जीवनका कर्महरुको परिणाम

जीवनका कर्महरुको

जीवनका कर्महरुको परिणाम

जीवनका कर्महरुको परिणामः जो मानिस यस संसारमा धार्मिक ज्ञानबाट बन्चित भएर अन्धो रहन्छ, त्यो मानिसको आखिरत जीवन पनि अन्धकारमा रहन्छ । यस सम्बन्धमा पवित्र कुरआनको सूरह अल इस्रा मा भनिएको छः जो व्यक्ति यस लोकमा अन्धो बनेर बस्नेछ त्यो परलोकमा पनि अन्धो तथा मार्गविहिन भएर रहनेछ। (सूरह बनी इस्राईल, आयत- ७२

       हदीसबाट प्रमाणः अबू मालिक हारिस बिन आसिम अश्अरी (रज़ियल्लाहु अन्हु) ले बर्णन गर्नु भएको हो, वहाँ भन्नुहुन्छ, -अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो; “पवित्रता आधा ईमान (आस्था) हो । “अल हम्दु लिल्लाह” भन्नु (सम्पूर्ण प्रशंसा अल्लाहको लागि हो) मीजान (तराजुको पल्ला) लाई भरि दिन्छ र “सुब्हानल्लाह” (पवित्र हुनुहुन्छ अल्लाह) र “अल-हम्दु लिल्लाह” दुबै पल्ला भरि दिन्छ या एउटा भरिदिन्छ, भन्नुभयो आकाश र जमीनको बीचमा जे जति छ त्यसलाई भरिदिन्छ, नमाज (प्रार्थाना) प्रकाश हो । सदका (दान) प्रमाण हो, धैर्य चहकिलो उज्यालो हो र कुरआन तिम्रो निम्ति वा तिम्रो विरुद्ध तर्क हो । हरेक व्यक्ति बिहान आफ्नो प्राणकोसाथ व्यापार गर्दछ, फेरि या त उसले आफुलाई नर्कबाट स्वतन्त्र गर्दछ या त उसले आफुलाई बर्बाद गर्दछ ।”  (मुस्लिम)

      हरेकको कर्म पत्र लेखिएको हुनेछ । जे जस्तो उसले कर्म गरेको हुनेछ त्यो देखेर भयभित हुनेछन् र भन्ने छन्- हाय, हाम्रो दुर्भाग्य ! यो कस्तो किताब हो यसमा कुनै कुरा छुटेको छैन । यही कुरालाई पवित्र कुरआनमा भनिएको छः र, कर्मपत्र (तिनीहरुसमक्ष) राखिनेछ । त्यस समय तिमी देख्नेछौ । अपराधिहरु त्यसमा अंकित कुराहरुप्रति डराई रहेको हुनेछन् र भन्नेछन्  “हाय, हाम्रो दुर्भाग्य ! कस्तो अचम्मको कर्म-पत्र । यसले त हाम्रा साना ठूला कुनै पनि कार्यलाई नलेखी छोडेकै छैन । र जे-जति तिनीहरुले गरेका हुनेछन् ति सबै त्यसमा भएको पाउनेछन्। तिम्रो रबले कसैमाथी अत्याचार गर्ने छैनन्। (सूरह अल कहफ – ४९)

     कियामतको दिन सबैको पाप र पुण्यलाई न्यायको तराजुमा तौलिने छ। कसैमाथि कुनै अन्याय हुने छैन । यदि  उसको पुण्य कर्म राईको दाना बराबर नै किन नहोस् । कुरआनमा भनिएको छः “र महाप्रलयको दिन हामी ठीक-ठीक जोख्ने तराजुमा राखिदिनेछौं। अनि कसैमाथि अतिकति पनि  अन्याय हुने छैन ।र, एउटा राईको दाना बराबर कर्म भए पनि हामीले त्यसलाई ल्याउने छौं । र,  हिसाब लिनका लागि हामी पर्याप्त छ। (सूरह अल अम्बिया, आयत- ४७)

     कियामतको दिन हरेकको उसको बोली, हात, पाउ उनको विरुद्ध गवाही दिनेछन्, जो जस्तो उसले कर्म गरेको थियो । कुरआनमा भनिएको छः “जुन दिन उनको बोली र उनको हात र उनको गोडा उनको विरुद्ध उसको गवाही दिनेछ, जे जति उसले गरि रहेको थियो।” (२४- २४)

    जसको दुष्ट चरित्र थियो त्यस्ता व्यक्तिलाई आगोमा मुख उधोमुन्टो पारेर हालिनेछ र उनीहरुलाई भनिने छ- तिमीले त्यही सजाय पाइरहेको छौ, जुन तिमीले गरेका थियौ । कुरआनमा भनिएको छः “र जुन मानिसहरु पापकासाथ (अल्लाहसमक्ष) हाजीर हुनेछन् त्यस्ता मानिसहरुलाई उँधोमुन्टो पारी आग्नीमा होमिनेछ (सोधिनेछ) “के तिमीहरु आफ्नो कर्मको अरु कुनै प्रतिफल पाउन सक्छौ त ?”  (सूरह अन् नम्ल, आयत- ९०)

     जब पापीहरुले आफ्नो सामने आफुले पाउने सजायको बारेमा थाहा पाउँछन् त्यसपछि पालनर्ताको सामने टाउको निहुर्याउनेछ । कुरआनमा यसबारेमा भनिएको छः यदि तिमीले त्यो दृष्य देखेको भए जब अपराधीहरु आफ्ना पालनकर्तासमक्ष शिर निहुर्याएर उभिनेछन् । त्यस समय तिनीहरुले भन्नेछन् ” हे हाम्रो पालनकर्ता ! हामीले राम्ररी देख्यौ र सुन्यौ। अब हामीलाई पुनः  फिर्ता पठाऊ, ताकि हामी पुण्यकर्म गरौं,  हामीलाई विश्वास भई सकेको छ ।” (अस् सज्दाह्, आयतः १२)

     आखिरतमा पाप कर्मको बदला के कस्तो सजाय पाउने छ भन्ने बारेमा जसले विश्वास गर्दैन उसलाई कियामतको दिन भनिने छ अब स्वाद चाख जुन तिमीले यस्तो सजायको बारेमा विश्वास गरेनौं । कुरआनमा भनिएको छः “अतः आफ्नो त्यस दिनको आगमनलाई भुल्नाले तिमीहरु (यातनाको स्वाद) चाख । हामी पनि तिमीहरुलाई भुली दिनेछौं । चाख अब आफ्ना कुकर्मको कारणले सदा रहने यातनाको स्वाद। (सूरह-अस् सज्दाह्, आयतः १४)

     हामीले तिमीलाई जे जति दिएका छौं त्यसबाट खर्च गर, । तर धनको लोभमोहमा परेर खर्च गर्न कन्जुस्याई गर्छन् जब अल्लाहको सामने उभ्याइनेछ तब भन्नेछन्- हे मेरो ईश्वर ! तिमी मलाई केही समय अरु मौका देऊ । कुरआनमा भनिएको छः “जुन जीविका हामीले तिमीलाई दिएका छौं त्यसमध्येबाट खर्च गर तिमीहरुमध्ये कसैको मृत्यु आउनु भन्दा पहिले र उसले भन्नेछ, “ऐ मेरो पालनकर्ता ! किन मलाई अलि थप अवसर नदिएको ? म सदक़ा (दान) दिनेथिए  सद्कर्मीहरुमा सामेल हुनेथिए ।” (सूरह, अल मुनाफिकून, आयतः १०)

     हदीसबाट प्रमाणः

     अबू जर (रज़ि.) ले यो पनि वर्णन गर्नु भएको छ कि अल्लाहको रसूल (सल्ल.) को केही साथीले नबी (सल्लल्लाहु अलैहि व सल्लम) सँग बिन्ती गर्नु भयो, ऐ  अल्लाहको रसूल । मालवाला त बदला र पुण्यमा अगाडी बढेका छन । उनीहरू नमाज पढ़दछन् जसरी हामी पढ्दछौ । रोजा(ब्रत) राख्दछन् जस्तै हामी राख्दछौ । उनीहरु जरुरत भन्दा ज्यादा आफ्नो धनबाट  दान पनि दिन्छ्न । वहांले भन्नु भयो- “के अल्लाहले तिम्रो लागि यस्तो चीज राखेका छैनन् ? जुन तिमी दान गर  हरेक सुबहानल्लाह भन्नु पुण्य हो । अल्लाहु अकबर भन्नु पुण्य हो । अल्हम्दुलिल्लाह भन्नु पुण्य हो र ला इलाह इल्लल्लाह भन्नु पुण्य हो। भलो कुराको उपदेश पुण्य हो, पापबाट रोक्नु पुण्य हो, तिमीहरु श्रीमतीसँग सहवास गर्नु पनि सदका (पुण्य) हो । उनीहरू चकित भएर भने। ऐ  अल्लाहको रसूल । जब हामीहरु मध्ये कोही आफ्नो सहवास पूरा गर्दछौं त यसमा पनि उस्कोलागि पुण्य छ ? वहाँले भन्नु भयो- यही काम तिमी नजायज तरीकाले गर्दछौ भने त्यो पाप हुँदैन त ? यसैले उसले यही काम जायज तरीकाले गर्यो भने उसको लागि पुण्य र दान हुनेछ । (मुस्लिम)   (भाग-२)

लेखकः मुहम्मद इब्राहिम

स्रोतः कुरआन र हदीस

 

 

Related Post