प्रवाश- हब्शातर्फ (सन् ५ नबवी)

प्रवाश- हब्शातर्फ (सन् ५ नबवी)

प्रवाश- हब्शातर्फ (सन् ५ नबवी)

मक्काका शत्रु र उनको अत्याचारबाट मुसलमानहरुलाई बचाउनको लागि नबी सल्लल्लाहु अलैहि व सल्लमले धेरै मुसलमानहरुलाई हब्शातर्फ पठाउनु भयो । उनीहरुले त्यहाँका बादशाह नजाशीसँग शरण लिए । तर ति शत्रु त्यहाँ पनि पुगे र बादशाहलाई मुसलमानको विरुद्ध भड्काए । बादशाह नजाशीले मुसलमानलाई बोलाए  र वास्तविकता थाहा पाएपछि अन्तमा मुसलमानको सत्यता, उनको उच्च आचरण  तथा उनको स्वच्छ धारणाहरुबाट बादशाह नजाशी प्रभावित भए । मक्काका शत्रुहरुले फिर्ता जानु पर्यो। बादशाह नजाशीको दरबारमा मुसलमानहरुको तर्फबाट हज़रत अलीका भाई हज़रत जाफरले यो शब्दमा इस्लामको परिचय गराए ।

“ए बादशाह ! हामी अनपढ जातिका थियौं, मूर्ति पूजा गर्थ्यौं, पापको दलदलमा फसेका थियौं, ब्याभिचारमा लिप्त थियौं, छिमेकीलाई सताउँथ्यौं, भाई भाईमा अत्याचार गर्थ्यौं । बलवान निर्धनमाथि अधिपत्य जमाउने कोसिश गर्दथे, न कुनै नियम थियो,न कुनै कानून । यस्तो अवस्थामा हामीहरु मध्ये एउटा व्यक्ति उठ्यो जसको सज्जन्ता र सत्यता र इमान्दारिताप्रति हामी पहिले देखि परिचित थियौं । उसले हामीलाई इस्लामतर्फ बोलायो र यो भन्यो कि तिमीहरु ढुंगालाई पूजा  छोड् , सत्य बोल, रक्तपात नगर, र अत्याचार गर्नबाट बच, अनाथको धनमाल नखाऊ, छिमेकीको साथ राम्रो ब्यबहार गर, पाप कार्यबाट टाढा बस्, अपराधिक कामहरुबाट बच, ईश्वरको पूजा गर, नमाज पढ, रोजा राख, जकात दिनु । हामीहरुले उनको कुरा मान्यौ र उनीमाथि ईमान ल्यायौं । मूर्ति पूजा र ईश्वरसँग अरुलाई पूज्ने जस्ता महापापबाट (तौबा) प्रायश्चित गर्यौं । मात्र एक ईश्वरको पूजा अर्चनाको मार्ग अपनायौं । सबै नराम्रो काम र नराम्रो आचरणबाट पछि हट्यौं । हाम्रो कुनै अपराध थियो भने यही हो । यहि ठूलो कारणले हाम्रो समाजका मानिसहरु हाम्रो ज्यानको दुश्मन बने र हामीलाई उनकै धर्ममा फर्काउन बाध्य पार्न खोज्दै छन्  । उनीहरु हामीलाई फेरी पहिलेको जस्तै पापको दलदलमा फर्काउन चाहन्छन् । जहाँसम्म हुन सक्छ हामीले यिनका अत्यचार सहेर बस्यौं । जब बाध्य भयौं तब हामी तपाई देशमा शरण लिन आएका हौं।”

नजाशीले भने कि जो ईशवाणी तिम्रो पैगम्बर माथि उत्रेको छ त्यो मलाई सुनाऊ । हजरत जाफरले सूरह मरयमको केही आयत पढेर सुनाए । बादशाहमाथि यस्तो असर पर्यो कि उनको आँखाबाट आँशु बग्न थाल्यो । उनले ईश्वरको कसम लिएर भने मुहम्मद त त्यही रसूल हुन् जसको सूचना हजरत ईशा मसीहले दिएका थिए । यसपछि पनले मक्काका ती शत्रुहरुसँग भने कि तिमी फर्केर जाउ, म यि निरअपराधीहरु एवं पीडितलाई फिर्ता पठाउँदिन् ।

Related Post