ईमान के लाई भन्दछन् ?

la ilah ilallahइस्लाम धर्मको सबै आज्ञा तथा व्यवहारहरु अरु सम्पूर्ण धर्मको तुलनामा उत्तम छ । यसै गरी आस्थाको बारेमा एक अलग स्थान राख्दछ । इस्लामी आस्था जीवनको जग हो । जग जति गहरो र बलियो हुन्छ, इस्लामी घर उति नै धेरै बलियो र ठोस हुन्छ । जसरी जग बिना कोही बिल्डिङ रहन सक्तैन, ठीक यसै गरि इस्लामी आस्था बीना जीवनको कोही महत्व छैन, मानव शरीरमा टाउकाको जति महत्व छ यसै गरि ईमान (विश्वास) को महत्वपूर्णता इस्लामी जीवनमा छ । इस्लाम आफ्नो सर्व शिक्षानुसार उत्तम र राम्रो छ, यसैले अल्लाह तआलाले खुला शब्दमा ईमानको सर्वश्रेष्टता बयान गरेको छ र मानवको सम्पूर्ण राम्रो कर्मलाई ईमानमा आधारित बताएको छ कि मानवलाई राम्रो कामको बदला उसै समय प्राप्त हुन्छ जबकि उ ईमानवाला हुन्छ। जब ईमान संसारिक तथा पारलौकिक जीवनको सफलताको लागि महत्वपूर्ण छ त हाम्रो लागि ईमानको परिभाषा र उसको अर्कान(स्तम्भ)को ज्ञान पनि अनिवार्य छ । ईमान र विश्वासको स्तम्भको ज्ञान पनि जरुरी छ। ईमान र विश्वासको स्तम्भको स्पष्टिकरण यो हो कि जसरी एक घरको लागि केही महत्वपूर्ण खम्बाको आवश्यकता हुन्छ र त्यो घर त्यस समय सम्म सुरक्षित रहन्छ जबसम्म त्यो पिलर(खम्बा) बाँकी रहन्छ। यसै गरी ईमान (विश्वास) को छ स्तम्भ छ जसमा ईमान(विश्वास) निर्भर रहन्छ। यिनै छ चीजमा प्रत्येक मुस्लिमको ईमान तथा आस्था राख्नु अनिवार्य छ जसरी कि मनुष्य जीवित रहन खानाको जरुरत हुन्छ ।

ईमान(विश्वास) के लाई भनिन्छ ?

ईमानः- हृदयमा कठोर आस्था हुनु, बोलीद्वारा प्रार्थना गर्ने र शरीरको अंगद्वारा त्यस कार्यलाई पुरा गर्नु । मनुष्यको ईमान र विश्वास उसको कर्मको अनुसार ज्यादा या कम हुन्छ। यदि उसले राम्रो काम गर्यो, अल्लाहको उपासना एवं आरधाना गर्यो, अल्लाहको बारम्बार नाम लिए, अल्लाहसँग डराउँदै रहयो, अल्लाहको आज्ञानुसार जीवन बिताईरहे त उनिहरुको ईमान (विश्वास) धेरै हुन्छ। जस्तैः अल्लाहको कथन छ- “ईमानवाला त त्यो व्यक्ति हो जसको दिल अल्लाहको आराधाना सुनेर कम्पन हुन्छ र जब अल्लाहको आयत उनको सामने पढिन्छ त उनको विश्वास बढन जान्छ र त्यो आफ्नो पालनकर्तामा भरोषा गर्दछन् (सूरःअन्फाल,2)

यसै गरि प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो। ईमानको 73 भन्दा धेरै भाग छ त्यस मध्ये सबैभन्दा सर्वश्रेष्ठ लाइला हा इल्लल्लाह” (सच्चा पुज्य मात्र अल्लाह हुनुहुन्छ) र त्यस मध्य सानो श्रेणी बाटोमा रहेको कठिन समश्या हुने चीज हटाउनु हो जस्तैः किला, ढुंगा, सीसाको टुक्रा आदी र लज्जा पनि ईमानको भाग मध्ये एक हो

यो हदीसमा खुल्ला शब्दमा ईमानको धेरै र कम हुने प्रमाण पेश गर्दछ ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुस्सलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहीम खरेल

 

 

Related Post