New Muslims APP

इस्लामको परिभाषा के हो ?

इस्लामको परिभाषा के हो ?

इस्लामको परिभाषा के हो ?

इस्लामको शाब्दिक अर्थ हुन्छ ‘समर्पण’ या आफुले आफुलाई बिना कुनै शर्त परमेश्वरमा समर्पण (Surrender) गर्नु अर्थात अल्लाह (परमेश्वर) को इच्छा अनुसार पूर्ण रुपबाट नतमस्तक हुनु । इस्लामको पारिभाषिक अर्थ हुन्छ,  “अल्लाह तथा ईश्वरीय शिक्षालाई स्वीकार गर्नु, उनै प्रति नतमस्तक हुनु हो, आफुलाई र आफ्नो सर्वस्वलाई अल्लाहको अधिन गरि दिनु तथा सम्पूर्ण जीवनमा अल्लाहको सेवक वा भक्त बन्नु हो” उसैको उपासना र प्रार्थाना गर्नु, उहाँसंग माग्नु । आफ्नो पूर्ण जीवन उसैको नियम वा आदेशानुसार व्यतीत गर्नु, ‘पवित्र कुरआन’ को सिद्धान्त अनुसार मानवले आफ्नो जीवन गुजार्नु ।

इस्लाम धर्मको प्राचिनता र इस्लामका संस्थापक  

इस्लाम धर्म एक प्राकृतिक धर्म हो, तर ऐतिहासिक गलत बिना यो सम्झिन लागियो कि यो एक नयाँ र सबै भन्दा पछि आएको धर्म हो । वास्तवमा मानव उत्पत्तिको समय देखि नै केवल यही एक धर्म थियो ।

यस धर्मको संस्थापक सर्वप्रथम मनुष्य हजरत आदम (अ.) थिए जसको रचना अल्लाहले बिना माता-पिताबाट गर्नु भएको थियो र त्यसपछि उनकी स्त्री हव्वालाई सृष्टि गर्नु भएको थियो, यिनै दुई पति-पत्नीबाट सारा संसारको मनुष्यको उत्पत्तिको आरम्भ भयो जसको विस्तार पूर्वक उल्लेख पवित्र कुरआनको सूरः बक़रःमा पाइन्छ ।

विभिन्न सूरः तथा भविश्य पुराण प्रतिसर्ग पर्वको प्रथम खण्डको चतुर्थ अध्याय, र बाइबिल वा अरु अनेक ग्रन्थहरुमा उल्लेख गरेको छ यस धर्तीको पहिलो व्यक्ति हज़रत आदम (अ.) हुनुहुन्छ जसको धर्म, इस्लाम नै थियो ।

अल्लाहले मनुष्यहरुलाई सृष्टि गरेपछि यसै छोडेको छैन, जसरी कम्पनी कुनै सामान बनाउँछ, त त्यो सामान कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा एउटा गाइड (नोट डायरी) पनि राखेको हुन्छ ठिक त्यसैगरी अल्लाह (परमेश्वर) ले मानवको सृष्टि गर्नु भयो र त्यसैगरी उसको अंगलाई प्रयोग गर्ने तरीकालाई ‘ईश्वरीय शिक्षा’ भनिन्छ । जसलाई वहाँ आफ्नो नबीहरु, रसूलहरु या संदेशवहाकहरु (ईशदूत) को माध्यमबाट सम्पूर्ण मानवलाई दिनु हुन्थ्यो त्यही शिक्षा अनुसार जीवनयापनको नाम ‘इस्लाम’ थियो । हो यही इस्लाम शब्दलाई प्रत्येक सन्देष्टा आफ्नो भाषा अनुसार नाम राख्दथे जस्तै संस्कृत भाषामा ‘सर्व समर्पण धर्म’ नाम थियो भने अरबी भाषामा यसको अर्थ हुन्छ ‘इस्लाम धर्म’ या ‘सनातन धर्म’ अर्थात ‘दीने कय्यिम’ ।

हज़रत आदम (अलैहिस्सलाम) देखि हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) तक धेरै नै सन्देष्टा आइ नै रहे जुन मुनुष्य र समाजको अवस्था र आवश्यकता अनुसार ईश्वरीय शिक्षा वा आदेश दिंदै रहे, जब सातौं शताब्दिसम्म आई पुग्दा विश्वमा विकाशले धेरै फड्को मारेको थियो। बस, रेल, पानी जहाज, तथा हवाई जहाजको निर्माण भैरहेको थियो जसले गर्दा कुनै पनि देशको एक कुनबाट अर्को कुनासम्म पुग्न कुनै समश्या थिएन । विश्वको विकसित अवस्थाको साथसाथै सृष्टिकर्ताले पनि विश्वको हरेक क्षेत्रमा समान ढंगले आफ्नो ईशज्ञान प्रदान गर्नलाई विश्वको केन्द्र भूमि साउदी अरबको मक्का भन्ने स्थानबाट महामान्य हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई रसूल नियुक्त गर्नु भयो साथै वहाँ माथि ईश्वरिय संविधानको रुपमा कुरआनलाई अवतरण गर्नु भयो, ताकि मानवजाति आफुलाई जन्म दिनेवाला मालिकको आदेशानुसार आफ्नो जीवन व्यथित गर्न सकुन, यसप्रकार जुन इस्लाम धर्मको स्थापना हज़रत आदम (अलैहिस्सलाम) ले मानवलाई प्रदान गर्नु भएको थियो त्यही धर्म विधान पहिलेका सम्पूर्ण रसूलहरु (ईश्दूतहरु) र उनको शिक्षाहरुलाई पुष्टि गर्दै, क़ियामत (महाप्रलय) तकको सम्पूर्ण मानवको पथप्रदर्शन तथा मार्गदर्शनको लागि हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई ईश्दूत चुन्नु भयो ।

यसप्रकार इस्लामको संस्थापक हज़रत आदम (अलैहिस्सलाम) भए पनि इस्लामको पूर्ण रुप प्रदान गर्नेवाला अन्तिम महाईशदूत हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) भए, जुन धर्मको विषयमा कुरआनको यसप्रकार भनिएको छ ।

अनुवाद-निःसन्देह दीन (धर्म) त अल्लाहको लागि इस्लाम नै हो

इस्लाम विश्वव्यापी धर्म हो

पवित्र कुरआनले यस कुराको प्रमाण दिन्छ कि अल्लाह तआला प्रत्येक वर्ग (समूह) र समूदायमा कुनै न कुनै सचेत गर्नेवाला पठाउँदै रहे, अर्थात रसूल (दूत) लाई नियुक्त गर्दै रहे, जसको बारेमा पवित्र कुरआनमा भनिएको छ- “वलक़द अर्सलना फ़ी कुल्लि उम्मतिर्सूल” (सूरः नह़ल)

अनुवाद- र हामीले प्रत्येक समूह या समूदायमा रसूल(संदेष्टा) पठायौं

यस आयतबाट स्पष्ट हुन्छ कि अल्लाहले हरेक समूदाय र हरेक क्षेत्रमा आफ्नो (रसूल) सन्देष्टा पठाउदै रहे, तर हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम)लाई सम्पूर्ण मानवको लागि एक मात्र अन्तिम रसूल (महार्ईशदूत) बनाइएको थियो जसलाई पवित्र कुरआन मार्फत आफ्नो उपदेशको माध्यमबाट जीवनको हरेक क्षेत्रहरु, वैचारिक, अध्यात्मिक, धार्मिक, नैतिक सामाजिक, आर्थिक, राजनीतिक, सबै क्षेत्र एवं भागमा सही व्यापक र संतुलित मार्गदर्शन दिएको छ जुन अन्तिम समयसम्म सारा मानवको मार्गदर्शन बनोस । वहाँ एक मात्र क्रांतिकारी सुधारक एवं मार्गदर्शन हुनुहुन्छ जसको नेतृत्वलाई स्वीकार गर्न उनको शिक्षालाई अनुसरण गर्नु पर्दछ जुन पवित्र कुरआनमा यसप्रकार भनिएको छ ।

आजको दिन तिम्रो धर्म सम्पूर्ण पूरा गरिदिए, र आफ्नो अनुग्रह पूरा गरी दिए ।”  

अर्थात अब क़ियामत तक यही दीन वा धर्म रहन्छ जसलाई पवित्र कुरआनले स्पष्ट गरको छ, जुन अल्लाहको निकट ‘इस्लाम’ नै हो ।

Souce- अन्तिम सन्देष्टा कहिले, कहाँ र को हो ?

लेखकः- सरवर फारुक़ी “नदवी” लखनऊ, इण्डिया

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post