New Muslims APP

आईशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-२)

आइशा रज़ी.

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-२)

आईशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? यस विषयमा हामीले अघिल्लो पहिलो भागमा केही जानकारी पस्केका थियौं अब दोश्रो भागमा बाकी तथ्यहरु पेश गर्नेछु । के कारणले आईशा रज़ीसँग अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहिवसल्लमले निकाह गरें ?   (1) आईशा विवाह गर्ने उमेर भएकी थिइनः सबै भन्दा पहिले इस्लाममा निकाह सही हुनको लागि बालिग़ हुन जरूरी छैन। (सूरः अल-माइदा 4) जबकी आईशाको सम्बन्धमा यो प्रमाणित छ कि उनको शारीरिक शक्ति धेरै राम्रो थियो, एक त अरबको गर्मी हावा र वातावरणमा महिलाहरुको शारिरिक विकाश असाधारण रुपमा वृद्धि भएको हुन्छ ।

अर्को कुरा जसरी शारिरिक रुपमा मात्रै होइन मानसिक रुपमा समेत विकशित भएको थियो त्यसैगरी उनी असाधरण वुद्धि विवेक भएकी युवती थिइन,

“आईशा रज़ियल्लाहु अन्हाको स्वास्थ्य धेरै राम्रो थियो, ठूलो दार की जीउडाल भएकी थिइन, उनको शरिरको विकाश अत्यधिक रुपमा विकास भएको थियो ।

आईश रज़ीलाई उनकी आमाले उनको स्वास्थ्यको लागि खानपानको यस्तो विशेष व्यवस्था गरेकी थिइन जसले उनको लागि शारीरिक विकासमा सहायक सिद्ध भयो। अतः अबू दाऊद भाग 2 पृष्ठ 89 र इब्ने माजा पृष्ठ 642 मा स्वय आईशा रज़ियल्लाहु अन्हाको बयान सूचीबद्ध छ कि “मेरी आमाले मेरो शारीरिक विकासको लागि धेरै किसिमको इन्तिजाम गरेकी थिइन जसले उनको शारिरिक र मानसिक विकाश अप्रत्याशित लाभकारी सिद्ध भयो, र मेरो शरीरिक स्थिती पनि परिवर्तन भएको थियो।

(2) अल्लाहको रसूल भन्दा पहिले आईशासँग निकाह (विवाह) गर्नको लागि अबू बकरको घरमा उनलाई माग्न आई सकेका थिएः  यस विषयलाई पनि भुल्नु हुँदैन कि अल्लाहको रसूल सल्ल. को आइशासँग विवाह गर्ने इच्छा व्यक्त गर्नु भन्दा पहिले अबू बकरको साथमा अरु मानिसहरु पनि माग्न आई सकेका थिए, यसैले जब अल्लाहको रसूलले अबू बकर रजीयल्लाहु अन्हुसँग आईशाको विवाहको लागि आफ्नो इच्छा प्रकट गरे तब उनले भनेः ए अल्लाहको रसूल ! तपाई भन्दा पहिले एक साहबले आईशासँग विवाह गर्ने इच्छा व्यक्त गरेको थियो, पहिले म उसँग सोध्छु अनि म तपाईलाई जवाफ दिन्छु। जब अबू बक़र त्यो व्यक्तिको घरमा गएका थिए त्यो बेला त्यो व्यक्ति मादक पदार्थ पिएर नशामा मातेर बसेको थियो, त्यो देखेर तुरन्तै वहाँबाट फर्केर आउनु भयो र अल्लाहको रसूललाई जवाब पठाई दिनु भयो हामीलाई तपाईको प्रस्ताव स्वीकार छ। यसबाट थाहा हुन्छ कि त्यो वातावरणमा छ वर्षकी बच्चीको विवाह साधारण कुरा थियो।

(3)  आईशाकी आमाले आफ्नो इच्छाबाट विदाई गरेकी थिइनः फेरी एउटा महत्वपूर्ण कुरा यो छ कि मुहम्मद सल्ल.ले बोलाउनु भएको होइन हज़रत आईशा रज़ीयल्लाहु अन्हाको आमाले पठाएकी थिइन र सबैलाई थाहा छ कोही आमा आफ्नो छोरीको दुश्मन हुदैनन्, आमालाई छोरीको धेरै माया हुन्छ, यसैले उनले वैवाहिक सम्बन्ध कायम गर्ने क्षमता भन्दा पहिले नै उनको विदाई गर्छन् होला त ?

(4) शारिरीक रूपमा कुनै केटी 9 वर्षमा बालिग हुन सक्छिन: यदि एक छिनको लागि मानौ कि अरबमा खास गरी केटी 9 वर्षमा बालिग नहुने हो भए त यसमा आश्चर्यको कुरा के छ, चिकित्सा विज्ञानले यो सिद्ध गरेको छ कि कुनै केटी आफ्नो स्वास्थ्यको कारण 9 वर्षमा बालिग़ हुन सक्छ। तर मन र मस्तिष्क नकारात्मक सोच भएका व्यक्ति केवल सन्देहको जाल बुन्नको लागि उनिहरुको लागि यो घटना आश्चर्यजनक बनाएर पेश गर्छन्, तर जो व्यक्तिको मानसिक शत्रुता र निष्पक्षताबाट बाहिर रहेर न्यायको साथ इतिहासलाई अध्ययन गर्न चाहन्छ । धेरै प्रामाणिक तरीकाबाट यो साबित हुन्छ कि अरबमा कुनै केटी 9 वर्षको उमेर आमा बनेको र 18 वर्षको उमेरमा हजुर आमा बनेकी सुनन दारक़ुतनीमा उल्लेख छ ।

इबाद बिन इबाद महलबीले मलाई बताएका छन् हाम्रो समुदाय महलबमा एउटा नारी 18 सालको उमेरमा हजुरआमा बनेकी थिइन, 9 वर्को उमेरमा छोरी जन्माइन, फेरी त्यही छोरी 9 वर्षको उमेरमा नै उनले बच्चा जन्माइन. यसरी उनी 18 वर्षको उमेरमा हजुरआमा बनेकी थिइन“. (दारकुतनी, भाग 3, पृष्ठ 323, प्रकाशित : लाहौर पाकिस्तान)

भारतमा यो सूचना धेरै अनुसन्धान पछि प्रकाशित भएको थियो- विक्टोरिया अस्पताल दिल्लीमा सात वर्ष भन्दा कम उमेरकी एउटी केटीले बच्चा जन्माइन् (हेर्नुहोस् पत्रिका “मदीना” बिजनौर, 1 जुलाई 1934 / सन्दर्भ नुसरतु हदीस पृष्ठ 171 )

जब हिन्दुस्तान जस्तो नरम र सन्तुलित पर्यावरण तथा जलवायु भएको देशमा सात वर्षको केटीमा क्षमता हुन सक्छ भने अरब जस्तो गर्मी जलवायु भएको देशमा 9 वर्षको केटीमा बच्चा जन्मिने क्षमता हुनु कुनै आश्चर्यको कुरा होइन। यही कारण  हज़रत अली रज़ी. ले आफ्नो छोरी उम्मे कुल्सुमको निकाह उरवा बिन ज़ुबैरसँग र उरवा बिन ज़ुबैरले अफ्नी भतीजीको निकाह आफ्नो भतीजोसँग र अब्दुल्लाह बिन मस्ऊद रज़ी. की पत्नीले आफ्नी छोरीको निकाह इब्नुल-मुसय्यिब बिन नुखबहसँग कम-उमरीमा गरेका थिए। (अल्फ़िक्हुल इस्लामी र अदिल्लतहु भाग 7, पृष्ठ 180)

यिनीहरुले कम उमेरमै अफ्नो छोरीको निकाह गरि दिनु नै यो प्रमाणित हुन्छ की कुनै केटी कम उमेरमा नै निकाह गर्ने अवस्था सृर्जना हुन थाल्छ, यदि आईशा रज़ियल्लाहु अन्हाको निकाह 6 वर्षको उमेरमा भए पनि विदाई 9 वर्षको उमेरमा भएको थियो । यसमा किन विरोध गर्नु पर्यो ? जस्तै अहिले प्रमाणित भइ सक्यो उनकी आमाले विशेष रूपमा उनको शारिरीक वृद्धिको लागि ध्यान दिनु भएको थियो। पतिसँग मिल्नु भन्दा पहिले केटीमा त्यो सामर्थ्य आवश्यक हुन आवश्यक थियो जुन आईशा रज़ियल्लाहु अन्हामा थियो।

आईशा रज़ियल्लाहु अन्हा बाहेक सबै पत्निहरु विधवा या तलाक पाएका थिए, हज़रत आईशा रज़ियल्लाहु अन्हाको कम उमेरमा निकाह यसैले गरेको थियो किनकि उनले धेरै समयसम्म वहाँसँग ज्ञान प्राप्त गर्न सकुन र हज़रत आयशा रज़ियल्लाहु अन्हाको माध्यमबाट अरु मानिसलाई धर्म सम्बन्धित विभिन्न ज्ञान प्राप्त होस्। यसकारण हामी देख्छौं, मुहम्मद सल्ल.को देहान्त पछि हज़रत आईशा रज़ियल्लाहु अन्हा 48 वर्षसम्म जीवित रहिन र समाज र उम्मत (समूदाय) लाई सही पथको र मार्गदर्शन गर्दै रहिन।

(5) यस विषयमा वहाँको शत्रुले पनि कुरा उठाएनः सबै भन्दा महत्वपूर्ण कुरा जब मुहम्मद सल्ल. ले मानिसहरुलाई एक अल्लाहको उपासनाको लागि बोलाउन शुरू गर्नुभयो तब विरोध गरे नत्र कसैले पनि वहाँको चरित्रमाथि दोष लगाएको थिएनन्।

हज़रत आईशासँग वहाँको विवाहको विषयमा त केही कुरा पनि उठाएका थिएनन् किनकि उनको दृष्टिमा मुहम्मद सल्ल. ले कुनै गलत गरेका थिएनन्। अरबमा रहको चलन चल्ती अनुसार त्यो उमेरमा विवाह गर्नु साधारण मानिन्थ्यो, र जब त्यस वातावरणमा यो काम कोही दोषी हुँदैनथ्यो त आज आफ्नो तुच्छ मानसिकता र बुद्धिहीनताको प्रमाण पेश गर्दै मुहम्मद सल्ल. को यस विवाहको विषयलाई उछाल्नु कहाँ न्याय संगत हुन्छ।

वहाँ बाहेक कोही व्यक्ति यो संसारमा छैन जसले 23 वर्षसम्म हरेक समय धेरै कष्टकर जीवन गुजारे, हजारौ मानिस उनको कमी कमजोरीको खोजीमा लागे । आफ्नो घरमा पत्नि र बच्चाको साथ कस्तो व्यवहार गर्छन् त्यो पनि चियो चर्चा गर्न थाले र यति धेरै घातमा लाग्दा पनि उनको चरित्रमाथि एउटा पनि गलत भेट्टाउन सकेनन्,

वहाँले अरुलाई जुन शिक्षा दिनुभएको थियो त्यही शिक्षा आफ्नो जीवनमा लागु गरे। उनले न्याय, तक़वा, सत्यता र पवित्रताबाट पछि हट्दैनथे, यसबाट प्रमाणित हुन्छ कि उनको आचरण र व्यवहार कति पवित्र थियो। जुन मानिस वहाँको नजिक रहन्थ्यो त्यो मानिस नै वहाँप्रति धेरै आकर्शित हुन्थ्यो।

यसैले इसाई वैज्ञानिक डा. माइकल एच हार्ट आफ्नो पुस्तक The 100 (एक सय) मा मानव इतिहासमा प्रभाव पार्न संसारका एक सय अत्यन्त महान विभूतीहरुको वर्णन गर्दा सबै भन्दा पहिलो स्थान इसाई भएर पनि ईसा अलैहिस्सलामलाई चुनेनन् तर मुहम्मद सल्ल. लाई नै राखेका थिए र यसको कारण यो बताएः  “वहाँ इतिहासको एक मात्र व्यक्ति हुनुहुन्छ जो अन्तिम समयसम्म सफल रहनु भयो धार्मीक स्तरमा पनि र सांसारिक स्तरमा पनि”।

लेखकः सफात आलम

अनुवादकः मुहम्मद इब्राहिम खरेल

स्रोतः http://cutt.us/fD1fA

Related Post