New Muslims APP

ब्याजको कारोबार गर्न इस्लाममा किन अवैध मानिन्छ ?

images (76)

ब्याजको अर्थ हो लाभ (फाइदा), अंग्रेजीमा यसलाई इन्ट्रेस्ट  भनिन्छ । ब्याजको परिभाषा हो असल पूँजीमा बृद्धि हुनु । ब्याज केवल उधारोमा हुन्छ यसलाई कुरआनमा भनिएको छ-

“ला रिबा इल्ला फिन्नस्या” 

अर्थ-  “ब्याज केवल उधारो लेनदेनमा नै हुन्छ । एक सामान्य अर्थ यो पनि हो”।

“कुल्लु क़र्जि जर्रा मन्फ़ अ तन फ़हुवा रिबा”

अर्थ- “हरेक कर्जा जसबाट नाफा हुन्छ त्यो ब्याज हो । जस्तै कसैले जैदलाई दस रुपैयाँ दियो र फिर्ता गर्दा उसले एक रुपैयाँ ज्यादा लिन्छ भने त्यो एक रुपैंयाँ ब्याज हो र दस रुपैयाँ असल पूँजी हो”।

ब्याज दुई किसीमको हुन्छ (क) सापटी ब्याज (ख) नगदी ब्याज

१.सापटी ब्याज- त्यो हो जुन माथि बयान भएको छ त्यसमा कर्जा दिनेवालाले केवल कर्जा लिएको समयानुसार बदलामा ब्याज लिन्छ ।

२. नगदी ब्याज- मानिस नगद लिन्छ र नगदको बदला ज्यादा ब्याज स्वरूप लिन्छ। जस्तै एक रुपैया दिएर लिने समय सबा रुपैया लिन्छ ।

३. रसूलुल्लाह सल्ल.को भनाई छः- “एक दिर्हम चांदीको सिक्काको बदला दुई दिर्हम सिक्कामा बिक्री नगर किनकि त्यस बारेमा म तिमीहरुलाई ब्याजको कारोवारबाट चेतावनी दिन्छु” । (अहमद-तबरानी)

४. नगदी ब्याज छ चीजमा हुन्छ । जस्तै सून. चांदी, गहुं, जौउ, खजुर, नून

यि चीजहरुमा एक दोश्राको साथ नाफा लिएर बिक्री गर्न मनाही छ, जस्तै सुनको साथ सुन र चांदीको साथ चांदी नाफा लिएर बेच्न अवैध हो ।

५. नजायज ब्याज- ब्याज लिनु ठूलो पाप हो । इस्लामी कानून अनुसार ब्याज लिन अवैध मानिन्छ ।

अल्लाह तआलाको भनाईछः- “जुन मानिसहरु ब्याज खान्छन् तिनीहरु चिहानबाट यसरी तर्सेर उठछन् कि जस्तै शैतानले छोएको पागल हुन्। यस कारणले कि तिनीहरुले भन्ने गर्दथे कि ब्यापार गर्नु पनि त यस्तै हो नी जस्तै ब्याज लिनु । तर ब्यापारलाई अल्लाहले जायज ठहर्याएको छ र ब्याजलाई नाजायज। जुन मानिसले आफुलाई अल्लाहको निर्देशन पुगेपछि पनि ब्याजको कारोवार गर्न छोड्दछ र ज् जति भइसकेकोछ, त्यसले माफी पाउने छ र त्यसको निर्णय अल्लाहले गर्नेछ र यदि फेरि ब्याज लिन थाल्यो भने त्यस्ता मानिसहरु नर्कवासी हुनेछन्, र सधैं नर्कमा रहनेछन्” । (सूरः बकरा, आयत नं. २७५)

फेरि अर्को ठाउँमा भनिएको छः “ए इमानवाला ! दुई गुना तीन गुना ब्याज नखाऊ र अल्लाहसँग डराउ ताकि कामयाबी हासिल गर र नर्कको आगोबाट बच जुन काफिरहरुको(एक ईश्वर मान्न अस्वीकार गर्ने) लागि तयार पारिएकोछ, ईश्वर र उनको रसूलको पालना गर ताकि तिमीहरुमा दया गरियोस्” । (सूरः आले इम्रान, आयत नं. १३०,१३२)

रसूलुल्लल्लाह सल्लःको भनाई छः “सात बर्बाद गर्ने चीजबाट बच, मानिसहरुसँग सोध्नु भयो त्यो के हो ? भन्नुभयो, अल्लाहको साथ शिर्क(पूजामा अल्लाहको साथ अरुलाई समान मान्नु) गर्नु, जादू गर्नु, अनाहक कसैलाई मार्नु, ब्याज लिनु, र अनाथको माल खानु, र लडाईको दिनमा भाग्नु र पवित्र नारी माथि ब्यभिचारको आरोप लगाउनु “। (बुखारी, मुस्लिम)

अरु भन्नुभयोः “अल्लाहको धिक्कार होस् ब्याज लिने र र दिनेमा र गवाहीवाला र त्यसलाई लेख्नेहरुमाथि” । (बुखारी, मुस्लिम)

अरु भन्नुभयोः “ब्याजको ९९ ढोका छन् सबैभन्दा सानो पाप यो हो कि जसले मानिस आफ्नो आमासँग बलात्कार गर्छ” । (दारकुत्नी)

“अल्लाहले ब्याजलाई समाप्त पार्नु हुन्छ र दान दिनेलाई उन्नति, बृद्धि गर्नु हुन्छ र अल्लाहले कुनै कृतघ्न र पापीलाई प्रेम गर्नु हुन्न”। (सूरः बकरा, आयत नं. २७६)

“जुन मानिसले यस्तो गर्दैन भने अल्लाह र उसको रसूलसँग युद्धको लागि तयार हौ, यदि पश्चाताप गर्छौ भने आफ्नो वास्तविक रकमको हकदार हौ, तिमी कसैलाई अत्यचार नगर र तिमी माथि पनि कसैले अत्यचार नगरुन” । (सूरः बकरा, आयत नं. २७९)

“यदि कठिनाईमा छ भने उसलाई तिर्न सजिलो नहुञ्जेलसम्मको लागि समय देउ । तर यदि तिमीले त्यसलाई दानको रुपमा मिनाहा गरिदिन्छौ भने तिम्रो निम्ति सबैभन्दा राम्रो हुन्छ, यदि यो कुरा तिमी बुझ्दछौ भने” ।(सूरः बकरा, आयत नं. २८०)

स्रोतः- तालिमुल इस्लाम

लेखकः-मुख़्तार अहमद नदवी- अध्यक्ष अद्दारुस्सलफ़िया, मुम्बई

अनुवादक- मुहम्मद इब्राहीम खरेल

 

Related Post