New Muslims APP

इस्लाम र आचरण

इस्लाम र आचरण (Islam and Manners)- इस्लाममा अख्लाकको के महत्व रहेको छ। आचरणलाई अरबी भाषामा अख्लाक (Manners) भन्ने गरिन्छ । यस संसारमा जब एउटा व्यक्ति जन्म लिए लगतै उसको सम्बन्ध यस संसारको सम्पूर्ण वस्तुसित गासिन जान्छ । चाहे त्यो सानो रुपमा होस् या ठूलो रुपमा होस् । त्यो सम्बन्धलाई निर्वाह गर्दै त्यस सम्बन्धलाई हानी हुनबाट जोगाउन ऊ माथि अनिवार्य हुन्छ र उसको दातित्व हो कि उ यो सम्बन्धलाई जोगाएर राखोस् । यसै दायित्वको पूर्ति गर्न जुन तरिका अप्नाइन्छ त्यसै तरिकालाई अख़्लाक भनिन्छ। इस्लाममा अख़्लाक़को धेरै महत्वपूर्ण स्थान रहेको छ । र यो इस्लामको अभिन्न अंग हो । एउटा व्यक्ति त्यतिखेरसम्म इस्लाम हुन सक्दैन जबसम्म उसले राम्रो आचरण र राम्रो अख़्लाक़ अपनाउन सक्दैन ।

अल्लाहले र उनका अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएका छन्- हे आस्थावानहरु हो तिमीहरु झुक, रुकुअ गर, सज्दा गर, र आफ्नो पालनकर्ताको उपासना गर र सँग संगै तिमीहरु राम्रो आचरण पनि अपनाउ, आशा छ कि तिमीहरु सफल हुनेछौ । यसको अर्थ यो लिन सकिंन्छ कि इस्लाममा उपासना र राम्रो आचरणको धेरै ठूलो महत्व रहेको छ अर्थात यदि एउटा व्यक्ति मुस्लिम हुँ भन्ने दावी गर्छ भने उसले मुस्लिम हुनको लागि उपासना र राम्रो आचरणबाट प्रमाणित गर्नुपर्छ कि साँच्चिकै मुस्लिम हो र उसले आफ्नो दायित्वलाई पुरा गरेको छ ।

अब हामी यस विषयमा हेर्नेछौं कि एउटा व्यक्ति जब मुस्लिम बन्छ र उसले आफ्नो दायित्वलाई पुरा गर्न चाहन्छ भने उसले कसरी राम्रो आचरणलाई अपनाओस् त र इस्लाममा प्रवेश गरिसके पछि एउटा असल मुस्लिम बनिरहनको लागि उसलाई के के कुराहरको आवश्यकता पर्छ  यसै विषयमा हामी चर्चा गर्नेछौ ।

अल्लाहले मनुष्यको मार्ग निर्देशनको लागि यस संसारमा लगभग एक लाख चौबिस हजार पैगम्बरहरु पठाएका छन् र हरेक पैगम्बरहरुलाई अल्लाह तआलाले यहि दायित्व दिए कि उ धर्मको संग-संगै र उपासनाको संग-सगै आचरण पनि अल्लाहको भक्तहरुलाई सिकाओस् । यसै क्रममा अन्तिम सन्देष्टा हुनुहुन्छ- मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम (वहाँ माथि अल्लाहको शान्ति होस्) वहाँको विषयमा अल्लाहले स्वयं कुरआनमा भन्नु हुन्छ- वहाँलाई जुन यस संसारमा पठाइएको छ, त्यसको उद्देश्य यहाँ बर्णन गरिएको छ र भनिएको छ वहाँको दायित्व पवित्र पार्नु र कुरआनको पारदर्शिताको ज्ञान दिनु हो ।

 

प्रस्तुतकर्ताः Md. Aamir

शिर्षकः इस्लाम र आचरण

Related Post