New Muslims APP

हज्ज तथा कुर्बानीका नायक ईब्राहीम अलैहिस्सलाम-भाग-१

मूर्ति

                   केही मानिस मूर्तिको सामने झुक्ने गर्दथे।

जुलहिज्ज अरबी महिनाको १२ औं अर्थात आखिरी महिना हो र यसै महिनामा हज्ज र कुर्बानीको पर्व पर्दछ। यस पर्वको सम्बन्धमा जान्नु हाम्रो कर्तव्य हो चाहे मुस्लिम हो वा गैर मुस्लिम। मुस्लिम भाईले जान्नु यस कारणले कि उसलाई ज्ञान प्राप्तहोस् र गैर मुस्लिम भाईले जान्नु यस कारण कि यस पर्व प्रति जुन गलत भ्रमहरु मनमस्तिष्कमा थिए ति भ्रमहरु निवारण होस् र यसको वास्तविकता जान्न सकून।

यसै उदेश्य अन्तरगत म नेपाली भाषा-भाषी दाजुभाई तथा दिदीबहिनीहरुको लागि यो कुर्बानी शिर्षक कोशेली यहाँहरुको लागि प्रस्तुत गर्दछु र यहाँ बताईन्छ कि हज्ज र कुर्बानीको इतिहास के हो ? मुसलमान हज्ज र कुर्बानी किन गर्छन र हज्ज र कुर्बानीको वास्तविक अभिप्राय के हो ? सबैभन्दा पहिले हामी हज्ज र कुर्बानीको नायकलाई चिनौं।
आज भन्दा अनुमानित साढे चार हज़ार वर्ष पूर्व इब्राहीम अलैहिस्सलाम इराक़को बाबुल शहरमा एक सम्मानित परिवारमा पैदा भए। वहाँ संदेष्टा नूह को छोरा साम का सन्तानबाट थिए। अतिथीगण (पाहुना) थिए, यसैले उनको उपाधि अबू-ज़ैफान अतिथि वाला (पाहुनावाला) हुन गयो। जुन वातावरणमा जन्म भयो ।

क़ुरआनले त्यस समयको सामाजिक एवं धार्मिक स्थितिबाट बेग्लै संकेत गर्दछ। जसले गर्दा थाहा हुन्छ त्यस समयका मानिस तीन भागमा बाडिएका थिए। (१) कोही मानिस चन्द्रमा एंव सूर्यको पूजा  गर्दथे। (२) केही मानिस काठको मूर्ति, ढुंगाको मूर्ति र माटोको मुर्ति बनाएर त्यस मूर्तिको सामने झुक्ने गर्दथे। (३) केही मानिसहरु त्यस समयका शासक नमरूद को पूजा गर्दथे।

यस्तै नै अंन्धकार वातावरणरमा एक पुरोहित आज़र को घरमा इब्राहीम अलैहिस्सलामको जन्म भयो। उनको बुबा आज़र लोहार थिए, वहाँ मूर्ति बनाएर बेच्ने र मानिसलाई मूर्ति पूजामा गर्न आमन्त्रण गर्दथे। समय बित्दै गयो। इब्राहीम अलैहिस्सलाम बाल्यावस्था देखि नै मूर्तिलाई घृणित दृष्टिले हेर्दथे, त्यसको आलोचना गर्दथे र सोच्ने गर्दथे कि यो मूर्ति न खान सक्छ, न पिउन सक्छ, न बोल्न सक्छ, न सुन्न सक्छ त आखिर मानिस किन यसको पूजा गर्छन ? यसबाट लाभ र हानिको आशा किन राख्दछन ? यि कस्ता मानव हुन जो आफ्नै हातबाट मूर्ति बनाउँछन र फेरि भन्दछन् यो हाम्रो पूज्य ईश्वर हो। जब ईश्वरले इब्राहीम अलैहिस्सलामलाई आफ्नो समुदायतर्फ संदेष्टा बनाएर पठाए। सबैभन्दा पहिले वहाँले अफ्नो बुबालाई समझाउँदै भन्नु भयो-

मेरो बुबा! तपाईले किन यस्ता चीजको पूजा गर्नु हुन्छजसले न सुन्छन्न देख्छ,र न त तपाईको कुनै काममा फाइदा पुर्याउन सक्छन् ? मेरो बुबा! तपाई हेर्नुहोस् मलाई यस्तो ज्ञान प्राप्त भएको छ जुन तपाईलाई छैन,तसर्थ तपाईले मेरो कुरा मान्नुहोस् म तपाईलाई एकदम सीधा मार्ग देखाउँछु। पिता जी ! शैतानको पूजा न गर्नुहोस् निःसन्देह शैतान त दयालु अल्लाहको आज्ञाको उल्लघंनकारी हो। पिता जी! मलाई डर लाग्छ यस्तो नहोस् कि अल्लाहको सजाय तपाईमाथि आई लाग्ने छ र त्यसपछि तपाई शैतानको साथी हुनुहुनेछ। 

(सूरः१९ आयत ४२-४५)

वहाँले इब्राहीम अलैहिस्सलामलाई यसरी जवाफ दिनु भयो-

 हे इब्राहीम! यदि तँ आफ्नो यस कामबाट रोकिंदैनस् भने म ढुंगाले हानी-हानी तलाई खत्तम पारी दिन्छु……… बस यही भन्छु कि तँ हम्मेशाको लागि म बाट अलग भै हाल 

जब वहाँले आफ्नो पिताबाट निराशजनक उत्तर पाए त वहाँले त्यस समाजका चन्द्रमा र सूर्यलाई पूज्ने व्यक्तिहरुलाई अति तत्वदर्शितासँग समझाउनु भयो। जब रातमा अन्धकार भयो तब तारालाई देखाउँदै आफ्नो समाजका मानिसलाई भन्नुभयो कि यो मेरो भगवान हो तर त्यो अस्तायो, बिहान हुनासाथ भन्न थाले कि

  अस्ताउने र उदाउनेको पूजा गर्दिन

दोश्रो रात जब चन्द्रमालाई देखाएर आफ्नो समाजका मानिससँग भन्न लागे-

यो मेरो भगवान हो

जब त्यो पनि डुब्यो  त भन्न लागे-

यदि मेरो ईश्वरले मेरो मार्गदर्शन नगरेको भए त म पथभ्रष्ट मानव मध्ये हुने थिए

यस्तो शैली मात्र यसैले अपनाईएको थियो कि मात्र समाजका मानिसहरुलाई पथभ्रष्टबाट मार्गदर्शन गर्ने कोशिस थियो।

आख़िर यस्तो चीजको पूजाबाट के लाभ, जो अस्ताउँछ, उदय हुन्छ। पहिलो रात सम्झेनन् त दोश्रो रात चंद्रमालाई देखाएर सम्झाउने प्रयाश गरे तर फेरि पनि सम्झेनन् त बिहान जब सूर्य उदय भएको देखे तब आफ्ना समुदायका मानिसलाई भने-

यो मेरो भगवान हो….यो ठूलो पनि छ

फेरि जब त्यो पनि डुब्यो त वहाँले कुरा टुङ्ग्याउदै भने-

हे मेरो समुदायका मानव हो! निश्चय नै म तिमीहरुको बहुदेववाद पूजाबाट चिन्तित छु। जो तिमीहरु ईश्वरलाई साझीदार ठहर्याउछौ। मैंले त एकाग्र भएर आफ्नो ध्यान त्यस शासक तर्फ गरें जस्ले आकाश एवं पृथ्वीको रचना गरेका छन् र म कदापि बहुदेववादि मध्येमा हुनेछैन

(सूरः६ आयत ७९-८०)

फेरी वहाँले मुर्तिपूजकहरुलाई सम्झाउँदै भने-

यो मात्र काठ र पत्थरको मूर्ति होयो लाभ अथवा हानिको मालिक होइनयसले तिमीलाई खाना दिने अधिकार पनि छैनकेवल तिमी अल्लाहबाट नै रोजी-रोटी माग्नु छ उसैलाई प्रार्थना गर र उसैलाई धन्यवाद देऊ

यदि तिमी मेरो कुरा मान्दैनौ र मलाई झुठो ठहर्याउँछौ भने तिमीभन्दा पहिलेका मानिसले पनि आफ्नो संदेष्टाहरुलाई झुठो ठहर्याएका थिए। उनिहरुले पनि ईब्राहीम अलैहिस्सलामको कुनै कुरा मानेनन र बस…यही रट लगाएर बसे कि-

 आखिर हामी यिनको पूजा कसरी छोडौ जबकि हामीले आफ्नो पूर्खाहरुको पालादेखि नै उनकै पूजा गरेका देखेका थियौ ?….”

आज पनि केही मानिसलाई सत्य सन्देश बताउँदा तुरुन्तै यहि जवाफ दिन्छन कि हामी यस्तो प्रथालाई कसरी त्याग्न सक्छौ जुन हाम्रो पुर्खाहरु देखी चल्दै आएको छ।

यसैले वहाँले उनलाई सन्तोष-जनक उत्तर दिँदै भन्नु भयो-

तिमी पनि अंन्धकारमा छौ र तिम्रो पूर्खा खुलेआम अंन्धकारमा परेका थिए

अर्थात मेरो आपत्ति जुन तिमीमा छ त्यही तिम्रो पूर्खा माथि छ, जुन अंन्धकारमामा तिम्रो पूर्खा ग्रस्त थिए त्यही अंन्धकारमा तिमी पनि ग्रस्त हुन्छौ भने त यसमा सुधार कसरी हुनसक्छ ? म भन्छु कि तिमी र तिम्रो पूर्खा सत्य मार्गबाट बहकिएका हुन। अब त उनिहरुले कान ठाडो पार्न थाले किनकी उनले आफ्नो अपमान भएको देखे र आफ्नो पूर्खाहरु प्रति पनि अप्रिय शब्द सुने त घबराहट भए र भन्न लागे-

 “ हे इब्राहीम! के वास्तवमा तिमी साँच्चै भन्दैछौ या मज़ाक गर्दैछौहामीले यस्तो कुरा पहिले कहिल्यै सुनेका थिएनौ”?

अब ईब्राहीम अलैहिस्सलामलाई ईश्वरको परिचय दिने शुभ अवसर मिल्यो उनले भने “ईश्वर त केवल आकाश एवं धर्तीको सृष्टिकर्ता हो, प्रत्येक चीजको स्वामी वहाँ नै हो, तिमले पूजा गरेको मूर्ति न कुनै चीजको निर्माता हो, न मालिक। फेरि पूज्य कसरी हुन सक्छ ? म गवाही दिन्छु कि ईश्वर नै उपासना योग्य हुनुहुन्छ, उ सिवाय न कोही प्रभू हुनुहुन्छ न पूज्य। त्यसपछि पनि समाजमाका मानवहरुमा यसको कुनै प्रभाव परेन। तब ईब्राहीम अलैहिस्सलामले आफ्नो दिलमा यो विचार लिए कि उनको मुर्तिलाई केही न केही इलाज त अवश्य गर्नै पर्यो। वहाँले सोच्नु भयो कि जुन दिन उनिहरु चाढपर्व मनाउन जान्छन्, त्यसै दिन यो काम पूर्ण रूपमा सम्पन्न हुन सक्छ। उनको पर्वको दिन उनलाई पनि त्यस पर्वमा भाग लिनका लागि अनुरोध गरे तर उनले भने म बिमारी छु । जब सबैजना पर्व मन्नका लागि निस्के तब एउटा तेजीलो धार भएको बन्चरो लिएर मन्दिरमा प्रवेश गरे र प्रत्येक मूर्तिलाई टुक्रा-टुक्रा पारी दिए, मात्र ठूलो मूर्ति  रहन दिए ताकि उनको मन मस्तिष्कमा यो ख्याल उत्पन्न होस् शायद ठूलो मूर्तिले सानो मूर्तिहरुलाई नष्ट गरि दियो भनेर। जब उनिहरु पर्वबाट फर्केर आए तब मूर्तिको यस्तो विनाश देखेर आश्चर्यचकित भए । सबै भन्दा सानो मूर्ति उधोमुन्टो भएर  झुन्डिएको छ उनको मनमा भूकम्प चल्न थाल्यो र भन्न लागे यो कुन अपराधी हो जसले हम्रो मूर्तिको अपमान गर्यो ? कुनै व्यक्तिले भने, मैले इब्राहीमले यस भगवान प्रति अपशब्द बोलेको सुनेको थिए। समाजका केही व्यक्तिहरुले पारस्पारिक सल्लाह गरी यो निर्णय लिए कि सबै सामु इब्राहीम अलैहिस्सलामलाई बोलाएर उसलाई सजायाँ दिनु पर्यो। इब्राहीम अलैहिस्सलामलाई त्यहाँ ल्याए र सबैजना जम्मा भएर इब्राहीम अलैहिस्सलामलाई भन्न थाले जो उनिहरुको दृष्टिमा अपराधीको रूपमा वहाँ उपस्थित थिए, अब उनिसँग सोधपूछ शुरु भयो, उनिहरुले सोधे यो हाम्रो पूज्य ईश्वरका साथ यस्तो अपमानजनक काम कस्ले गर्यो ? त्यस पछि इब्राहीम अलैहिस्सलामले भन्नुभयो ।

हुन सक्छ यो काम त्यस ठूलो मूर्तिले गर्यो होलातिमी आफ्नो यिनै पूज्यसँग सोधनयदि यो बोल्छ भने 

उदेश्य यो थियो कि उनिहरु स्वयंको मुखबाट भनुन कि यो पत्थर बोल्न सक्दैन, भयो पनि त्यस्तै एक छिन त उनिहरु अक्क न बक्क भए अनि भने यो त बोल्न सक्दैन, तब इब्राहीम अलैहिस्सलामले भने यिनीहरु यति विवश छन् त पूज्न लायक कसरी हुन सक्छ ? यस ठोस उत्तरले उनिहरुलाई थोरै समयको लागि फेरि बोली बन्द गरी दियो, निराशाजनक शैलीमा भन्न लागे कि हामीले स्वयं गल्ति गरेका हौ आफ्नो ईश्वरको लागि सुरक्षा-दल राख्ने बिना पर्व मान्न जानु हुँदैनथ्यो। फेरि सोच विचार गरे पश्चात यो कुरा भने कि

तिमी भन्छौ कि हामी उनिसँग सोध्नु….त के तिमीलाई थाह छैन र यो बोल्न सक्दैन?

अब इब्राहीम अलैहिस्सलामले आफ्नो सन्देशको परिचय दिने शुभ अवसर पाए र, अति दयालु हुनको बावजूद पनि अलिक कडा स्वरमा उनले सम्बोधन गरे-

धिक्कार छ तिमीहरुलाई उनको पूजा गर्छौ जो न तिमीलाई केही लाभ पुर्याउन सक्छन हानी। धिक्कार छ तिमीहरुलाई र तिम्रो त्यो देवताहरुलाईतिमी जुन ईश्वरलाई छोडेर पूजा गर्दछौयो त लाटो र बहिरो छबोल्न सक्ने क्षमता पनि छैनभने तिम्रो सहायता कसरी गर्न सक्छके तिमीहरुसँग अलिकती पनि बुद्धि छैन ? ” 

जब कुनै व्यक्ति प्रमाणबाट निरुत्तर हुन जान्छ तब उसको बुद्धिले उसलाई उल्टो बाटोतर्फ धकेल्छ र पाप कर्मले त्यसमाथि अधिकार प्राप्त गर्न थाल्छ। यहाँ उनिहरु माथि पनि त्यही भयो। उनिहरुलाई दुर्भाग्यले घेरेर ल्यायो र आफ्नो घमण्डको प्रदर्शन गर्न थाले। इब्राहीम अलैहिस्सलामलाई आगोमा जलाउने निर्णय गरे। काठहरु जम्मा गरे, एक गहिरो खाडल खने, काठहरु हालेर भरे र त्यसमा आगो लगाई दिए। आगोको ज्वालामा इब्राहीम अलैहिस्सलामलाई गुलेल (Catapult) द्वारा हाल्ने हुकुम भयो। जुन समय वहाँलाई अग्निमा हाल्न लागे वहाँले मात्र यो शब्द बोले कि

अल्लाह मेरो लागि काफी हुनुहुन्छ र वहाँले नै सहायता गर्नु हुन्छ

त्यसै समय अल्लाहको तर्फबाट अग्निलाई आदेश दिए कि-

हे अग्नि! ठण्डी बनिदेऊ र इब्राहीम माथि सहज बनिदेउ ” 

चारैतर्फबाट अग्नि ज्वाला निक्लिरहेको थियो तर आगोले वहाँलाई छोएको सम्म थिएन र त्यो  आगो वहाँको लागि हानिकारक बन्न सकेन। जब अग्निबाट सुरक्षित निक्ले पछि वहाँको प्रचार हर तर्फ हुन थाल्यो। ईश्वरीय संदेश पनि सबैको कानसम्म पुग्न थाल्यो। तर त्यहाँको सम्राटसम्म यो चर्चा पुग्न सकेको थिएन। अतः वहाँ यसै उद्देश्यले त्यहाँको शासक नमरूद  को दरबारमा पुगे, उ घमण्डले गर्दा आफुले आफुलाई स्वयं परमेश्वर ठान्दथ्यो। उसको मन मस्तिष्कमा अहंकार र घमण्ड भरिएको थियो। उसले जब ईब्राहीम अलैहिस्सलामसँग ईश्वरको अस्तित्वको प्रमाण माग्यो त वहाँले भन्नु भयो-

मेरो प्रभू त्यो हो जसकोअधिकारमा जीवन र मृत्यु हुन्छ

उसले भन्यो जिन्दगी र मृत्यु त मेरो अधिकारमा छ, फेरी उसले दुई जाना कैदी मानिसलाई बोलायो जस मध्ये एक जानालाई उसले मारी दियो र अर्कोलाई छोडि दियो फेरी भन्यो-

देख्यौ त! जीवन र मृत्यु कसको अधिकारमा रहेछ ?” 

जब ईब्राहीम अलैहिस्सलामले उसको बुद्धिको दुर्बलता देखेर उसँग यस्तो प्रमाण पेश गरी दिए कि उ लाजले नतमस्तक भयो। वहाँले भन्नु भयोः- ठिक छ ! अल्लाहले सूर्यलाई पूर्वबाट निकाल्नु हुन्छ तपाई एक पटक सूर्यलाई पश्चिमबाट निकालेर देखाउनुहोस् त ? 

यसको कुनै सही उत्तर उसले दिन सकेन र चुप लागेर निहुँरेर नजिक भूईमा हेर्न लाग्यो। अब इब्राहीम अलैहिस्सलामको चर्चा पुरै देशमा हुन थाल्यो, मानिस उनको चमत्कार र अग्निबाट सुरक्षित निक्लेको विषयमा कुरा गर्न लागे, सम्राटको साथ उनको व्यवहार र उसलाई विवश गरेको बारेमा चर्चा हुन लग्यो। यता इब्राहीम अलैहिस्सलाम ईश्वरीय सन्देशलाई फैलाउने काममा प्रयत्नशिल थिए। दिन प्रतिदिन विरोधमा वृद्धि हुँदै गईरहेको थियो। मात्र एक महिला र एक पुरुषले उनको सन्देशलाई स्वीकार गरेका थिए। महिलाको नाम सारा थियो जुन पछि उनकी पत्नी बनिन् र पुरूष लूत अलैहिस्सलाम थिए जो पछि ईश्वरीयको सन्देष्टामा नियुक्त भएका थिए। जब इब्राहीम अलैहिस्सलामलाई यो महशुस भयो कि ईश्वरीय सन्देशलाई कोही अपनाउनेवाला छैनन् तब देश छोडेर जाने निर्णय गरे। तर देश छोडनु भन्दा पहिले एक पटक आफ्नो पितालाई इस्लामको सन्देश दिए च तर पिता त कट्टर बहुदेववाद थिए, वहाँ किन छोराको कुरा मान्नु हुन्थ्यो र ? यस प्रकार वहाँले पितासँग विनम्र पुर्वक शैलीमा कुरा गरे पछि लूत अलैहिस्सलाम र आफ्नी पत्नी सारालाई साथ लिएर वहाँबाट निस्किए। शाम, हारान, फिलिस्तिन हुँदै मिस्र पुगे। मिस्रमा पुगेपछि एक चमत्कारिक घटना घट्यो । मिश्रमा के घटना घट्यो यस सम्बन्धमा अर्को पोष्टमा वर्णन गर्नेछु इन्शाअल्लाह ।……………..भाग-१

http://ipcblogger.net/ibrahim/?p=172

लेखकः- सफात आलम मुहम्मद जुबैर तैमी

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

1 Star2 Stars3 Stars4 Stars5 Stars (1 votes, average: 5.00 out of 5)
Loading...

Leave a Reply