अजान दिने चलन कसरी शुरु भयो ?

अजान दिने चलन

अजान दिने चलन कसरी शुरु भयो ?

अजान दिने चलन कसरी शुरु भयो ? यो जिज्ञासा तपाई हाम्रो मन मष्तिष्कमा उब्जिन सक्छ । प्रिय पाठक आज म तपाईहरु समक्ष अजान दिने सम्बन्धमा संक्षेपमा केही जानकारी गराउन चाहन्छु।

      हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो सहाबासँग सल्लाह माग्नु भयो, मानिसहरुलाई नमाजको लागि कसरी बोलाउने अर्थात मानिसलाई कसरी थाहा हुन्छ कि नमाजको समय भयो भनेर ? सहाबाहरुले छुट्टाछुट्टै सल्लाह दिए । कसैले भने यहुदीले जस्तै बराठको सिंङ बजाउने, कसैले भने इसाईको जस्तै नाकुस (घण्टी) बजाउने, तर हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो सल्लाह मन परेन र वहाँले उक्त कुरामा अझ विचार गर्न समय दिनु भयो । त्यही रात हजरत उमर (रजि.)ले सपनामा अजान सुन्नु भयो र अर्को सहाबी अब्दुल्लाह विन जैद विन अबू रब्बिहीले पनि सपना देख्नु भयो कि कुनै व्यक्ति अजान को कलिमात भन्दै थियो । वहाँले उक्त कुरा याद गर्नु भयो र निन्द्रा खुल्ने बितिक्कै हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भएको ठाउँमा पुग्नु भयो, त्यो समय तहज्जुद (मध्येरातमा पढिने नमाज) को नमाज पढ्ने तयारीमा हुनुहुन्थ्यो । ती साहबाले सपनामा आफुले देखेको सबै कुरा सुनाउनु भयो। हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले हजरत बिलाल रजि. लाई उक्त कलिमातको साथ फज्रको अजान दिन आदेश दिनु भयो । अजान सुन्ने बितिक्कै हजरत उमर रजि. दौडिदै आउनु भयो र भन्नु भयो मैले पनि यसैगरी अजान दिएको सपनामा देखेको थिए “अल्लाहु अक्कबर” । त्यही समयबाट अजान दिने प्रक्रियाको थालनी भयो।

आजनको शब्दहरुः अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर ।

अश्हदू अल्ला-इलाहा इल्लल्लाह, अश्हदू अल्ला-इलाहा इल्लल्लाह,

अश्हदू अल्ला-इलाहा इल्लल्लाह, अश्हदू अल्ला-इलाहा इल्लल्लाह

अश्हदू अन्ना मुहम्मदर रसूलुल्लाह, अश्हदू अन्ना मुहम्मदर रसूलुल्लाह,

ह्या ‘अलास्सलाह, ह्या ‘अलास्सलाह

हया ‘अलल फलाह, हया ‘अलल फलाह,

अस्‍सलातु खैरूं मिनन नउम, अस्‍सलातु खैरूं मिनन नउम,

अल्लाहु अकबर, अल्लाहु अकबर

ला-इलाहा इल्लल्लाह

यहाँ एउटा कुरा ध्यान दिनुपर्ने छः अस्‍सलातु खैरूं मिनन नउम, अस्‍सलातु खैरूं मिनन नउम, यो फ़ज़रको नमाज़मा मात्र भनिन्छ अन्य नमाजमा भनिदैन ।

       सर्वप्रथम मोअज्जिन हजरत विलालले रजि. भए र अर्को हजरत अब्दुल्लाह विन उम्मे मक्तुम बने । हजरत विलालले फज्रको अजानमा सबैभन्दा पहिले असस्लातो खैरुम मिनन् नोम भन्थे जसको अर्थ हुन्छ नमाज निन्द्रा भन्दा उत्तम हो, जसलाई हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले मन पराउनु भयो। त्यहीं समयबाट पाँच पटक अजान दिने परम्परा चल्दै आयो र यो कयामतसम्म चल्ने छ ।

      संसारमा दिन रात २४औं घण्टा गुज्रिने स्वर अजान हो । अरबमा जब इस्लाम फैलियो र अजानको शुरुवात भयो त्यो समय लाउडस्पिकर थिएन। सुरिलो स्वरमा अजानको प्रचलन मात्र यसको लागि भयो कि मान्छेसम्म यो सुचना सुखद ढंगले पुगोस् ताकि नमाजीले नमाजको समय भयो भन्ने थाहा पाउन। जब लाउड्स्पिकर र माइकको अविष्कार भयो तब टाढाको मान्छेसम्म यो सन्देश पुर्‍याउन सुविधा भयो । तर अजान दिने उक्त तरिकालाई खासै ध्यान दिइएन जो कि पैगम्बरको समयमा प्रचलित थियो ।

      धेरै गैर मुस्लिम मानिसलाई थाह छैन कि फज्रको अजानमा बोलिने शब्द असस्लातो खैरुम मिनन् नोम भनेको के हो ? यसको अर्थ हुन्छ नमाज निन्द्रा भन्दा उत्तम हो । तर कुनै मानिसहरुलाई गित र डि.जे. को साउण्ड मन पर्छ। अल्लाहले हामी सबैलाई सदबुद्धी प्रदान गरुन। आमीन।।

 

 

लेखकः मुहम्मद इब्राहिम खरेल

 

Related Post