सफरको महीना (अपशकुन) किन ?

सफरको महिना अपशकुन किन ?

इस्लाम भन्दा पहिले अरबवासी यी चार महीनालाई आदर सम्मान गर्दथे र त्यस अनुसार अनुसरण गर्ने प्रयास पनि गर्दथे तर आफ्नो आर्थिक स्वार्थको लागि मुहर्रमको महीनालाई सफरको महीनासँग बदली गर्दथे र कहिले सफरको स्थानमा मुहर्रम महीनासँग परिवर्तन गर्दथे।

इस्लामिक महीना मध्ये एक महिनाको नाम हो सफर । जुन अरबीको महीना अनुसार दोश्रो महिनामा पर्छ । यस महीनालाई सफर यसैले भन्दछन् कि इस्लाम भन्दा पहिले अरबीयनहरु एक समूदायले अर्को समुदायमा आक्रमण गर्ने, काटमार गर्ने, अर्काको माल लूटेर लिन्थे र कसैले कसैलाई पनि लुट्न मार गर्न किञ्चित पनि पछि पर्दैनथे,  यसैले यस महीनालाई सफर भनिन्छ र अरबवासिहरु यस महीनामा दुईवटा ठूलो अपराधमा ग्रस्त थिए।

१.यस महीनमा आफ्नो स्वार्थको लागि अघि पछि गर्दथे। २. यस महीनालाई अपशकुन मान्दथे।

इस्लाम भन्दा पहिले अरबवासिहरुको दुईवटा कार्यको धेरै ज्यादा खण्डन गरिएको थियो ति मध्ये एक सफा शुद्ध मन्त्र र दोश्रो अल्लाहमा विश्वास पेश गर्दथे जुन हर प्रकारबाट पवित्र र लाभदायक छ ।

पहिलोः इस्लाम भन्दा पहिलेका अरबवासिहरु सफरको महीनालाई आफ्नो स्वार्थको लागि अघि पछि गर्दथे। जुन महीनालाई अल्लाह तआलाले आदर-सम्मानवाला बनाएका थिए, त्यसै महिनालाई इस्लाम धर्म लिनु भन्दा पहिलाका अरबवासीहरु उल्टो पाल्टो गरि दिन्थे। अल्लाहले यस्तो उल्टा नितीलाई गलत ठहर्याएका थिए । अल्लाह तआलाले त्यस मध्य चार महीना उत्तम दर्जाको रुपमा (पुण्यवाला) घोषणा गर्नुभयो ।

जस्तै अल्लाह तआलाको भनाई छ-

“वास्तविकता यो हो कि महीनाको संख्या जबबाट अल्लाहले आकाश र जमीनको रचना गर्नु भयो । अल्लाहले बारह महिनाको एक बर्ष बनाउनु भयो र त्यसमा चार महीनालाई उत्तम दर्जाको रुपमा घोषणा गर्नुभयो। यही ठीक नियम हो, अतः यि चार महीनामा आफैमा अत्यचार न गर” (अल-तौबाः ३६)

इस्लाम भन्दा पहिले अरबवासी यी चार महीनालाई आदर सम्मान गर्दथे र त्यस अनुसार अनुसरण गर्ने प्रयास पनि गर्दथे तर आफ्नो आर्थिक स्वार्थको लागि मुहर्रमको महीनालाई सफरको महीनासँग बदली गर्दथे र कहिले सफरको स्थानमा मुहर्रम महीनासँग परिवर्तन गर्दथे। अल्लाह तआलाले शिर्क गर्नेवालाको (इस्लाम भन्दा पहिलेका अरबवासी) यसै नीतिको खण्डन गरेको हो र खुल्ला शब्दमा मानवलाई आदेश दिएको छ कि तिमी यस महीनालाई उल्टा फेरा गरेर आफै माथि अत्याचार नगर, अल्लाह तआलाले जुन नियम बनाई दिएको छ त्यसमा संशोधन हुन सक्दैन यदि जो संशोधन गर्नेलाई प्रयाश गर्छ उसले आफूमाथि अपराध र पाप गर्छ । यदि कुनै मानव महीनालाई उल्टा पाल्टो गर्छ। त उसलाई कुनै लाभ त हुँदैन तर नोक्सान हुन्छ।

दोश्रो ठूलो गल्तीः- इस्लाम हुनु भन्दा पहिले अरबवासी यो सफरको महीनालाई अपशकुन मान्दथे र त्यही करण आज पनि धेरै मानिसहरु सफरको महीनालाई अपशकुन मान्दछन् र धेरै जसो शिर्कको काम गर्दछन्। उनिहरुको धरण अनुसार यस महिनामा जे गरे पनि छुट छ यसैले धेरै गलत काम यसै अवसरमा गर्ने गर्दथे ।

अपशकुन भनेको के हो ?  कुनै पनि व्यक्ति केही काम गर्न जाँदै थियो र त्यसै समयमा बिरालोले बाटो काट्यो, या कुनै व्यक्तिले हाच्छीउ गर्यो भने या रित्तो गाग्री देखेमा या शीशा झरेर फुट्यो भने अपशकुन मान्दछन् र अब हाम्रो यो काम हुँदैन भनेर त्यो काम गर्दैन।

अल्लाह तआलाको आज्ञा अनुसार सबैकुरा आफै हुन जान्छ। कुनै पनि मख्लूक (वस्तु) सँग त्यो चीजलाई रोक्नलाई शक्ति छैन, यदि कुनै व्यक्ति शक्ति त्यस चीजलाई मानेर त्यो काम गर्दैन भने उसले अल्लाह तआलाबाट विश्वास हटाएर त्यसलाई लाभ या हानीको मालिक मान्दछ भने यही नै शिर्क हो । प्रिय रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो अपशकुनको बारेमा खुला शब्दमा विरोध गर्दै भन्नुहुन्छः-

अबू हुरैरा (रज़ी अल्लाह अन्हु) बाट वर्णन गरिएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो-“छारे रोग स्वयं लाग्दैन र न अपशकुन हुन्छ  र न उल्लूले कराउँदैमा कुनै फरक पर्छ, र न सफरको महीनाको असर हुन्छ र तिमी कुष्ट रोगवालासँग न भाग जसरी सिंहलाई देखेर जनावर भाग्दछन्” (सही बुकारी

Source:- http://ipcblogger.net/nawaz/2011/01/25/%E

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post