवतरित हुने उल्लेख गर्नु भएको छ र फेरी भन्नुभयो: अल्लाह तआला जे जति चाहनु हुन्छ वहा यस संसारमा त्यति बर्ष रहनु हुन्छ, फेरी अल्लाह तअलाले उहाँलाई मृत्यु गराउनु हुन्छ, मुसलमान उनको जनाज़ाको नमाज़ पढ्छन् र उनको शबलाई दफन(शब विसर्जन) गर्दछन् ।” (अल्बानीले अस्सिलसिला अस्सहीहा (2182) मा यसलाई सही भनेका छन् )।

हामी यो कुराको पनि विश्वास गर्दछौं ईसा अलैहिस्सलाम क़ियामतको नजिक अवतरण हुँदा ति मानिसहरुसँग आफ्नो अस्तित्वको बारेमा जाहेर गर्नु हुन्छ जसले उनको बारेमा पूज्य (भगवान) हुन भन्ने भ्रममा परेका थिए।

अल्लाह तआला वाणी छ : “(र त्यो समयको पनि याद गर) जबकी अल्लाह भन्नुहुन्छ हे ईसा इब्ने मरियम, के तिमीले ति व्यक्तिहरुसँग अल्लाहको सिवाय मेरो र मेरी आमाको पूजा गर्नु भनेका थियौ ? (ईसा) भन्नु हुन्छ म त तपाईलाई पवित्र मान्दछु, मलाई कसै गरी पनि शोभा दिंदैन  र मलाई यस्तो कुरा गर्ने कुनै अधिकार पनि छैन, यदि मैले भनेको भए त तपाईलाई यसको ज्ञान हुनेछ, तपाई त मेरो हृदयको कुरा जान्नु हुन्छ, तर म तपाईको हृदयमा के छ त्यो जान्दिन, सिर्फ तपाई नै अप्रत्यक्षको बारेमा जान्नेवाला हुनुहुन्छ। मैले उनिहरुसँग केवल त्यही भने जुन तपाईले मलाई हुकुम दिनु भएको थियो, तिम्रो ईश्वर र मेरो ईश्वर अल्लाहको प्रार्थाना गर, र जबतक म उनिहरुको साथ थिए उनिहरुमा साक्षी रहे र जब तपाईले मलाई उठाउनु भयो तब तपाई नै  उनको संरक्षक हुनुहुन्छ र तपाई हरेक चीजमा साक्षी हुनुहुन्छ ।” (सूरः माइदा : 116-117)

त यो हो मरियमको पुत्र ईसा मसीहको बारेमा  मुसलमानहरुको आस्था र विश्वास।

अल्लाह तआलासँग दुआ गर्दछु हामीलाई जीवित रहुन्जेल ईमानमा सुदृढ़ राख र त्यसैमा हामीलाई मृत्यु देऊ।

र हाम्रो पैग़म्बर मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममाथि अल्लाह तआलाको दया र शान्ति अवतरित होस्।

स्रोतः-इस्लाम प्रश्न र उत्तर

अनुवादक- मुहम्मद इब्राहीम खरेल

Related Post