New Muslims APP

रजब महिनाको महत्व र रजब महिनामा गरिने केही बिद्अत कार्यहरु ?  

रजब महिनाको महत्व

रजब महिनाको महत्व र रजब महिनामा गरिने केही बिद्अत कार्यहरु

रजब महिनाको महत्व र रजब महिनामा गरिने केही बिद्अत कार्यहरु ? रजबको महिनाको महत्व के छ र मानिसहरु अज्ञान्ताको कारण के कस्तो विद्अत काम गर्दछन् भन्ने विषयमा ज्ञान होस् र बिद्अत कार्यबाट बचेर सही इबादत गर्न सकून भन्ने उद्देश्य हो । रजबको महिनाको विषयमा आज हामी तपाईहरु समक्ष एउटा सानो लेख पेश गर्नेछौं जसबाट पाठकहरुलाई केही लाभ पुग्ने आशा गर्दछु ।  वास्तवमा इस्लाम धर्ममा पाप-अपराध र अन्याय-अत्यचार गर्नबाट जहिले पनि मनाहि गरिएको छ। तर यी प्रतिष्ठितवाला-आदर-सम्मानजनक-महिनाहरुमा पाप-अपराध गर्नु अझ ठूलो पाप हो। यसको आदर-सम्मान गर्नालाई नै यी महिनामा युद्धका लागि पहल गर्नबाट पनि मनाही गरिएको छ। जे जस्तो कारण भएपनि यो स्पष्ट छ कि हज्ज जुल्हिज्जाको महिनामा गरिन्छ। यसर्थ हज्जमा बरु हज्ज भन्दा पहिला र पछि शान्तिको कति आवशयकता हुन्छ ॽ यो अवगत नै होला। मानिसहरु संसारको कुना-काँप्चाबाट हज्ज गर्नका लागि मक्का पुगेर शान्तिपूर्ण रुपमा इस्लामको यस स्तम्भलाई इस्लामी सिद्धान्त बमोजिम पूरा गर्न चाहन्छन्। अनि जुल्कअदाको महिना जुल्हिज्जा भन्दा पहिला र मुहर्रम जुल्हिज्जा पछिको महिनालाई भनिन्छ। यसर्थ पनि यिनको आदर-सम्मान गर्नु अत्यन्तै आवशयक छ। यसै प्रकार रजबको महिनाको आदर-सम्मानको आदेश हुनाले त्यसमा पनि पाप-अपराध गर्नलाई ठूलो पाप घोषित गरिएको छ। जस्तै अल्लाहले पवित्र कुरआनमा भन्नुभएको छ :

إِنَّ عِدَّةَ الشُّهُورِ عِندَ اللهِ اثْنَا عَشَرَ شَهْراً فِي كِتَابِ اللهِ يَوْمَ خَلَقَ السَّمَاوَات وَالأَرْضَ مِنْهَا أَرْبَعَةٌ حُرُمٌ ذَلِكَ الدِّينُ الْقَيِّمُ فَلاَ تَظْلِمُواْ فِيهِنَّ أَنفُسَكُمْ [سورة التوبة :३६]

अल्लाह कहाँ महिनाको गणना त्यसै दिनदेखि बाह्र रहेको छ,जुन दिन उहाँले आकाशहरु तथा पृथ्वीको सृजना गरे। अनि त्यसमध्ये चार वटा महिना आदर-सम्मानका छन्। यो सोझो धर्म हो,यसर्थ तिमीहरु खास गरि यस महिनामा आफूमाथि अत्याचार नगर। (सूरह तौबा / ३६

हदीसमा छः साल बाह्र महिनाको हुन्छ, जसमा चार हुर्मतवाला(आदर-सम्मानका) महिना हुन्। तीन महिनाहरु यसप्रकारका छन्, जुल्काअदा ,जुल्हिज्जा र मुहर्रम निरन्तर एकअर्का पछि आउँछन् र चौथो महिना मुजरको रजब हो, जुन जुमादा र शाबानको बीचमा पर्दछ।  (हदीसको संग्रह: बुखारी)

रजबको महिनामा गरिने बिदअत के के हुन् ?

रजबको महीनालाई अन्य महीनाहरु भन्दा कुनै विशेष महत्व प्राप्त छैन, यसको बावजूद पनि केही मुसलमान विशेष रूपबाट यस महीनामा यस्तो विभिन्न उपासना गर्दछन् जसको इस्लाममा कुनै आधार छैन, र ती सबै चीजहरु बिद्आत मानिन्छ, जसबाट बच्न अनिवार्य छ। यस लेखमा रजबको महीनामा गरिने बिदआतको उल्लेख गर्दै खण्डन गरेको छ।

– रजब़मा कुडा भर्नेः केही मुसलमानहरु इमाम जाफर सादिकको नाममा कुडा भर्छन् यो विदआत हो । मदीना मुनव्वरामा एउटा गरिब लकड़हारा (जो दाउरा बेचेर जीविका गर्ने युवक) बसोवास गर्दथ्यो । उसकी पत्नी मन्त्रीको घरमा झाडु लगाउने गर्थिन । एक दिन इमाम जाफर बिन मुहम्मद सादिकले आफ्नो साथीहरुसँग भनेको सुनेकी थिइन कि जसले २२ रजबमा बिहानै नुहाएर मेरो नाममा कोडा भर्छ र फेरी अल्लाहसँग जे दुआ माग्छ त्यो पुरा हुन्छ । नत्र कियामतको दिन उसले मेरो कठालो समातोस् । यो कुरा सुनेर ती लकडहारन ( त्यो दाउरा बेचेर जीविका चलाउने केटाकी श्रीमति) ले त्यसै गरिन। एक दिन उसको पतिले धेरै सम्पति कमाएर आफ्नो गाउँमा फर्कियो र भब्य महल बनाएर बस्न थाल्यो । तर बजीर (मन्त्री) कि पत्नीले यस्तो कार्य गर्न अस्वीकार गरिन जसले गर्दा उनको पतिको राज्य सत्ता गयो, जब फेरी बजिरकी पत्नीले तौबा गरी कुडा भर्न थालिन तब उनको शासन फेरी फिर्ता भयो । त्यसबेला देखि त्यो देशको बादशाह (राजा) ले कुडा भर्ने परम्परालाई मान्न थाले।

यस्तो मनगढ्न्ते कहानीलाई इस्लाम धर्मको दृष्टिकोणले हेर्ने हो भने शिर्कको काम गर्न आमन्त्रण गरेको देखिन्छ यो कुनै पनि माग पुरा गर्न गरिने (नज़्र व नियाज़) भाकल गैरुल्लाह(अल्लाह बाहेक) लाई गर्नु शिर्क काम हो । जे जति माग्नु छ भल्लाहसँग माग्नु पर्छ, जे जति (नज़्र व नियाज़) भाकल गरिन्छ त्यो पनि अल्लाहको लागि गर्नु पर्छ । नबी सल्लल्लाहु अलैही वसल्लमले भन्नु भयोः “कोही मानिसले नज़्र (भाकल) गर्छ भने त्यो अल्लाहको आज्ञापालन गरोस्, जब उसको माग पुरा हुन्छ तब उसले गरेको नज़्र (भाकल) पुरा हुन्छ उसले अल्लाहको आज्ञानुसार गर्नु र जो मनिसले अल्लाह बाहेक (नज़्र नियाज) भाकल गरेको छ भने उसले त्यो (नज़्र नियाज़) भाकल पुरा नगरोस्।” (सहीह बुखारी)

२. इस्रा व मेराजको रातमा खुशीयाली मनाउनुः रजबको महिनामा गरिने बिदआत मध्ये घृणित विदआत मध्ये एउटा हो रजबको महिनाको सत्ताइसौं रातमा इस्रा व मेराजलाई खास मानेर खुशीयाली मनाउने गर्दछन् । जुन अल्लाहको तर्फबाट धर्मग्रन्थमा कुनै आदेश अवतरण भएको प्रमाण छैन कि त्यो दिन खुशीयाली या उमंग मनाउने कुनै ठोस आधार र प्रमाण पाइदैन। जुन कार्य नबी सल्लल्लाहु अलैहि वसल्लमले गर्नु भएको छैन ति कार्यहरु गर्नु विदआत हुन्।

३. सलातुर्रग़ाइबः रजबको महिनाको बिदअतहरुमध्येबाट एउटा बिदअत सलातुर्रग़ाइब पनि हो जुन रजबको महिनाको प्रथम जुमेरात (बिहिबार) को रोजा राखेपछि पहिलो जुमा (शुक्रवार) को रातमा मग़्रिब र इशाको नमाजको बीच पढाइन्छ। यस बिद्अतलाई पालन गर्न यस्तो हदिसको सहारा लिइएको छ जुन मौजू (मनगढ़त) हदीस हो भन्नेमा उलमाहरु सर्वसहमत छन्।

४. रजबी सियाम व कियामः रजबको महिना भित्र वृद्धि गरिएको बिद्अत मध्येमा विशेष रुपबाट यस महिनामा रोजा राख्नु या कियामुल्लैल गर्नु पनि हो । यस्तो गर्नेवाला यस्तो हदीसको सहारा लिन्छन् जसमध्ये केही हदीस धेरै जइफ (कमजोर) र अधिकांश हदीसहरु मौजू (मनगढ़त) छन्।

शैखुल इस्लाम इब्ने तैमिया रहिमहुल्लाह भन्नुहुन्छः रजब र शाबानको महिनाको एकै साथ रोजा या ऐतिकाफको महत्व दिने बारेमा नबी सल्लल्लाहु अलैहि वसल्लम, वहाँका सहाबा र अइम्मा ए मुस्लिमीनबाट कुनै चीज आएको छैन यहाँसम्मकी सहीह बुखारी एवं मुस्लिममा साबित छ कि नबी सल्लल्लाहु अलैहि वसल्लम शाबानको रोजा राख्दथे र वर्षमा शाबान भन्दा अरु कुनै महिनामा नफली रोजा राख्नु हुँदैनथ्यो । जहाँसम्म रजबको महिनामा नफिल रोजा राखिन्छ ति सबै जइफ र मौजू (मनगढत) हदीस हुन् । उलमा यी हदीसमा भरोषा गर्दैनन् ।

. रजबी उम्राः केही मानिस यस महिनामा उम्रा गर्दछन् र यो अनुमान गर्दछन् कि यस महिनामा उम्रा गर्नु अन्य महिनामा उम्रा गर्नु भन्दा धेरै विशेषता र उत्तम छ बास्तवमा रजबको महिनामा उम्रा गर्नु निराधार र बेबुनियाद छ किनकि नबी सल्लल्लाहु अलैहि वसल्लमबाट यस बारेमा कुनै हदीस प्रमाणित छैन । नबी सल्लल्लाहु अलैहि वसल्लमले जीवनमा चार पटक उम्रा गर्नु भयो ती सबै रजबको महीनामा थिएन ।

. रजबको अतीरहः रजबको महिना हुर्मत(प्रतिष्ठितवाला चार महिना मध्ये एक हो । अरबका जाहिलियत (अज्ञानता) को समय कालमा यस महिनालाई इज्जत गर्दथे र यसमा जनाबर जबह गर्दथे। जसलाई अतीरह भनिन्छ र ईदुल-अज्हाको कुर्बानीको समान यो चीज उनको बीच सामान्य रुपबाट प्रचलित थियो । शुरु इस्लाममा नबी सल्लल्लाहु अलैहि वसल्लमले यसलाई कायम राख्नु भयो तर पछि यो मन्सूख (निरस्त) भयो ।

स्रोतः नव मुस्लिमहरुको इस्लामिक मार्गदर्शन नेपाली र इस्लाम हाउस, नेपाली

प्रस्तुतकर्ताः मुहम्मद इब्राहीम

Related Post