मुहम्मद (सल्ल.) को वंश

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको वंश

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको वंश

नेपाल तथा भारतको पश्चिम दिशाको समुन्द्र किनारमा पर्दछ साउदी अरब । विश्वको केन्द्र विन्दुमा रहेको छ साउदी अरबको मक्का शहर ।  यही अरबको मक्का शहरमा ईश्वरको पवित्रघर खान ए काबा पनि छ जुन हज्जारौं बर्ष पहिले हजरत इब्राहीम अलैहिस्सलामले मानवहरुलाई एक ईश्वरको उपासनाको लागि आमन्त्रण गर्न निर्माण गर्नुभएको थियो । तर मानिसहरु आफ्नो ईश्वरलाई भूलेर अनेकौं देवी देवताको पूजामा लागेका थिए ।

अरबी समाजमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई ईशदूत चुन्नु भन्दा पहिले विभिन्न बिकृतीहरु व्याप्त थियो । जस्तैः- ब्यभिचार, झूठ, बलात्कार, रक्सी पिउने, जुवा खेल्ने, ब्याजको लेनदेनको कारोवारमा लागेका थिए ।

एक अर्कालाई लुटपिट, काटमार गर्दथे । तर अल्लाहको कृपाले सम्पूर्ण संसारका मानवहरुका मार्गदर्शनका लागि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम त्यही अरबको रेगिस्थानमा अरबको एक प्रतिष्ठत बनुहासीमको वंशमा पैदा गराउनु भयो । अब हेरौं वहाँको वंशावलीहरुको सम्पूर्ण तथ्य विवरण वहाँ कसरी कुन वंशमा जन्मिनु भयो र कसरी वहाँले विश्वका मानवलाई एकेस्वरवादतर्फ मार्गदर्शन गराउनु भयो ।

हसब-नसब (वंश) {बुबाको तर्फ़बाट} :- मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम बिन (१) अब्दुल्लाह बिन (२) अब्दुल मुत्तलिब बिन (३) हाशम बिन (४) अब्दे मुनाफ़ बिन (५) कुसय्य बिन (६) किलाब बिन (७) मुर्रा बिन (८) क-अब बिन (९) लुवय्य बिन (१०) गालिब बिन (११) फ़हर बिन (१९) मालिक बिन (१३) नज़्र बिन (१४) कनाना बिन (१५) खुज़ैमा बिन (१६) मुदरिका बिन(१७) इलयास बिन (१८) मु-ज़र बिन (१९) नज़ार बिन (२०) मअद बिन (२१) अदनान……(५१) शीस बिन (५२) आदम अलैहिस्सल्लाम। { यहाँ “बिन” को मतलब “सुपुत्र” हो }

नबी करीम सल्लल्लाहु अलैहि वसल्लम नै “अदनान” का सन्तानबाट हुनुहुन्छ भनेर मन्सूबले भन्नुभएको थियो भन्ने प्रमाण हदिसबाट मिल्छ ।

हसब-नसब (वंश) {आमाको तर्फबाट} :- मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम बिन (१) आमिना बिन्त (२) वहब बिन (३) हाशिम बिन (४) अब्दे मुनाफ़…………………। आमाको वंशको नाम तेश्रो पुश्तामा वहाँको बुबाको बंशको नामसंग मिल्न जान्छ । पूर्खाहरुको केही नाम :- बुबाको नाम अब्दुल्लाह र आमाको नाम आमिना हो । त्यसैगरी काकाको नाम अबू तालिब र काकीको हाला तथा हजुरबुबाको नाम अब्दुल मुत्तलिब र हजुरआमाको नाम फातिमा हो । मामाको घरको हजुरबुबाको नाम वहब, र हजुरआमाको नाम बर्रा। जीजुबुबाको नाम हाशिम र जीजुमुमाको नाम सल्मा।

जन्म:- मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म नौ रबीउल अव्वल अर्थात आमुल फ़ीलको पचास दिन पछि (अब्रहाले खान-ए-काबामा आक्रमण गर्न आएको दिनबाट पचास दिन पछि) ईसवीं २२ अप्रिल ५७१, सोमवारको दिन भएको भन्ने भनाई छ ।

शुभ नाम:- वहाँको जीजु बुबा अब्दुल मुत्तलिबले जन्मेको दिन नै मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई खान-ए-काबा लगेर परिक्रमा गराएर धेरै प्रार्थना गरि आशिर्वाद माग्नु भयो । सातौं दिन ऊंटको कुर्बानी दिएर अकिका (भोज) गरेर कुरैशी वंशहरुलाई निम्ता गर्नुभयो र “मुहम्मद” नाम राख्नुभयो। वहाँको आमाले सपनामा फ़रिश्ताले बताए बमोजिम “अहमद” नाम राख्नुभयो । कसैको पनि असली नाम एउटै हुन्थ्यो तर वहाँको दुई वटा नाम थियो । “मुहम्मद” नाम पवित्र कुरआनको सूर: फ़तहको अन्तिम आयतमा उल्लेख छ र “अहमद” को उल्लेख पवित्र कुरआनको  सूर: सफ़्फ़, आयत न० ७ मा छ ।

दुध पिउने समय:- जीवनी किताबमा लेखिएको छ कि वहाँले आठ महिलाको दुध पिउनु भएको छ भनेर । अब हेरौ क-कस्को दुध पिउनु भएको रहेछ (१) वहाँको आमा आमिना (२) अबू लहब की नौकरानी सुवैबिया (३) खौला (४) सादिया (४) आतिका (५) आतिका (६) आतिका (यि तिनजनाको नाम एउटै थियो) (७) दाई हलीमा सादिया र उनकी आमाको दुध लगभग सात दिन र यत्तिकै समय सुवैबियाले दूध पियाइन । यस पछि दाई हलीमा सादियाको काखमा जानुभयो र बाँकी पाँच जना दुध पियाउने वालाको बारेमा पूर्ण जानकारी हुन सकेन ।

 पालनपोषण:- लग-भग एक महिनाको उमेरमा पालन-पोषणको लागि दाई हलीमाको देख-रेखमा सुम्पिएको थियो । वहाँ चार-पांच वर्षसम्म उनकै साथ रहे । पछि जब मजदुरीको लागि आउँथिन त साथमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई पनि लिएर आउँथिन् र आमालाई देखाएर फिर्ता लिएर जान्थिन् ।

बुबाको स्वर्गरोहण:- वहाँको बुबा अब्दुल्लाहको विवाह भएको देश शाम (सिरीया) व्यापारको लागि  गएका थिए वहाँबाट फर्किदा खजूर खरिद गरेर मदीना शरीफमा आफ्नी हजुरआमा सल्माको घरमा बसेका थिए र त्यहीँ बीमारी भएर एक महीना पछि २६ वर्षको उमेरमा देहान्त भयो र मदीना मै उनको शवलाई दफन(सदगत) गरिदिए । धेरै सुन्दर युवक थिए । जति राम्रा थिए उत्तिनै राम्रो बानी व्यहोराका पनि थिए । “फ़ातिमा” नामकी एक महिला वहाँसँग प्रेममा लिन भइन । ती महिला यति प्रेम डुबिन कि आफैले १०० ऊँट दिएर आफुसँग (सम्भोग) गराउने ईच्छा गरिन तर वहाँले, यस्तो भनेर जवाफ दिनुभयो “ गलत काम गर्नु भन्दा मर्नु बेस हो” । जब उनको देहान्त भएको थियो त्यस बखत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम आमाको गर्भमा नै थिए ।

Related Post