New Muslims APP

पुण्य कमाउने समय

पुण्य कमाउने समय

रमज़ानको महिनाको सबैभन्दा महत्वपुर्ण प्रार्थना रोज़ा (ब्रत) हो जसलाई अरबीमा सियाम (ब्रत) भनिन्छ ।

रमजानको महिना सबैभन्दा धेरै पुण्य कमाउने समय हो । यो महिनाको महत्वपुर्ण कार्य रोज़ा (ब्रत) हो । जसलाई अरबीमा सियाम (ब्रत) भनिन्छ ।

रमजानको महीना त्यो पवित्र तथा उपकारीको महीना हो जसमा अल्लाह तआलाले मानवको लागि भलाई र कल्याणको काम गर्नेहरुको लागि पुण्यमा वृद्धि र पापबाट मुक्ति दिलाउने छन् । यो त्यो महीना हो जसमा जन्नत (स्वर्ग) को ढोका खोली दिन्छन् तथा जहन्नम (नरक) को ढोका बन्द गरि दिन्छन्, भूत-प्रेत र शैतानलाई बन्द गरिन्छ र अल्लाहको तर्फबाट आकाशवाणी हुन्छ “हे मानवहरु हो तिमीहरु पुकार गर, हे पुण्यकार्य गर्नेहरु, पुण्य कार्यमा अघि बढेर काम गर, र हे पापको काम गर्नेहरु, अब त यस पवित्र महीनामा पापकार्य गर्नबाट पछि हट” ।

अल्लाह तआला पुण्य गर्नेहरुलाई जहन्नम (नरक) बाट मुक्ति दिन्छ । रमजानको महिनाको सबैभन्दा महत्वपुर्ण प्रार्थना रोज़ा (ब्रत) हो जसलाई अरबीमा सियाम (ब्रत) भनिन्छ जसको अर्थ हुन्छ, “रोक” अर्थातः बिहान फज़रको समय देखि लिएर सूर्य डुब्ने समयसम्म खान-पिन, संभोग लगायत रोजा भंग हुने हरेक कार्यबाट आफुलाई रोकेर राख्नुलाई नै रोज़ा (ब्रत) भनिन्छ । रमजानको महीनाको रोज़ा (ब्रत) प्रत्येक मुस्लिम, बालिग, बुद्धिमान पुरूष र महिलामा अनिवार्य छ, रोज़ा (ब्रत) इस्लामको पाँच स्तम्भ मध्ये चौथो स्तम्भ हो । जुन हरेक मुस्लिमले मन, वचन र कर्म अनुसार पालना गर्नु ज़रुरी छ । सही ढंगले रोज़ा राखेमा ती रोजा राख्नेहरुलाई धरै ज़्यादै पुण्य प्राप्त हुन्छ। जुन पुण्यको असल संख्या अल्लाह तआला नै जान्नु हुन्छ, प्रिय रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः “मनुष्यको प्रत्येक कर्ममा उसलाई दस पुण्य देखि लिएर सात सयसम्म पुण्य दिन्छ सिवाए रोज़ा । अल्लाह तआला भन्नुभयो, रोज़ा मेरो लागि हो र रोज़ादारलाई रोज़ाको बदला म नै दिन्छु”

यसैगरी जन्नत (स्वर्ग) मा एउटा यस्तो ढोका छ, जसबाट केवल रोज़ादार मात्र प्रवेश गर्छन्, रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को कथन छः “जन्नत(स्वर्ग)को ढोकाको संख्या आठवटा छ, त्यसमा मध्ये एउटा ढोकाको नाम “रय्यान” हो, जसमा केवल रोज़ादार मात्र प्रवेश गर्छन्”।

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो साथिहरुलाई शुभ सन्देश दिंदै भन्नुभयो” तिम्रो साथ रमजानको महिना आएको छ, यो उन्नती र प्रगतीको महिना हो, अल्लाह तआला तिमीलाई यसमा उनको दयाले ढाकी दिन्छन्, दया गर्नुहुन्छ, पापलाई मेटाउँछ, र प्रार्थना स्वीकार गर्नुहुन्छ र यस महिनामा तिमी एक आपसमा प्रार्थनामा बढी भन्दा बढी रुची लिएको देख्न चाहन्छन् । अल्लाह निकट रहेका फरिश्तासँग तिम्रो बारेमा बयान गर्नुहुन्छ, त तिमी अल्लाहलाई राम्रो काम गरेर देखउनु, निःसन्देह पापी त्यो हो जो यस महिनामा अल्लाहको दयाबाट वंचित भए” ( अल–तबरानी)

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो” जो व्यक्ति रमजान महिनाको रोज़ा अल्लाहमा विश्वास तथा पुण्यको आशा गर्दै राख्छ,। त्यसको सम्पूर्ण पाप क्षमा गरी दिनेछन्”     ( बुखारी तथा मुस्लिम)

रोज़ा र कुरआन करीम क़ियामतको दिन अल्लाह तआलासँग बिन्ती गर्छन् जो रोज़ा राख्छन् ,जो कुरआन पढ्छन् उनीहरुलाई क्षमा गर, त अल्लाह तआला उसको सिफारिश स्वीकार गर्नुहुन्छ, जस्तै कि रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छः “रोज़ा र कुरआन क़ियामतको दिन अल्लाह तआलासँग बिन्ती गर्नुहुन्छः ऐ ईश्वर (अल्लाह), मैले त्यो दिनमा यसलाई खाने–पीउने र संभोग गर्नबाट रोकेर राखेको थिए, तिमी मेरो सिफारिश उसको लागि स्वीकार गर,, कुरआन भन्दछ, ऐ अल्लाह, मैले ति रातमा यसलाई सुत्नबाट रोकेर राखेको थिए, तिमी मेरो सिफारिश उसको लागि स्वीकार गर, त उनीहरु दुबैको सिफारिश स्वीकार गरिन्छ”(मुस्नद अहमद र सही तरग़ीब वत्तरहीब)

फजर भन्दा पहिले देखि लिएर सुर्यास्तसम्म खाने–पीउने तथा संभोग गर्नबाट जोगिनु नै रोज़ाको वास्तविक्ता होइन वास्तविक रोज़ाको सत्यता यो हो कि मानवले आफुलाई हरेक प्रकारको अपराध, झूटो बोल्नु, लडाई झगड़ा गर्नु, गाली गलौज गर्नु, तथा गलत व्यवहार र अवैध चीजबाट आफुलाई रोकि राख्नु किनकि रोजाको पुण्य उसैलाई प्राप्त हुन्छ, जस्तैः रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छ” जो व्यक्ति अवैध काम र झूट बोल्नु र झूटो गवाही तथा गलत व्यवहारबाट टाढा रहदैन त अल्लाहलाई कुनै आवश्यकता छैन कि त्यो भोको, प्यासा रहोस् या खाओस्” ( बुखारी )

यदि कुनै व्यक्ति रोज़ादार व्यक्तिसँग लड़ाई झगड़ा गर्नलाई कोशिश गर्छ भने त्यो व्यक्तिसँग लड़ाई, झगड़ा नगर्नु आरमसँग नरिसाई कन भन्नु, “म रोजा बसेको छु, म झगडा गर्न चाहन्न” रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छ “जब तिमीहरुमध्ये कोही रोजाको अवस्थामा छौ तब आपत्तिजनक कुरा नगर, जोडसँग नचिच्याउनु, यदि कोही उसलाई नराम्रो भन्छ भने या गालीगलौज गर्छ भने त उसले यति मात्र भनोस्, म रोजामा छु।” ( बुखारी तथा मुस्लिम)

यहाँ कि रमजान महिनामा अल्लाह तआलाको तर्फबाट दिइने माफी, राम्रो कामबाट प्राप्त हुने पुण्य त्यसै समय हामी हासिल गर्न सक्छौ। जब हामी रोजाको असली वास्तविकताको साथ रोजा राख्छौं र एक महिनाको कोशिश दश महिनाको कोशिश बराबर हुन्छ।

अल्लाहको कृपाले हामी र तपाईलाई यस महिनामा धेरै भन्दा धेरै पूण्यको काम गर्न, मानविय कल्याणको काम, अल्लाहको पुजा अराधना गर्ने शक्ति प्रदान गरुन किनकि हाम्रो झोलीमा पुण्य नै पुण्य होस, आमीन

संकलन तथा अनुवादक- मुहम्मद इब्राहीम खरेल

Souce= http://ipcblogger.net/ibrahim/?p=802

Related Post