इस्लामको आचार संहिता भाग-3

इस्लामको आचार संहिता

इस्लामको आचार संहिता

इस्लामको नैतिकता तथा उच्च आचरण, व्यवहारको अनुमान निम्न अवस्थाबाट थाहा पाउन सकिन्छ। कुनै पनि व्यक्ति भेटन आयो भने त्यो व्यक्तिसँग राम्रोसँग सोधपुछ गर्नुपर्छ । त्यो व्यक्ति के कामले आफुलाई भेट्न आएको छ। चाहे यो व्यक्ति त्यस समाजको नराम्रो मानिस नै किन नहोस् ।

ईश्वर समक्ष त्यो व्यक्ति सबैभन्दा घृणित हो जुन व्यक्ति उसको नराम्रो बोलीवचनको कारण त्यस मानिस ऊसँग भेटघाट गर्न छोड्छ  

मानिस अत्यधिक दानशिलता र दयालु दिलको खानी हुनुपर्छ चाहे बच्चा होस् या बुढा बुढी, चाहे सेवक होस् या फकिर, चाहे राजा होस् या प्रजा, सबैसँग समान व्यवहार गर्नुपर्छ । गरिवहरुको साथ यस्तो व्यवहार गर्नुपर्छ कि आफुलाई पनि त्यही समान ठान्नु । उनिहरुलाई सहायता गर्नु र धैर्यता दिनु । उनिहरुका लागि अल्लाहसँग प्रार्थना गर्नु । अत्याचारबाट पीडित व्यक्तिको कुरा सुन्नु र उसलाई न्याय दिलाउनु पनि असल नागरिकको कर्तव्य हो । जो व्यक्ति कर्जाको बोझले पीडित छ उसको कर्जा चुक्ता गर्न धनवान व्यक्तिको कर्तव्य हो भने कोही कर्जावाला व्यक्तिको मृत्यु भएमा उसको जायजेथा छैन भने उसमाथि भएको कर्जा चुक्ता गरेर मात्रै उसको शवलाई उठाउनु उत्तम हो । यदी उसको उत्तराधिकारी छ र उसँग कर्जा चुक्ता गर्न सम्पति छ भने त्यस व्यक्तिको कर्जा चुक्ता गराएर मात्रै उसको शव उठाउनु मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत हो ।

खाने पिउने चीज़ पनि एकलै नखानु । जो व्यक्ति त्यहाँ छन् सबैजनासँग बाँडी चुडी खानु पर्छ । मुसलमान, गैर मुस्लिम र शत्रु पनि हाम्रा पाहुना बनेर आउँछ् भने उनिहरुलाई समान ढंगले स्वागत सत्कार गर्नुपर्छ । हामीसँग घरमा जे चीज हुन्छ त्यसले पाउनाको लागि उचित ढंगले स्वागत सत्कारमा खर्च गर्नुपर्छ। पाहुनालाई आरामको यति ध्यानु पर्छ कि बेला बेलामा रातमा उठेर उनिहरुलाई केही तकलिफ छ कि भनेर रेख देख गर्नु पर्दछ ।

भिख माग्नु राम्रो होइन र इस्लाममा यस्ता कार्यलाई मनाही गर्दछन् । कोही व्यक्ति काँधमा काठ बोकेर ल्याएर बेचेर जीविका चलाउनु उत्तम हो तर अरुको सामने हात फैलाउनु राम्रो होइन । तर नजानेको कुरा र कामको बारेमा सवाल सोध्नु राम्रो हो तर नजानीकन अन्दाजमा उत्तर दिनु राम्रो होइन । जहाँसम्म हुन्छ मानिसको आवश्यकता पुरा गर्नु बरु स्वयं भोको बसेर पनि अरुलाई खाना खुवाउनु । अनाथलाई माया गर्नु पर्छ ।

सबै भन्दा उत्तम घर त्यो हो जसले अनाथाहरुलाई राम्रो पालन पोषण गर्छन् र जसले अनाथलाई नराम्रो व्यवहार गर्छ त्यो घर सबैभन्दा नराम्रो घर हो

  • मुसलमानहरुमा पूर्ण ईमानवाला त्यो हो जो नैतिकता र आचरणले भरिपूर्ण हुन्छ।
  • अल्लाहको भक्तहरु मध्ये त्यो सबैभन्दा असल हो जसको नैतिक आचरण शुद्ध र पवित्र हुन्छ ।
  • मानिसलाई अल्लाहको तर्फबाट सबैभन्दा असल चीज प्रदान गरेको छ भने त्यो हो नैतिक आचरण ।
  • तिमीहरुमा मेरो लागि सबैभन्दा प्रिय भक्त त्यो हो जो नम्र स्वभावको र राम्रो आचरणको हुन्छ र नराम्रो र कियामत(महाप्रलय) पछि न्याय दिवसको दिन(मरणोपरान्त) को दिन मबाट टाढा त्यो व्यक्ति हुनेछ जो कपटचारी तथा नराम्रो स्वभावका हुन्छन् ।
  • जसको नमाज उसको पापबाट रोक्न सक्दैन नमाज़ पक्का नमाज हुन सक्दैन् ।
  • राम्रो आचार-व्यवहार तथा नैतिकतालाई नै इस्लाम भन्दछन् ।
  • मनुष्य आफ्नो राम्रो आचारणबाट त्यो दर्जा पाउन सक्छ जुन दिन भरी रोजा राख्ने र रातभरी नमाज पढेको भन्दा बेशी पुण्य मिल्छ ।
  • राम्रो आचार-व्यवहारवालाले यो संसार र आखिरतमा पुण्य लैजान्छ ।
  • जुन व्यक्तिद्धारा आफ्नो छिमेकी सताईन्छ भने त्यो असल भक्त हुन सक्दैन ।

Source:-  http://cutt.us/T8nx

Related Post