इस्लामको आचारसंहिता भाग 4

इस्लामको आचारसंहिता

“तपाईले वहाँलाई किन कष्ट दिनुभयो म आफै वहाँ भएको ठाउँमा जाने थिए।”

क्षमा, दयालु तथा अधिकारको रक्षा

हामीले आचार संहिताको शिक्षा लिनलाई हज़रत मुहम्मद सल्ल.को आचारलाई अनुशरण गर्नु उत्तम हुन्छ। हज़रत मुहम्मद सल्ल. विमारीलाई भेट्न जानु हुन्थ्यो र उनीहरुसँग आत्मिय भाव र सहानुभूति दिनु हुन्थ्यो र सान्तोना दिनु हुन्थ्यो। गल्ति गर्नेलाई पनि क्षमा दिनु हुन्थ्यो। शत्रुहरुलाई पनि उनिहरु राम्रो बाटोमा लागुन भनेर प्रार्थना गर्दथे । आफ्नो ज्यान मार्न कोशिस गर्ने शत्रुलाई पनि बदला लिनु हुँदैन थियो। एक पटक वहाँको तथा इस्लामको विरोधले हज़रत मुहम्मद सल्ल.को ज्यान लिने कोशिस गरेछ। सहाबाले उसलाई पक्रेर ल्याए तब त्यो व्यक्ति हज़रत मुहम्मद सल्ल.लाई देखेर डरायो। हज़रत मुहम्मद सल्ल.ले भन्नुभयो नडराउ यदि तिमीले मलाई मार्न चाहे पनि मार्न सक्दैनथ्यौ। वहाँ छरछिमेकीको रेखदेख गर्नुहुन्थ्यो। उनलाई उपचारको सामाग्री पठाउनु हुन्थ्यो तथा उनले पाउनु पर्ने अधिकार दिनलाई आदेश दिनु हुन्थ्यो ।

एक दिन सहाबाहरु जम्मा भएर बसेका थिए, त्यसबेला वहाँले ईश्वरको कसम खाँदै भन्नु भयो,- त्यो  व्यक्ति  अल्लाहको  असल  भक्त  हुन  सक्दैन, त्यो  व्यक्ति  अल्लाहको  असल  भक्त  हुन सक्दैन, त्यो व्यक्ति  अल्लाहको  असल  भक्त  हुन  सक्दैन, जसको  दुर्व्यवहारद्वारा  उसको छिमेकी असुरक्षित हुन्छ

 कसैको काम गर्न र सेवा गर्न यति ईच्छुक थिए कि स्वयं गएर अरुको काम गरिदिन्थे, उनिहरुलाई सहायता गर्दथे । घरमा काम गर्ने दासी आएर ए अल्लाहको रसूल मदत गरिदिनु न भन्दा तुरुन्तै गरि दिन्थे । विधुवा, असहाय, कसैलाई केही जरुरी परेमा पनि उसको काम गर्नु परे पनि पछि हट्नु हुन्नथ्यो ।

न्याय

हज़रत मुहम्मद सल्ल.को न्यायको प्रसिद्धि यस्तो थियो कि यहूदीहरु पनि हज़रत मुहम्मद सल्ल. समक्ष मुद्दा पेश गर्दथे र वहाँको फैसला (शरीअत) इस्लामी कानूनी (आदेश) बमोजिम हुन्थ्यो । कियामत (महाप्रलय) को दिन ईश्वरको दयाको छाँया भन्दा अरु केही हुँदैन जब सूर्य टाउको नजिक हुनेछ र मानिस पसिनामा डुब्ने छन् तथा धेरै गर्मीको कारण बेहाल हुनेछन् त्यस दिन सात प्रकारका मानिसहरुले ईश्वरको सिंहासनको छाँयामा रहनेछन् त्यस मध्ये एक जना सही न्याय गर्नेवाला शासक पनि हुनेछन् । ईश्वरद्वारा निर्धारित गरिएको सिमा र दण्डको बारेमा वहाँ कसैको सिफारिस सुन्नु हुन्नथ्यो । हज़रत मुहम्मद सल्ल. उसामा बिन जैदलाई धेरै चाहनु हुन्थ्यो । एक पटक उनले एक दोषी व्यक्तिलाई सिफारिस गर्नु भयो । तब वहाँ रिसाउनु भयो र भन्नुभयो तिमी ईश्वरद्वारा बाँधिएको नियमलाई तोड्न खोज्छौ, । वहाँले भन्नुभयो ईश्वरको कसम यदि मेरो छोरी फातिमाले पनि चोरी गरी भने म उसलाई पनि त्यही सजाय दिनेछु जुन सजाय यसलाई दिंन्थे ।

बच्चा र महिलाहरु प्रति ध्यान

 वहाँ बच्चा प्रति धेरै माया गर्नु हुन्थ्यो । वहाँले बच्चालाई देख्ना साथ चुम्बन गरेर काखमा लिनु हुन्थ्यो । मौसम अनुसारको नयाँ फलफूल सबैभन्दा सानो बच्चालाई दिनु हुन्थ्यो । बाटोमा बच्चालाई भेट्दा सलाम गर्नु हुन्थ्यो । उनको टाउकामा हात राखेर माया गरेर मुसार्नु हुन्थ्यो । वृद्ध तथा वृद्वालाई धेरै आदर गर्थे । मक्का विजय पश्चाय हज़रत अबू बक्र सिद्दीक आफ्नो वृद्ध तथा आँखा नदेख्ने पितालाई शफत दिलाउन वहाँ भएको ठाँउमा लिएर आएका थिए तब हज़रत मुहम्मद सल्ल.ले नम्र स्वभावमा भन्नुभयो,- तपाईले वहाँलाई किन कष्ट दिनुभयो म आफै वहाँ भएको ठाउँमा जाने थिए।

इस्लाम भन्दा पहिले महिलाहरु प्रति धेरै तिरस्कृत र घृणा गर्दथे । संसारमा कही उनिहरुलाई सम्मान र आदरको व्यवहार गर्दैनथे । संसारको धार्मिक इतिहासमा इस्लामले सर्वप्रथम महिलाहरुलाई पनि पुरुष सरह सम्पतिको प्राप्त गर्ने अधिकार दिलायो साथै उनको अधिकारलाई निर्धारण गर्यो । उनिहरुमाथि राम्रो व्यवहार गर्न आदेश दिलाउनु भयो र यो पनि भन्नुभयो कि महिलाहरुको मामलामा ईश्वरसँग हम्मेशा डराउनु अर्थात उनिहरुमाथि अन्याय नगर्नु । विवाहको समयमा वहाँ भाषण दिनु हुन्थ्यो त य वाक्य भन्नु हुन्थ्यो-

महिला तिम्रो पहिरन हो र तिमी महिलाको पहिरन हो

प्राचीन युगमा अरबमा विधुवासँग विवाह गर्न नराम्रो मान्दथे, भारत तथा नेपालमा पनि यस्तै प्रचलन थियो हज़रत मुहम्मद सल्ल.ले यसको विरोध गर्दै एक रचनात्मक उदाहरण प्रस्तुत गर्नु भयो । वहाँको पहिली पत्नी हज़रत ख़दीजा एक विधुवा स्त्री थिइन र उमेरमा पनि धेरै ठूली थिइन । उनको मृत्यु पछि वहाँले जति महिलासँग विवाह गर्नु भयो तिनमा आइशा बाहेक सबै विधुवा थिए ।

     

Related Post