हदीस ५ (धर्ममा नयाँ अविष्कार देखि निषेध)

हदीस ५ (धर्ममा नयाँ अविष्कार देखि निषेध)

जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन । (मुस्लिम)

धर्ममा नयाँ अविष्कार देखि निषेध

सम्पूर्ण मोमिन (मुसलमान) का आमा उम्मे अब्दुल्लाह आइशा रज़ियल्लाहु अन्हाबाट वर्णन गरिएकोछ, वहाँ भन्नु हुन्छ,- मलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः- जो कोही पनि हाम्रो यस धर्ममा नयाँ चीज लागु गर्न खोज्छ अथवा आविष्कार गर्छ जुन त्यसमा पहिले देखि थिएन त्यसलाई रद्द गरिन्छ । (हदीस-बुखारी)

अर्को हदीस भनिएकोछ,- जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन । (मुस्लिम)

 संक्षेपमा टिप्पणी

 विदअत कसरी भयो भन्ने सम्बन्धमा केही संक्षेप जानकारीको लागि कर्बलाको घटनालाई प्रमाणको रुपमा पेश गर्नु उचित होला । जब हुसैन रज़ि. को हत्या आशूराको दिनमा नै भएको हुनाले उनीहरु अज्ञान्तावस खुशी पनि मनाउँछन्, राम्रो कपडा लगाउने, विभिन्न प्रकारका भोजन पकाउने र सुर्मा लगाउने गर्छन् भने अर्को तर्फ शोक पनि मनाउने गर्दछन् । दुर्भाग्यवश अहिले सुन्नतका अज्ञानी जनतामा दुई धारणा प्रचलित हुन गयो । अब तिनीहरु मध्ये एक वर्ग आशूराको नाममा नबी सल्ल.को सुन्नत तरिकालाई भुलेर बिदअतको मार्गमा गएका छन् वास्तविक सुन्नत तरीका त यो हो हामी त्यस दिन रोजा राख्नु पर्दछ ।

हुसैन रज़ियल्लाहु अन्हुको शहादतको दर्दनाक घटनालाई सम्झेर अहिले पनि अहले सुन्नतका हरेक व्यक्ति चिन्तित हुन्छन्, आँखाबाट आँशु बग्न थाल्छ र हृदय बेचैन हुन्छ, तर एक मुस्लिममाथि लाखौ कठिनाई आएपनि उसले इस्लामी सीमालाई पार गर्न सक्दैन, इस्लामिक कानून अनुसार संकटको समयमा धैर्य गर्न आदेश दिएको छ र छाती पीट्ने, रोई कराई गर्न सख्त मनाही गरिन्छ ।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भने “त्यो व्यक्ति हाम्रो समुदायको होइन जसले गालामा थप्पड हान्छन्, शोकमा छाती पिडेर ठूलो आवाजमा रुने चिच्याउने गर्छ अनि छातीको सामनेबाट जबरजस्ती कपडा च्यातने काम गर्छ ।

फेरी इस्लामिक शरीअतले मृतकमाथि शोक मनाउने अवधि मात्र तीन दिन राखेको छ, यदि कुनै महिलाको पतिको देहान्त भएको छ भने उनले चार महीना दस दिनसम्म शोक मनाउनु पर्छ। (बुखारी, मुस्लिम)

 

स्रोतः- चालिस हदीस

लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी

हिन्दी अनुवादकः- कौसर यजदानी

नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल

Related Post