New Muslims APP

अप्रिलफुल नाममा झूटो बोल्नु एक सामाजिक अपराध हो

अप्रिलफुल नाममा झूटो बोल्नु एक सामाजिक अपराध हो

“कुनै व्यक्तिलाई अनुमति छैन कि कसैले कुनै व्यक्तिलाई तर्साउनु”।

अप्रिलफूलको नाममा समाजमा विकृति फैल्याउन मानिसहरु झुट बोल्दछ। नयाँ संस्कृतिको नाममा गर्व गर्दछन्, बिना सोचे सम्झे अरुको नक्कल गर्ने गर्दछन्। यस जिज्ञासाले हाम्रो समाजमा विभिन्न विकृतीको जन्म लिएको छ जुन एक समय पहिले कल्पना पनि गरिंदैनथ्यो। यिनै सामाजिक विकृती मध्ये एक अप्रिल फूल पनि हो। अप्रिलको पहिलो दिनमा मौखिक, टेलीफोन, इन्टरनेट र प्रिंट मिडियाको माध्यमबाट हामीसँग झूटो बोल्ने, झूटो सन्देश दिने र लेख्ने गर्दछन्। मनोरञ्जनको लागि….मजाक गर्नका लागि….अरुलाई मुर्ख बनाउनका लागि…अरुलाई तर्साउनका लागि… अर्कालाई आश्चर्य चकित पार्नका लागि। यस झूठले थाहा छैन कति जनाको आर्थिक हानि पुर्याएको छ। कति मानिसको ज्यान गएको छ।

उदाहरणको लागि कसैलाई उसको घरमा आगो लागेको छ भन्ने जानकारी पाउने बित्तिकै अचानक उसको होश-हवास उडेर टाउकोमा दुबै हात राखेर रुन थाल्छन्। कसैलाई उसकी पत्नीलाई अर्को व्यक्तिसँग शारीरिक सम्बन्ध राख्दै छ भन्ने खबर दिन्छन् यसैकारणले गर्दा दुई जनाको बीच मतभेद शुरू हुन्छ र अन्तमा छोड्पत्र समेत हुन पुग्छ। कसैको उसकी आमा, उसको, बुबा उसकी छोरी, उसकी पत्नीको मृत्युको खबर अचानक दिइन्छ जसले गर्दा सुन्ने बित्तिकै पीडालाई सहन नसकेर एक्कासी हृदयघात भई जिन्दगी नै गुमाएका छन्।

अप्रिल फूलको नाममा झूटो बोल्नु भनेको आफु फटाहा हुने र अरुलाई मुर्ख बनाउने काम हो, जसले गर्दा मानवको आचरणमा कलंकको टीका त लाग्छ नै साथै यो कार्य अति निन्दनीय छ। हामी अझै पनि यस विषयमा जान्दैनौ, यदि जान्न चाहनु हुन्छ भने हामी यो बताउन चाहन्छौं कि इस्लाम धर्मले भन्छ- झूटो विकृतीको जड हो, विनाशको स्तम्भ हो र बर्बादीको द्वार हो। इस्लाममा झूटो हर समय निषेध छ। वर्षको कुनै पनि महीनामा झूटो बोल्न अनुमति दिदैंन, इस्लामको दृष्टिमा झूटो बोल्नु कपटचारीको चिनारी बताइन्छ। केही मानिस सम्झिन्छन कि मनोरंजनको लागि झूटो बोल्नु जायज छ, तर कुनै पनि स्थितीमा झूटो बोल्नु जायज हुँदैन, मनोरंजनको लागि पनि यत्ति नै पाप लाग्छ जुन साँच्ची कै झूटो बोल्दा पाप लाग्छ। मुहम्मद सल्ल. ले भन्नुभयोः “बर्बादी होस् उसको जसले मानिसलाई हसाउनको लागि झूट बोल्दछ, बर्बादी होस् उसको लागि, बर्बादी होस उसको लागि, बर्बादी होस् उसको लगि”। (अबूदाऊद, तिर्मिज़ी, नसाई)

अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो, मनोरञ्जनको लागि तर्साउनु र झूटो बोल्नु नजायज काम हो। वहाँले भन्नुभयो-

“कुनै व्यक्तिलाई अनुमति छैन कि कसैले कुनै व्यक्तिलाई तर्साउनु”।

तर अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले यस्तो काम गर्नेलाई धेरै ठूलो विश्वासघात हो भन्नु भएको छ। तपाईले कुनै व्यक्तिसँग झूटो बोल्नु भएको छ र उसले तपाईको कुरालाई सत्य मानिरहेको छ, तर जब यो कुरा उसले थाहा पाउँछ उसले झूटो बोलेको रहेछ तब उसले तपाईको कहिल्यै विश्वास गर्दैन यदि तपाईले सत्य नै बोलेको भएपनि। यसैले हदीसमा भनिएको छ-

 “यो धेरै ठूलो विश्वासघात हो कि तिमी आफ्नो भाईसँग कुनै कुरा भन उसले तिमीलाई सच्चा मानेको छ र तिमी उसँग झूट बोलिरहेका छौं।”

(मुस्नद अहमद, तबरानी)।

तात्पर्य यो हो कि झूटले व्यक्तिगत तथा समाजिक जीवनमा धेरै नराम्रो प्रभाव पार्छ। मनोवैज्ञानिक, चिकित्सक तथा शारीरिक जीवनमा पनि झूट बोल्नाले विभिन्न हानी हुने बताइएको छ। सबै धर्मले झूटो बोल्न रोकेको छ र त्यसमा प्रतिबन्ध लगाएको छ। कोही यस्तो धर्म छैन जसले झूटको अनुमति दिएको होस्। मुहम्मद सल्ल. ले भन्नुभयो-

 “तिमी हमेशा साँचो बोल्ने गर, किनकि सत्यले पुण्यतर्फ अग्रसर गर्छ र पुण्यले स्वर्गको बाटो देखाउँछ”।

एक व्यक्ति हमेशा सत्य बोल्छ र सत्यको खोजमा रहेको छ, यहाँसम्म कि अल्लाह तआलाको साथ लेखिसकेको छ कि-

 “यो अति सच्चा व्यक्ति हो”

र तिमी झूट बोल्नबाट टाढा रहनु, किनकि झूटले पापमा फसाउँछ र पापले नर्कसम्म पुर्याउँछ र एक व्यक्ति सदैव झूट बोलिरहन्छ र झूटको खोजीमा लागि रहन्छ यहाँसम्म कि अल्लाहको साथ लेखि सकेको छ- “यो धेरै झुटो बोल्नेवाला हो”। ( मुस्लिम)

Source:-    http://cutt.us/MOaDu

Related Post