ईदैन (ईद उल फित्र र ईद उल अज़्हा)

ईद मुबारक

ईदैन (ईद उल फित्र र ईद उल अज़्हा) भनेको दुईवटा ईदलाई मिलाएर भनिएको हो । जस्तैः ईद उल फित्र र ईद उल अज़्हा । रोजा समाप्तिको खुशीयाली मनाउन अल्लाह तआलाले मुसलमानहरुको लागि हर्ष र उल्लासको एक दिन निर्धारण गर्नु भएको छ जसलाई ईदुल फित्र भनिन्छ। वास्तवमा रमज़ानमा अल्लाह तआलाको आज्ञाकारीता पालना गर्ने क्षमता प्रदान गर्नु भएकोमा धन्यवाद ज्ञापन हो। यसैले शव्वलको चन्द्रमा देख्नासाथ यो तकबीर पढ्नु पर्छ-“अल्लाहु अकबर, अल्लाहु अकबर, लाईला’ह इल्लल्लाहु, अल्लाहु अकबर, अल्लाहु अकबर, व लिल्लाहिल हम्द”
अर्थः-“अल्लाह सबैभन्दा महान हो, अल्लाह सबैभन्दा महान हो, अल्लाहको सिवाय कुनै सच्चा पूज्य छैनन्। अल्लाह सबैभन्दा महान हो। अल्लाह सबैभन्दा महान हो र सबै प्रशंसा वहाँकै लागि हो”
दुबै ईदको लागि पुरुष र नारी चाहे साना हुन या ठूला, माशिकश्राव भएकी नारी होस् या पवित्र नारी सबैले भाग लिन सक्छिन । तर अपवित्र नारीले नमाज़ पढ्नु हुँदैन, खुत्बा (धार्मिक प्रवचन) सुन्न हुन्छ ।
ईद उल फित्रको दिन केही खाना खाएर ईदगाहमा खानु र ईद उल अज़्हाको दिन कुर्बानीको मासुबाट खान शुरु गर्नु। (बुखारी 2/3)
यदि बर्षा र अशान्तिको भय छैन भने दुबै ईदको नमाज खुल्ला मैदानमा पढ्नु उत्तम हो ( अबू दाऊद 2/3)
ईदको नमाज़को लागि जानु पर ईदको नमाज़ दुई रकअत हुन्छ प्रथम रकअतमा तक्बीरे तहरीमा सात पटक भने पछि “अल्लाहु अकबर” भनेर सूर फातिहा पढ्नु र सूर आला पढ्नु पर्दछ र दोश्रो रकअतमा पाँच पटक तक्बीरे तहरीमा पढेर सूर फातिहा पढेर सूर गाशिया पढ्नु पर्छ अनि सलाम फेर्नु पर्दछ अनि खतिबले खुत्बा दिन्छन् । ईदुल फित्र पछि कुनै पनि मुस्लिमले शव्वलको ६ रोजा राख्दछ भने उसलाई एक बर्षको रोजा राखेको पुण्य मिल्दछ ।
मुहम्मद सल्ल.ले भन्नुभयो-“जसले रमजानको रोजा राख्यो र शव्वलको ६ रोजा राख्दछ भने उसले एक बर्षको रोजा बसेको पुण्य मिल्दछ” । (मुस्लिम)
ईदैन (ईद उल फित्र र ईद उल अज़्हा) दुबै ईदको नमाज सुन्नत मुअक्कदा हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले मक्काबाट मदिना गएपछि यी नमाज़हरु जिन्दगी भरी पढनु भयो । महिला र पुरुषलाई पनि यसमा सामेल हुन आदेश दिनु भएको थियो ।
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले आदेश दिनु भयो कि हामी ईदको नमाज़मा राम्रो कपडा, अत्तर लगाएर निक्लिनु । हैसियत अनुसार सकेसम्म राम्रो जनावर उत्तम जनावर किनेर ईद उल अज़्हा ज़ब्ह गर्नुपर्छ। (मुस्नद हाकिम 4/430)
दुबै ईदको लागि साना होस् या ठूला नारी हो या पुरुष, हाइजा (अपवित्र) नारी होस् वा पवित्र सबैले ईद गाहमा जानु पर्छ, हाइजा (अपवित्र) नारी मात्र दुआमा सहभागि हुन सक्छन् र नमाजमा अलग रहनु पर्छ । (बुखारी 2/8, मुस्लिम 1/606)
ईदैनको नमाजको लागि एउटा बाटोबाट जाने र अर्को बाटोमाट फर्किनु पर्छ । (बुखारी 2/11)
ईदैनको नमाज सूर्य उदय भएको केही समय पछि शुरु हुन्छ । (अबू दाऊद 1675, इब्ने माज़ा 1/418)
ईदैनको नमाजको लागि आजान र अकामत दिईदैन (तिर्मिज़ी 3/412), बुखारी 2/5),
ईदैनको नमाजमा कुनै नफिल, सुन्नत नमाज पढ्नु हुँदैन । (बुखारी 2/12)

स्रोतः तालिमुन इस्लाम
अनुवादक- मुहम्मद ईब्राहिम

Related Post