हामी कहाँ जाँदैछौं ?

कतै बाटो भुल्यौ की ?

सही बाटो कुन हो ?

 आज हाम्रो समाज धार्मिक ग्रन्थबाट कति टाढा गईरहेका छन्, संसारको वास्तविक सृष्टिकर्ता अल्लाह (ईश्वर)को अतिरिक्त जसलाई पूज्य बनाईएकाछन्, उनीहरुमा उपर्युक्त गुण विद्यमान छैन जुन गुण ईश्वर (अल्लाह) मा हुन्छ । किनकि उनीहरु सबै मनुष्य थिए । उनीलाई खानु, पिउनु, सुत्नु आवश्यकता पर्दथ्यो। जब उनीहरु हामी जस्तै मानवबाट जन्मिएका थिए भने फेरि कसरी उनीहरुको पूजा हुन थाल्यो त ? किनकि मानवले ईशदूतमा भएको चमत्कारी शक्तिलाई देखे, जस्तै येशूले अंधा, कोढी तथा मृतकलाई अल्लाहको कृपाले जीवित पार्थे भन्ने भनाई कुरआनमा पढन पाइन्छ । त्यसैगरी मूसा अलैहिस्सल्लामले पनि अल्लाहको कृपाले आफ्नो लौरो फेक्दा सर्प बन्ने गर्दथ्यो भन्ने भनाई पनि कुरआनमा उल्लेख छ । जब त्यस्तो चमत्कारहरु देखेपछि यस्तो काम मानवले त गर्न सक्दैन होला भन्ने उनिहरुको मनमा पर्यो र यिनै चमत्कारहरुलाई देखेर मानवले उनीहरुलाई श्रद्धापूर्वक ईश्वरको रुपमा मान्न थालेका हुन्। त कसैले ईश्वरको अवतार मान्न थाले, ईश्वर उनको रुपमा धर्तिमा स-शरीर अवतरित भएका हुन कि भन्ने भान परेर उनको पूजा नै ईश्वरको पूजा सम्झिन थाले र हाल आएर व्यापक रुपमा मूर्तिपूजा, फोटो पूजा हुन थाल्यो।

   मानवको अज्ञान्ताको कारण ईशदूतमा भएको चमत्कारी शक्तिलाई नबुझेर    उनीहरुलाई श्रद्धापूर्वक ईश्वरको रुपमा मान्न थालेका हुन्।

के ईश्वर अवतार लिनुहुन्छ ?

           हिन्दू समाजमा अवतारवादको धारणा फैलिएको छ ,वास्तवमा यो धर्मग्रन्थको बारेमा थाहा नपाएर यस्तो परिणाम सृजना भएको हो। जब कि धार्मिक ग्रन्थले यो प्रमाण सिद्ध गरेको छ कि ईश्वरको कोही साझेदार छैन र उहाँलाई कुनै चीजको आवश्यकता नै पर्दैन भने फेरि उहाँलाई किन मानवरुप धारण गरेर जन्म हुनु आवश्यक पर्छ त ?

           प्रिय मित्र ! हामी धार्मिक पक्षपातबाट अलग भएर सोचौं जो परमेश्वर यत्ति ठूलो महान संसारको स्रष्टा ,पालनहार, स्वामी, शासक र संरक्षक हुनुहुन्छ। जसले पृथ्वी, आकाश, सूर्य, चन्द्रमा, तारा, विभिन्न नक्षत्र, मानव, जिन्न, फरिश्ता, जल, वायु, जीव-जन्तु वनस्पति र किटाणु आदि यस ब्रह्माण्डमा भएका सबै चीजहरु सृष्टि गर्नु भयो। उहाँको आदेशानुसार विभिन्न ग्रह तथा उपग्रहरु ठीक-ठीक गतिमा चल्दछन् । तिनीहरुलाई एक रौं बराबर पनि फरक नचल्ने व्यवस्था मिलाउनु भएकोछ भने यस्तो महान् ईश्वरको सम्बन्धमा हामी कसरी सोच्न सक्छौं कि मानवको मार्गदशर्नको लागि स्वयं आफैले सृष्टि गरेको कुनै मानिसको वीर्य बनेर नौ महिनासम्म गर्भमा शिशु जन्मे झैं जन्मिनु, फेरि वाल्यावस्था देखि किशोरावस्थामा पुग्नु, विवाह गर्नु, सन्तान जन्माउनु, मानवले झैं विभिन्न गाली गलौज, कुटाई खानु, जेल-नेल भोग्नु संसारको पालनकर्ताको लागि स्वभाविक हुन सक्छ त ? कदापि हुन सक्दैन। फेरि के यस्तो पनि हुनसक्छ ? ईश्वर मनुष्यको रुपमा पैदा हुँदा उसलाई मनुष्य नै मान्न सक्छन् कि सक्दैनन् त ? अवश्य मान्न सक्छन्।  त्यति मात्र होइन त्यसको साथमा त्यही व्यवहार हुन्छ जो अरु मनुष्यको साथमा गरिन्छ। उहाँलाई  पनि झूटा मुद्दामा फसाउँछन्, मतलब मानवले झेल्नुपर्ने हरेक प्रकारको समस्या उहाँले झेल्नुपर्छ। अब तपाई भन्नुहोस् के यस्तो अवस्थामा त्यो महान ईश्वरको अस्तित्व र प्रतिष्ठा लिलाम हुन पुग्छ कि पुग्दैन ?

यदि ईश्वरलाई हामी सर्वशक्तिमान मान्छौ भने यस संसारको पालनकर्तालाई मनुष्यसँग तुलना गर्नु उचित होइन । जब कसैले ईश्वरलाई मानवसँग तुलना गर्छ भने त्यो बुद्धिको दुर्बलताको उपज हो।

         हामी हाम्रो दैनिक जीवनमा पनि यस कुराको अनुभव गर्दछौ कि कुनै पनि देशमा केही घटना घट्दछ भने त्यहाँ के स्वयं देशको प्रधानमन्त्री जानु हुन्छ त ? अवश्य पनि जानु हुन्न, कुनै समिति गठन गरेर छानविन गर्ने अनुमति दिनुहुन्छ र जसले घटना स्थलमा गएर सरकारी नियमानुसार आफ्नो कार्य सम्पादन गरेर प्रतिवेदन पेश गर्दछन्। फेरि जसलाई ईश्वरको अवतार मान्दथे, उनको जीवन चरित्रलाई हेर्दा थाह हुन्छ कि उनीहरु सबै मनुष्य थिए। उनीहरु पनि हिंड्-डुल, खानपान गर्दथे, आफू पनि आमाको कोखबाट जन्मिएका थिए भने उनीहरुका पनि छोरा-छोरी थिए। समय अनुसार बच्चा, जवान तथा बुढा हुन्थे, उनीहरु सुखी तथा दुःखी हुन्थे । उनीहरुमा यो कमजोरी तथा गल्ति पनि थियो, कसैलाई मख्खन चोरी त कसैलाई परस्त्रिसँग सम्बन्ध राख्ने आरोप छ त कसैलाई नशालु पदार्थ सेवन गर्ने। जुन ईश्वरले सही मार्गदर्शन गर्नु पर्नेमा आफैले गल्ति गर्नु हुन्छ भने त्यो ईश्वर हुन सक्छ त ? ईश्वरले त हर समय सारा संसारलाई निगरानी गरीरहेको हुन्छ ? जस्लाई कहिल्यै निन्द्रा लाग्दैन ? जसले हर प्राणीको विन्ति सुन्नु हुन्छ ? के ईश्वरको हातपाउ हुनसक्छ ? कसैको बुबा, आमा, दाजु-भाइ, छोरा-छोरी, पति-पत्नी या नातेदार ? यस्तो कदापि हुन सक्दैन। किनकि मानवले यस संसारलाई एकपल पनि चलाउन सक्छ भनेर। अवतारको यो कल्पना स्वयं वेदको सिद्धान्त विपरित छ।

ऋग्वेदका टिप्पणीकर्ता आशोराम आर्य टिप्पणी गर्नु हुन्छ- “जो मनुष्य ईश्वरको अनेक अवतार मान्दछन् तिनीहरु सबैभन्दा ठूला मूर्ख हून्”। (ऋग्वेदको खण्ड १ सुक्त ७ मंन्त्र १०)

गान्धीजी लेख्नु हुन्छ- ” मनुष्य ईश्वर मनुष्य हुनै सक्दैन। यसैले उहाँ कुनै मनुष्यको रुपमा अवतार लिनु हुन्न।”  (प्रार्थनाको महत्व पृष्ट संख्या ६७ )

स्रोतः- सत्यको खोज (किताबबाट)

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

पहिलो प्रकाशन मितीः वि.सं. 2068 फाल्गुन 25 (ईश्वी 2012 मार्च 08)

[email protected]

Related Post