अवैध कमाईका तरिका

अवैध कमाईका तरिका

अवैध कमाईका तरिका

अवैध कमाईका तरिका अपनाउनु एक नैतिक बीमारी हो, मानव प्रकृति र संसारको सबै धर्म यसको विरुद्धमा छन्। जब हामी कसैको सम्बन्धमा सुन्छौ, फलानो व्यक्ति अवैध तरिकाले कमाउँछ या खान्छ, तब हाम्रो हृदयमा उसको विरुद्ध घृणा उत्पन्न हुन लाग्छ, यसैले इस्लामले हराम (अवैध) कमाईको सबै स्रोतहरुलाई खोलेर बयान गरि दिएको छ साथै जायज तरिका कमाई गरी जीविकोपार्जन गर्न आदेश दिएको छ । यसको बावजूद यदि हामी मुस्लिम ईसाई, हिन्दू, बौद्ध, साथै अन्य धर्महरु मान्ने समाजलाई दृष्टिगत गर्छौ भने हराम कमाईको विभिन्न माध्यम देख्छौं । यस सम्बन्धमा हामी कुरआन र हदीसबाट केही प्रमाणहरु पेश गर्ने छौं । सबैभन्दा पहिले कुरआनको निम्म आयतहरुबाट के हुन हराम कमाई भन्ने प्रमाण पेश गर्दछौं ।

अरुको माल हडप्नु अवैध कार्य हो- “तिमीहरु एकअर्काका सम्पत्ति अनाहकमा नखाउ र त्यसलाई न्यायकर्ताहरुसमक्ष यस उद्देश्यले पेश नगर कि तिमी उसको सम्पत्ति अन्यायपूर्ण ढंगले खाने अवसर प्राप्त गर्न सकियोस् ।” (सूरह अल बक़रा 2:188)

ब्याजको कारोबार अवैध कार्य हो- “जसले ब्याज खान्छन् ती मानिसहरु (चिहानबाट) यसरी उठ्नेछन् जस्तो कि शैतानले छोएर उसलाई बौलाह बनाएको जस्तै गरी । तिनीहरुले भन्दछन्- “व्यापार पनि त ब्याज जस्तै हो।” जबकि व्यापारलाई अल्लाहले वैध र ब्याजलाई अवैध ठहर्याएका छन्। अतः जो आफ्ना पालनकर्ताको तर्फबाट आदेश प्राप्त भएपछि यस कार्यलाई त्याग्दछ उसले जेजति ब्याज पहिले खायो, त्यो खायो र, त्यस मानिसको मामला अल्लाहको हातमा छ र, जुन मानिसहरु यस ब्याज खाने कार्यतर्फ फेरि फर्कन्छन् तिनीहरु नरकवासी हुन् जहाँ तिनीहरु सदा-सर्वदा रहनेछन्”  (2:275)

अर्को सूरहमा भनिएको छः “हे ईमान ल्याएका मानिसहरु हो ! अल्लाहको डर राख र यदि तिमी ईमानवाला हौं भने बाँकी रहेको ब्याज छोडी देऊ।” (2:278)

हज़रत अबु हुरैरा रज़ि. ले वर्णन गर्नु हुन्छ, अल्लाहको रसूल (स.अ.स) ले भन्नुभयो: ब्याजको सत्तरी दर्जाहरु मध्ये सबैभन्दा हल्का पाप कुनै पुरुषले आफ्नो आमासित बलात्कार गर्छ। हदीस- (सुनन इब्ने माजा- 2277)

अब्दुल्लाह बिन मसऊद रज़ि. ले वर्णन गर्नुहुन्छ- अल्लाहको रसूल (स.अ.स) ले भन्नु भएको छ, ब्याज खाने, ब्याज दिने, त्यसमा साक्षी बस्ने र त्यस मामलाको बारेमा कागज लेख्ने यी सबै माथि श्राप दिनु भएको छ। (हदीस- सुनन इब्ने माजा =2280)

हज़रत समरा बिन जुनदुब रज़ि, बर्णन गर्नु हुन्छ, अल्लाहको रसूल (स.अ.स.) ले भन्नुभयोः एक रात सपनामा मैले दुई जना देखें, ती दुबै मेरो नजिक आए र मलाई बैतूल मुक़द्दस लिएर गए, फेरी हामी सबै वहाँबाट हिड्यौ यहाँसम्म कि एक रगतको नहरमा पुग्यौं, त्यस नहरको किनारमा एउटा व्यक्ति उभिएको थियो र नहरको बिचमा पनि एउटा व्यक्ति थियो । जब ऊ पौडेर बाहिर निक्लिन खोज्थ्यो तब नहरको किनारमा उभिने व्यक्तिले खुब जोड्ले उसको मुखमा ढुंगाले हान्थ्यो उ फेरी फर्किन्थ्यो जहाँ पहिले उ थियो। मैले आफ्नो साथमा रहेका फरिश्तासँग सोधे यो के मामला हो ? तब उनले जवाब दिंदै भने नहरमा तिमीले जुन मानिसलाई देखेका छौ त्यो ब्याज खानेवाला मानिस थियो ।” (हदीस- सही बुखारीः 2085)

पवित्र कुरआनको अर्को सूरहमा भनिएको छः “यदि तिम्रो ऋणी अभाव ग्रस्त अवस्थामा छ भने त्यसलाई सुविधाजनक अवस्थासम्मका लागि अवसर देऊ र यदि तिमीहरु दानस्वरुप छुट दिन्छौ भने तिमीहरुका लागि झन राम्रो हुनेछ, यदि तिमीहरु ज्ञान राख्दछौ भने ।” (2:280)

अर्को सूरहमा भनिएको छः “र यदि तिमीहरु यात्रामा छौ र तिमीहरुले कुनै लेखनदास भेटी रहेका छैनौ भने धितोस्वरुप केही वस्तु राखेर मात्र व्यवहार गर। र तिमीहरुमध्ये कोही अर्कोमाथि भरोसा गर्छ भने जसमाथि भरोसा गरेको हो उसले नासो फिर्ता गरोस् । र, आफ्ना पालनकर्ता- अल्लाहको डर राखोस् । र तिमीहरु साक्षीलाई  लुकाउने नगर । निश्चय नै साक्षी लुकाउने मानिसको हृदय पापी हुन्छ । र, तिमीहरुले गर्ने गरेका सबै कार्यहरु अल्लाह जान्दछन् ।” (2:283)

हृदयमा किना-कपट गर्नु अवैध कार्य हो- “र, कुनै पनि सन्देष्टाले बेइमानी गर्नु सम्भब छैन। अनि, जसले बेइमानी गर्छ त्यो बेइमानीको साथ महाप्रलयको दिन (अल्लाहसमक्ष) हाजिर हुनेछ। अनि, प्रत्येक व्यक्तिलाई उसको आर्जनको प्रतिदान पूर्णरुपमा दिइनेछ र उनीहरुमाथि कुनै अन्याय गरिने छैन ।”  (3:161)

अनाथको माल खानु अवैध कार्य हो- “जसले अनाथहरुको सम्पत्ति अन्यायपूर्वक खान्छन्, वास्तवमा तिनीहरु आफ्नो पेटमा आगो भर्दछन्, अनि, तिनीहरु नरकको दन्कँदो आगमा होमिनेछन् ।” (4:10)

अर्को सूरहमा भनिएको छः “विवाहको सामर्थ्य नराख्ने व्यक्तिहरु आफ्नो चरित्रलाई जोगाउन यहाँसम्म कि उनीहरुलाई अल्लाहले आफ्नो उपकारबाट सम्पन्न बनाई दिऊन र तिमीहरुका जुनदासहरु(मुक्तिका) लिखित सम्झौता गर्न इच्छुक छन् भने उनीहरुलाई सम्झौतापत्र लेखिदेऊ, यदि तिमीहरुले उनीहरुमा क्षमता पाउँछौ भने।  र अल्लाहले तिमीहरुलाई प्रदान गरेका सम्पत्तबाट उनीहरुलाई पनि देऊ र आफ्ना दासीहरुलाई सांसारिक जीवनको लाभ प्राप्त गर्न व्यविचारलाई विवश नपार किनभने, उनीहरु स्वयं पवित्र रहन चाहन्छन्। र, कसैले तिनीहरुलाई बाध्य पार्छन् भने उनीहरुलाई विवश गरिएपछि अल्लाह अति क्षमाशील तथा परम दयालु छन्।” (24:33)

चोरी गर्नु अवैध कार्य हो- “र, चोर पुरुष होस् वा स्त्री दुवैको हात काटीदेऊ। यो ती दुबैको कामको बदला हो र अल्लाहको तर्फबाट शिक्षाप्रद दण्ड। र, अल्लाह सामर्थ्यवान एवं तत्वदर्शी छन् ।” (5:38)

जुवा तास खेल्नु अवैध कार्य हो- “हे आस्थावानहरु हो ! मदिरा, जुवा, देवस्थान तीर (हानेर भाग्य पत्ता लगाउने कार्य) यी सबै घृणित शैतानी कार्यहरु हुन् । यिनबाट तिमी ताकि सफल होऊ।” (5:90)

व्यभिचार गर्नु अवैध कार्य हो-  “व्यभिचारीणी महिला तथा व्यभिचारी पुरुष दुबै मध्ये प्रत्येकलाई सय कोर्रा लगाऊ ।  र, यदि तिमीहरु अल्लाह तथा अन्तिम दिनमाथि ईमान राख्छौ भने अल्लाहको विधान लागु गर्दा दुबैको मायामोहले बाधा नपुर्याओस् र तिनीहरुको दण्डको समयमा मोमिनहरुको एउटा  जमात त्यहाँ उपस्थित रहोस् ।” (24:2)

अर्को सूरहमा भनिएको छः “ईमान ल्याउनेहरुबीच अश्लिलता फैलियोस् भनी चाहना राख्ने व्यक्तिहरुका लागि लोक र परलोकमा दुबैमा दुखदायी यातना रहेको छ। र अल्लाह जान्दछन् तर तिमीहरु चाहिँ जान्दैनौं ।” (24:19)

छलकपट गर्नु अवैध कार्य हो- “ अनि मानिसहरुमध्ये यस्ता पनि छन् जो बहकाउने कुराहरु किन्ने गर्छन्, ताकि ज्ञान बिना नै अल्लाहको मार्गबाट रोकुन् र यी आयतहरुको खिल्ली उडाऊन् । यस्ता मानिसहरुकालागि अपमानजनक यातना रहेकोछ।” (31:6)

नाप-तौलमा घटाउने अवैध कार्य हो- “सर्वनाश छ, नाप-तौलमा घटाएर दिनेहरुको…।” (83:1)

अर्को सूरहमा भनिएको छः “उनीहरुलाई नापेर या तौलेर दिंदा घटाएर दिन्छन्।” (83:3)

Related Post