सूरतुल-इख्लास-११२ (मक्का, आयतहरु-४)

सूरतुल-इख्लास-११२ (मक्का, आयतहरु-४)

सूरतुल-इख्लास-११२

सूरतुल-इख्लास-११२ (मक्का, आयतहरु-४)

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

(१) (हे नवी) भनि देऊ ! अल्लाह  एक्लै छन् ।

(२) अल्लाहलाई केही चाहींदैन ।

(३) उनको कोही सन्तान छैन, न उनी कसैका सन्तान हुन् ।

(४) अनि उनको समकक्ष पनि छैन ।

 

संक्षेपमा व्याख्या

अल्लाहको रसूल (सल्लल्लाहु अलैही व सल्लम) सँग काफिरहरु र मुश्रिकहरु सोध्ने गर्थे “तपाईका रब (अल्लाह)’ छन् ? उनको वंशावली के हो ? कुन वस्तुबाट बनेका हुन्, उनी कसको उत्तराधिकारी हुन् । “भनिदेऊ” भनेर यिनै प्रश्नहरुको जवाफ अल्लाहले दिएका छन् ।

अर्थात जुन सत्तालाई तिमीहरु अल्लाहको नामबाट जान्दछौ र जसलाई तिमीहरु पनि आफ्नो र सम्पूर्ण प्राणीहरुको सृष्टिकर्ता मान्दछौ उनै मेरा ‘रब (ईश्वर)’ हुन् ।

“उनको कुनै सन्तान छैन” बाट ईसाईहरुको यस धारणाको पूर्ण खण्डन हुन जान्छ कि ईसा (अलैहिस्सलाम) अल्लाहका पुत्र हुन् । साथै अन्य कसैले यसो भनेमा गलत हुन्छ । उनी पनि कसैका सन्तान होइनन्  । उनी हम्मेशा देखि छन् र सदा सर्वदा रहनेछन् । बाबु तथा छोराको आवश्यकता त मानिस तथा प्राणीहरुलाई पर्छ।

संसारका कुनै पनि वस्तुको न त व्यक्तित्वमा न गुणमा र न कर्ममा नै अल्लाहको समकक्ष वा समान हुन सक्छ । सूरह 42 (अश्-शूरा), आयत-11 मा छ “लैस कमिस्लिही शैऊन” उनी जस्तो कोही छैन।”

स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)

अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही

लेख प्रकाशक-मुहम्मद इब्राहीम खरेल

 

Related Post