आदर्श माता र पत्नीः उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-2

माता पिता

आदर्श माता र पत्नीः उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-2

आदर्श माता र पत्नीः उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-2

उम्मे सुलैम रज़ियल्लाहु अन्हा अबू तल्हा रज़ियल्लाहु अन्हुको साथ शान्तिप्रिय वैवाहिक जीवन बिताई रहेकी थिइन, केही महीना पछि उनको घरमा एउटा छोरा जन्मियो जसको नाम उनले अबू उमैर राखिन, कहिले कहिले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम उम्मे सुलैम रज़ियल्लाहु अन्हाको घरमा जाने गर्दथे तब अबू उमैरसँग जिस्काउने हसाउने गर्दथे। संयोगले उ बीमार भयो । आमा बाबाको रेखदेखमा कुनै कमी थिएनन, तर बीमारी झन् बढ्दै गयो। अबू तल्हा रज़ियल्लाहु अन्हु बिहानको फजरको नमाज अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथ पढ्थे र खाना खाने समय भएपछि मात्र घरमा आएर खाना खाने खान्थे । फेरी (जुहर) को नमाजको लागि जान्थे तब ईशाको नमाज पछि मात्र फर्किन्थे। एक दिन, जबकि अबू तल्हा रज़ियल्लाहु अन्हु अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथमा थिए, अबू उमैरको स्वास्थ्य धेरै खराब भयो यहाँ तक उनको मृत्यु भयो। उम्मे सुलैम रज़ियल्लाहु अन्हाको घरका सारा परिवार रुन लागे । तब उम्मे सुलैमले सबैलाई न रुनु भनेर सम्झाएर रोकिन, र छिमेकीमा पनि सबैसँग भनिन् हेर ! कसैले पनि अबू तल्हालाई छोराको मृत्यु भयो भनेर खबर न दिनु, म आफै उनलाई बताउँछु। यता त्यो मृतक बच्चालाई ढाकेर घरको एउटा कुनामा राखि दिइन, फेरी उनले अबू तल्हाको लागि भोजन तयार गरिन्, रातमा अबू तल्हा केही साथिहरलाई साथमा लिएर आएका थिए। अबू तल्हा रज़ियल्लाहु अन्हुले घरमा प्रवेश गर्ने बित्तिक्कै बच्चाको हाल खबर सोधे तब उम्मे सुलैम रज़ियल्लाहु अन्हाले भनिन “उसलाई पहिले भन्दा अहिले केही आराम छ”।

पतिले सम्झे कि बच्चा शायद ठीक भयो होला र सुतेको होला। वास्तवमा उम्मे सुलैमले पाहनाको अगाडी बताउन नचाहेर कुरालाई तर्काउने कोसिस गरेकी थिइन, उम्मे सुलैम रज़ियल्लाहु अन्हाले सबैलाई खाना पस्किइन, जब खाना खाएर पाहुनाहरु घर तिर लागे । यता उम्मे सुलैम रज़ियल्लाहु अन्हाले कपडा बदलेर, शृंगार गरिन, अत्तर लगाइन र पतिको साथ आइन, हज़रत अबू तल्हा रज़ियल्लाहु अन्हुले पनि आफ्नो श्रीमतिको चाहनालाई बुझे तब उनीहरुले शारीरिक सम्बन्ध कायम गरेर श्रीमानलाई खुशी बनाइन ।

तपाई स्वयं विचार गर्नु होस् ! उम्मे सुलैम रज़ियल्लाहु अन्हा एक नारी हुन, उनको पनि त्यही कोमल नारी हृदय थियो जुन अरु महिलाहरुको साथ हुन्थ्यो, उनलाई बच्चाको माया लाग्थ्यो, तर बच्चा अल्लाहको प्यारो भई सकेको थियो, तर अल्लाहको फैसलामा यस्तो दृढ़ विश्वास थियो कि धैर्यको चट्टान बनेकी थिइन, अझ अगाडी पढौं, जब रातको एक प्रहर बित्यो र अबू तल्हा रज़ियल्लाहु अन्हु शान्त भएका थिए, तब उम्मे सुलैम रज़ियल्लाहु अन्हाले छोराको मृत्युको खबर दिनका लागि धेरै राम्रो शैली अपनाइन र भनिन, सुन्नुहोस् आज एक अचम्मको घटना भयो, एउटा व्यक्तिले अर्को व्यक्तिको सामान उधारो लिएको थियो, आज सामानवाला आयो आफ्नो सामान माग्यो त्यो सामान लिनेवाला व्यक्तिले उसलाई सामान दिन मानेन । अबू तल्हा रज़ियल्लाहु अन्हुले भने- उसले मनाही गर्ने कुनै अधिकार छैन। वास्तवमा यो उम्मे सुलैम रज़ियल्लाहु अन्हाको भूमिका थियो, अब उम्मे सुलैम रज़ियल्लाहु अन्हाले भन्नु भयोः तब फेरी हाम्रो बच्चा पनि तपाईको साथमा अल्लाहको अमानत थियो, आज उसले आफ्नो अमानत फिर्ता लिए ।

आउनु होस् अब बच्चाको कफन दफनको इन्तजाम गरौं । यो कुरा सुनेर अबू तल्हा रज़ियल्लाहु अन्हु रिसाउँदै भने तिमीले मामलालाई किन गोप्य राख्यौ यहासम्म ​​कि शारीरिक सम्बन्ध पनि स्थापित गर्यौ र अपवित्रताको अवस्थामा बताई रहेकी छौ । अन्ततः अबू तल्हा रज़ियल्लाहु अन्हुले इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन भने अनि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम भएको ठाउँमा पुगे, वहाँको पछाडी फज्रको नमाज पढे र वहाँलाई सबै कहानी सुनाए तब वहाँले भन्नु भयो: अल्लाह तिम्रो यस रातमा बरकत (उन्नती) प्रदान गरुन। अतः उम्मे सुलैम रज़ियल्लाहु अन्हा गर्भवती भइन र जब बच्चाको जन्म भयो अनि सर्वप्रथम त्यो बच्चालाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको सेवामा पठाइन, अतः नबी सल्लल्लाहु अलैहि व सल्लमले उसलाई खजूर चपाएरर चटाए दिए र उसको नाम अब्दुल्लाह राखे ।  (सही बुख़ारी: 5153, सही मुस्लिम 2144)

यसमा उम्मे सुलैम रज़ियल्लाहु अन्हाको रणनीति र विकेकतामाथि विचार गर्नु होस् कि पतिको अधिकारलाई कसरी ख्याल राखिन, र फेरी छोराको मृत्युको सूचना दिनको लागि कस्तो राम्रो तरीका अपनाएकी थिइन, आजका महिलाहरु भए, पति घरमा पस्ने बित्तिकै रुने कराउन चिच्याउने गर्न लाग्थिन, वा बिस्तारै भने पनि यसरी भन्थिन् होला- तपाई त यसरी हराउनु हुन्छ की घरका कोही मानिस मरे पनि तपाईलाई कुनै पर्वाह छैन, तर उम्मे सुलैम रज़ियल्लाहु अन्हाले मृतक घरमा भएर पनि पतिको सेवामा कुनै कमि हुन दिइनन् र मृत्युको सूचना दिनको लागि धेरै राम्रो भूमिका निभाइन किनकि तपाई हामीलाई यो अनुभव होला कसैलाई यदि तुरन्तै कुनै आफन्तको मृत्युको सूचना दियो भने कहिले काहीं हार्ट अटेक भएर मृत्यु पनि हुन सक्छ ।

लेखक- सफात आलम तैमी

अनुवादक- मुहम्मद इब्राहीम

Related Post