New Muslims APP

मुहम्मद तथा अहमदको बयान

 अहमदको

मुहम्मद र अहमदको बयान

मुहम्मद तथा अहमद को हुन, हामी तपाईलाई विभिन्न धर्मग्रन्थको प्रमाणहरुबाट पेश गर्छौ । इस्लामिक उनको हजुर बुबा अब्दुल मुत्तलिबले उनको नाम मुहम्मद राखेका थिए भने उनको आमाले उनको नाम अहमद राखेकी थिइन्। यहि कुराको प्रमाण हामी हिन्दू धार्मिक ग्रन्थमा पनि धेरै स्थानहरुमा मुहम्मदअहमद  लेखिएको छ।
(१) भविष्य पुराण- (३२३/५/८)- मा उल्लेखित छ “एक अर्को देशमा एक आचार्य आफ्नो मित्रको साथमा आउने छन् उनको नाम महामद हुनेछ । उ रेगीस्तान (मरुभूमि) क्षेत्रमा आउने छन्”।
(२) श्रीमद्भागवतपुराण (७२/२)-मा मुहम्मद सल्ल०को बारेमा यस प्रकार छ। अज्ञान हेतु कृतमोहमदान्धचार नाशं विधयं हित द दयते विवेक अर्थ-“हजरत मुहम्मद सल्ल० द्वारा दिएको ज्ञानले नै अंन्धकारको नाश हुनेछ र ज्ञान तथा आध्यात्मिकताको प्रचार हुनेछ।”
(३) यजुर्वेद(१८/३१) मा छः- वेदाहमेत पुरुष महान्तमादित्तयवर्ण तमसः प्रस्तावयनाय

अर्थ-“वेद अहमद महान व्यक्ति हो। सूर्यले जसरी अंन्धकारलाई नाश गर्छ, त्यसैगरी उनको ज्ञानरुपी शिक्षाको ज्योतिले अंन्धाकारलाई नाश गर्दछ। उनैलाई चिनेर परलोकमा सफल हुन सकिन्छ, उनी बिना परलोकसम्म पुग्ने अर्को कुनै मार्ग छैन।”
इति अल्लोपनिषदमा अल्लाह र मुहम्मद सल्ल०को बर्णनः
आदल्ला बूक मेककम। अल्लाबूक निखादकभ (४) अलो यज्ञेन हु त हुत्व अल्ला सूर्य, चन्द्र, सर्वनक्षेत्राः (५) अल्लो ऋषिणं सर्व दिव्यांइन्द्रदाय पुर्ण माया परमन्तरिक्ष (६) अल्लाः पृथिव्या अन्तरिक्षं विश्वरुपम (७) इल्लांकबर इल्लां इललल्लेति इल्लल्लाः (८) ओम अल्ला इल्लल्ला अनादि स्वरुपाय अर्थवर्ण शयमा हुहीजनान पशून सिद्धान जलवरान अदृष्टं कुरू फंट (९) असुरसंहारिणी हृं हीं अल्लो रसूल महमदरकबस्य अल्लो अल्लाम इल्लल्लेति इल्लल्लति इल्लल्ला(इति अल्लो पनिषद ४/१0) अर्थ=”अल्लाहले ब्रह्ममाण्ड बनाउनु भयो। अल्लाह सर्वश्रेष्ठ हुनुहुन्छ। वहाँ बाहेक अरु कोही पुजनीय छैन। अल्लाह अनादी देखि हुनुहुन्छ। वहाँ संसारको पालनहार हुनुहुन्छ। वहाँ नै सम्पूर्ण पाप र मुस्किलबाट पार गर्नेवाला हुनुहुन्छ। मुहम्मद सल्ल० अल्लाहको रसूल हुनुहुन्छ। सारा संसारको पालनहार हुनुहुन्छ। अतः विश्वास गर्नुहोस् कि अल्लाह एक हुनुहुन्छ र उहाँ बाहेक अरु कोही सत्य पूजनीय छैन”। यस श्लोकमा स्पष्ट रुपमा अल्लाह र मुहम्मद सल्ल०को बर्णन गरिएको छ र बताईएको छ कि अल्लाहको अतिरिक्त कोही सत्य पूजनिय छैन। यसबाट यो प्रष्ट हुन्छ कि आज हिन्दू समाज सत्यबाट कति टाढा भएका छन्। आज सत्यको विरुद्ध गएका छन्, जसको सम्बन्धमा धार्मिक ग्रन्थले स्पष्ट प्रमाण पेश गरेको छ।
बौद्ध धर्मग्रन्थबाट
महात्मा गौतम बुद्धले मृत्यु हुनु भन्दा केही क्षण पहिले आफ्नो शिष्य नन्दासँग “मैत्रेय” (Gospel of Buddha, by course, page no. 217) नामको बुद्ध आउने शुभ-सूचना दिनु भएको थियो, जसको अर्थ ‘मुहम्मद’ हुन्छ। (हजरत मुहम्मद सल्ल० र भारतीय धर्मग्रन्थ लेखक डा. एम.ए. श्रीवास्तव पृष्ट ३३/३७)
जैन धर्मग्रन्थबाट
जैन धर्मका ग्रन्थकारले पनि कल्कि अवतारको बर्णन गरेका छन् र उनी आउने समय महावीर स्वामीको मृत्युको एक हजार बर्षपछि मानिएको छ र मुहम्मद सल्ल०को जन्म पनि त्यही समयमा भएको थियो, जुन कल्कि अवतार आउने समय थियो। प्रसिद्ध जैन लेखकले आफ्नो ग्रन्थ हरीवंश पुराणमा लेख्नुभएको छ कि महावीर स्वामीको मृत्युको ६0५ बर्ष ५ महिना पछि अशोक राजाको जन्म भएको थियो तथा गुप्त संवत २३१ बर्षको शासन पछि कल्कि अवतारको जन्म भयो (जिनसेन कृत हरिवंश पुराण अ० ६0)
प्रणामी धर्मग्रन्थबा़ट
प्रणामी सम्प्रदायका प्राणनाथजी भन्नु हुन्छ ‘‘कै बडे कहे पैगम्बर,पर एक महमंद पर खतम’’

अर्थ- “कयौं ठूला-ठूला पैगम्बरहरु आउनेछन् तर महमंदमा ईशदूतको श्रृंखला समाप्त हुन्छ”। (मारफत सागर पृ.३९,श्री प्राणनाथ मिशन,नयाँ दिल्ली)

यी सबै प्रमाणको बाबजुद पनि आज हामी विभिन्न कुरामा अल्झेका छौं, अनेक धर्ममा बाँडिएका छौं तर हाम्रो कर्तव्य यो हो कि हामी सबै एउटै ईश्वरिय धर्ममा एकता हुनु पर्थ्यो । इस्लाम शब्द र सनातन शब्दको अर्थ एउटै हो जसरी अंग्रजीमा पानीलाई वाटर भनिन्छ नेपालीमा पानी भनिन्छ। यसर्थ हामी सबैको ईश्वर पनि एउटै हन । प्रमाणको लागि- “एको विश्वस्य भवनस्य राजा (ऋग्वेद ६-३६-४)
अर्थ “यस सम्पूर्ण ब्रह्माण्डका राजा (ईश्वर) एउटै हुनुहुन्छ ।” कुरआनमा सूरह अल इख्लास आयत नम्बर एकमा भनिएको छः कुल् हुवल्लाहु अहद । अर्थ- भन, अल्लाह एउटै छन् र पूजा गर्ने तरिका पनि एउटै हो । प्रमाणको लागि वेदले पनि मूर्ति पूजाको खण्डन गरेको छ। वेदमा भनिएको छ ईश्वरको कुनै मूर्ति छैन।जस्तै- न तस्य प्रतिमा अस्ति यस्य नाम महदयश (यजुर्वेद ३२-३)
अर्थ- “जुन प्रभुको बडा प्रसिद्ध यश (किर्ती) छ, उसको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन।” । इस्लाम धर्ममा पनि यही भनिएको छ, प्रमाणको लागि हेर्नुहोस्- “हे मानव हो ! एउटा उदाहरण बयान गरिन्छ, यसलाई अलिक ध्यानपूर्वक सुन । अल्लाहलाई छोडी तिमीहरु जसलाई पुकार्छौ, तिनीहरुले एउटा झिंगासम्म सृष्टि गर्न सक्दैनन् चाहे त्यसकोनिम्ति तिमीहरु सबै एकजुट नै किन नहोऊन् । र, कुनै झिंगाले तिनीहरुको कुनै वस्तु खोसेर लगेमा तिनीहरुले त्यसबाट त्यो वस्तु पनि छुटाउन सक्दैनन् । सहायता माग्नेवाला पनि दुर्बल र जोसित सहायता मागिन्छ त्यो पनि दुर्बल ! (सूर अल हज्ज, आयत-७३)

स्रोतः सत्यको खोज पुस्तकबाट साभार

 

Related Post