New Muslims APP

इस्लाम भन्दा पहिले अरब महाद्वीपको स्थिति (पहिलो भाग, दोश्रो पोष्ट)

इस्लाम भन्दा पहिले अरब महाद्वीपको स्थिति (पहिलो भाग, दोश्रो पोष्ट)

अरबको धार्मिक स्थिति

अधिकांश अरब निवासी इस्माईल अलैहिस्सलामको दावतको परिणाममा ईब्राहीमी धर्मको अनुयाई थिए, केवल एक अल्लाहको उपासना गर्थे र एकेश्वरवादमाथि आस्था राख्थे तर समय बित्दै गयो, उनीहरुले अल्लाहको उपदेशको एक भाग भुल्दै गए तर एकेश्वरवाद (तौहीद) र इबराहीम अलैहिस्सलामको केही सुन्नतहरु बाँकी थियो । अतः बनू खुजाआको एक नायक जसको नाम अमर बिन लुहैया थियो । उसले सबै भन्दा पहिले अरबमा मूर्ति पूजाको चलन शुरु गराए । अमर बिन लुहैया एक पटक सीरिया गएका थिए । त्यहाँका मानिसहरु आफै मूर्ति बनाएर पूजा गर्ने गर्दथे। अमर बिन लुहैया पनि यसबाट प्रभावित भए किनकि सीरियाको भूमिबाट नै धेरै संन्देष्टाहरुलाई अल्लाहले चुनेका थिए साथै ईश्वरीय ग्रन्थहरु अवतरण केन्द्र पनि थियो । यसप्रकार जब उ सीरियाबाट फर्किए आफ्नो साथमा हुबुल मूर्ति पनि लिएर आए, त्यसलाई काबामा राखिदिए र मानिसहरुलाई त्यो मूर्तिको पूजा गर्न लगाए । यसरी बिस्तारै- बिस्तारै पूरै अरबमा मूर्तिको पूजा चलन भएको थियो । ती मध्ये सबै भन्दा प्रशिद्ध मूर्तिहरु थियो ‘लात’ जसको पूजा ताएफवासी गर्दथे । ‘मनात’ जसको पूजा लाल सागरको नजिक बसोवास गर्ने मानिसहरु गर्दथे र ‘उज़्ज़ा’ जसको पूजा वादी नख़लाका बासिन्दा गर्दथे । बहुदेववादिहरुले पनि काबालाई मूर्तिले भरिदिएका थिए । जब रसूल (सल्लल्लाहु अलैहि वसल्ल्म) ले मक्का माथि विजय हासिल गरे त्यसबेलासम्म काबाको आसपास ३६० मूर्ति थिए। ती मूर्तिहरु अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्ल्म) ले आफ्नो हातले फुटाए । रसूल (सल्लल्लाहु अलैहि वसल्ल्म) ले एउटा छडीले हान्नु हुन्थ्यो, त्यो लड्थ्यो । फेरी रसूल (सल्लल्लाहु अलैहि वसल्ल्म) को आदेशमा ती सबै मूर्तिहरु काबाबाट बाहिर निकालेर जलाई दिएको थियो ।

अरबहरुमा मूर्ति पूजाको केही विशेष प्रथा पनि थियो । जस मध्ये धेरै अमर बिन लुहैयाले चलाएका थिए। त्यसमा सबै भन्दा महत्वपूर्ण प्रथाहरु यस प्रकार छ।

१. मूर्तिपूजक मूर्तिको ध्यानपूर्वक बस्दथ्यो । मूर्तिबाट कुनै आवाज आउँछ कि भनेर सुन्ने प्रयाश गर्थ्यो र उनीहरु ठान्थे कि मूर्तिले अल्लाहसँग स्तुती गरेर हाम्रो मनोकामना वा इच्छा पुरा गर्छन् ।.

२. उनीहरु ती मूर्तिहरुमा हज्ज र तवाफ (परिक्रमा) गर्थे र त्यो मूर्तिमा सज्दा (ढोग्ने) गर्दथे।

३. मूर्तिहरुको लागि विभिन्न प्रकारको उपहार र भेटी (द्रब्य) पेश गर्दथे, कहिले काहीं मूर्तिहरुको सामने पशु वली पनि दिने गर्दथे ।

४. आफ्नो मूर्तिहरुको लागि आफुले खानलाई बनाएको खाना, खेतीबाट उब्जेको अन्नहरु र चौपायहरु मध्येबाट पनि वली दिने गर्दथे ।

अरबका बहुदेववादी जोखना हेर्ने, हात हेर्ने र ज्योतिषहरुको ( जो भविष्यको ज्ञान र अदृश्य चीजको बारेमा जान्ने दावा गर्दछन्) भविष्यवाणीहरुमाथि विश्वास राख्दथे ।

अरबमा शुभ-अशुभ माथि विश्वास गर्दथे, यसको तरीका यस्तो थियो कि बहुदेववादी कुनै पंक्षी या हरिणको छेउमा गएर त्यसलाई भगाउँथे । यदि त्यो दहिनेतर्फ गयो भने शुभ हुने संकेत सम्झेर आफ्नो काम शुरु गर्दथे  र यदि बायाँतर्फ गयो भने अशुभको संकेत सम्झेर आफ्नो काम रोक्दथे ।

यसको साथै उनीहरुमा ईब्राहीमी धर्मको केही पद चिन्ह छोडेका थिएनन्, जस्तैः उनीहरु काबाको आदर सम्मान गर्थे त्यसको तवाफ (परिक्रमा) गर्दथे । हज्ज र उमरा गर्दथे र अरफात र मुज़दलफामा बस्थे । यहि धर्म अर्थात मूर्तिपूजा, बहुदेववादी, शुभ-अशुभहरुमा आधारित सामान्य अरबको धर्म थियो ।

यस बाहेक यमन र मदीनामा यहूदी धर्मालम्बीहरु थिए । इसाई धर्मालम्बीहरु अरबको उत्तरी भाग र यमनमा बसोवास गर्दथे। यसैगरी केही अरबी समूदाय जो इरान र बहरैनको नजिक रहन्थे र केही मजुसी धर्मालम्बीहरु अरबमा बसोवास गर्दथे।

नोटः इस्लाम भन्दा पहिले अरब महाद्वीपको स्थिति शिर्षकको लेखलाई हामी धारावाहिक रुपमा तपाई पाठकहरु समक्ष पेश गर्नेछौं । हामीले यो भन्दा पहिले भाग-एक पेश गरि सकेका छौं । अध्ययन गरी प्रतिकृया दिनु होला। केही कमिकमजोरी भए सुझाव दिनुहोला । …क्रमश तेश्रो भाग पेश गर्नेछु।

स्रोतः मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको क्रान्तिकारी जीवन पुस्तकबाट लिइएको हो ।

लेखकः स़फ़ीउर्रह़मान मुबारकपूरी

वेब साइटको लागि अनुवादः मुहम्मद इब्राहिम

Related Post