New Muslims APP

ईमान र आज्ञापालन

आज्ञापालन को निम्ति ज्ञान र विश्वासको आवश्यकता

आज्ञापालन

ईमान र आज्ञापालन

‘इस्लाम’ भनेको वास्तवमा पालनकर्ता (ईश्वर) को आज्ञापालन को नाम हो । मानिसले सर्वश्रेष्ठ ईश्वरको आज्ञापालन त्यसबेलासम्म पालन गर्न सक्दैन जुन बेलासम्म उसलाई केही कुराको ज्ञान प्राप्त हुँदैन अनि त्यो ज्ञान विश्वसको सिमासम्म पुगेको हुँदैन ।

सबभन्दा पहिले त मानिसलाई ईश्वरले सत्तामा पूर्ण विश्वास हुनुपर्छ किनभने ईश्वर छन् भन्ने कुरामा उसलाई विश्वास नहुन्जेल उसले ईश्वरको आज्ञापालन कसरी गर्न सक्छ ? यो बाहेक उसलाई ईश्वरिय ज्ञान पनि हुनुपर्छ । जुन मानिसलाई ईश्वर एक छन् र उनको प्रभुत्वमा उनी कसैसित साझेदार छैनन् भन्ने कुरा थाहा हुँदैन त्यो मानिस अरुका सामु शिर निहुराउनु र हात अघि बढाउने कामबाट कसरी बाँच्न सक्छ ? ईश्वरले सब थोक देख्न सक्छ र सुन्न सक्छ र सब कुराको खबर राख्न सक्छन् भन्ने कुरामा जुन व्यक्तिको विश्वास हुँदैन, त्यो मानिसले आफुले आफुलाई ईश्वरको अवज्ञा देखि कसरी रोक्न सक्छन् । यस्ता प्रश्नको विचार गर्नाले के पत्ता लाग्छ भने विचार र स्वभाव तथा इस्लामको सोझो बाटोमा हिंड्नाका निम्ति मानिसमा जस्ता गुणहरु हुनुपर्छ, ती गुणहरु उसमा त्यसबेलासम्म आउन सक्दैन जुन बेलासम्म उसलाई ईश्वरका गुणहरुको ठीक ठीक ज्ञान हुँदैन अनि यो खाली जानेर मात्र पनि हुँदैन तर यसमा पूर्ण विश्वस पनि हुनुपर्छ । यसो गर्नाले मानिसको मन उसका ज्ञान विरोधी विचारहरुले अनि उसको जावन आफ्नो ज्ञानको विरुद्ध आचरण गर्ने कामबाट जोगिन सक्छ ।

यसपछि ईश्वरिय ईच्छानुसार जीवन व्यथित गर्ने सही तरिका के हो यो पनि मानिसले जानी राख्नुपर्छ । अल्लाहलाई मन पर्ने कुरा मानिसले अपनाउनुपर्छ अनि अल्लाहलाई मन नपर्ने कुराबाट मानिसले जोगिनुपर्छ। यस कामका निम्ति मानिसले अल्लाहका कानून र विधिविधान यिनै हुन् र यिनैलाई मान्नाले ता यिनैको अनुशरण गर्नाले अल्लाहको प्रशन्नता प्राप्त गर्न सकिन्छ भन्ने कुरा उसलाई पूर्ण विश्वस हुनुपर्छ किनभने यी कुराहरुको ज्ञान उसलाई भएन भने उसले कुन कुराको पालन गर्ने ? यदि ज्ञान त छ तर पूरा विश्वास छैन भने अथवा मनमा यस्तो भावना भएको छ कि यो कानून र विधिविधान बाहेक अरु पनि ठीक हुन्छन् भन्ने त्यसको राम्रो पालन कसरी हुन सक्छ ? फेरी मानिसलाई यसको ज्ञान पनि हुनुपर्छ कि ईश्वरिय इच्छाको विरुद्ध हिंड्नाले र उसले मन पराएको नियम एवं विधानको पालन नगर्नाले के परिणाम हुन्छ अनि उसको आज्ञापालन गर्नेले के पुरस्कार पाइन्छ ? यस कामका निम्ति  आखिरत अर्थात परलोकको जीवनका बारेमा ईश्वरको न्यायलयमा पेश हुने कुरा अस्वीकार गर्नेले सजाय पाउने कुरा आज्ञापालन गर्ने गर्नेले पुरस्कार पाउने कुरामा मानिसलाई पुरा पुरा ज्ञान र विश्वास हुनुपर्छ । जुन मानिसले आखिरत तथा परलोकको जीवनको बारेमा केही जान्दैन उसले आज्ञापालन र आज्ञा उलंघन दुबैलाई निष्फल सम्झन्छ । उसको विचार के छ भने आखिरतमा आज्ञापालन गर्ने पाबन्दीहरु मान्न र जसबाट यस संसारमा कुनै किसिमको हानी हुने डर उसलाई हुँदैन भनी कसरी आशा गर्न सकिन्छ ? यस्तो विश्वाससित मानिस ईश्वरिय नियम र कानूनको कहिल्यै अनुभुति हुन सक्दैन । यस्तो विश्वास गरेर मानिसले ईश्वरिय नियम र कानून पालन गर्न सक्तैन । यसैगरी जुन व्यक्तिलाई आखिरतमा अल्लाहको अदालतमा पेश हुनुपर्ने कुरा जानेर पनि विश्वास गर्दैन त्यो व्यक्तिले आज्ञापालन गर्ने विधिलाई दृढता पुर्वक अपनाउन सक्तैन । कुनै मानिसले सन्देह र लाभदायक छ भन्ने विश्वास भयो भने मात्र मन लाएर त्यो मानिसले गर्न सक्छ । अनि कुनै काम हानीकारक छ भन्ने विश्वास भयो भने मात्र त्यसबाट बाँच्ने काम गर्न सकिन्छ । अतः यसबाट के कुरा बुझियो भने कुनै एक किसिमले काम गर्नाका निम्ति त्यसको फल र परिणामको ज्ञान हुन आवश्यक छ अनि त्यस्तो ज्ञान विश्वासको सिमासम्म पुगेको हुनुपर्छ ।

स्रोतः इस्लाम दर्शन पुस्तकबाट साभार

 

Related Post