नुबुव्वत ईश दूत चयन

नुबुव्वत ईश दूत चयन

नुबुव्वत ईश दूत चयन

नुबुव्वत ईश दूत चयन, १७ अगस्त सन् ६१० ई. शुक्रवारको रात भएको थियो, त्यस समय मुहम्मद गार हिरामा बस्नु भएको थियो। त्यस ठाउँमा अचानक तेजिलो प्रकाश आयो र वहाँले आवाज सुन्नु भयो-“इकरा” अर्थात पढ। यो आवाज सुनेर मुहम्मद चकित पर्नु भयो र डराउनु भयो। मुहम्मदले डराउँदै उत्तर दिए- म अन्पढ हुँ। तर फेरी दोश्रो पटक त्यही आवाज आयो “इकरा” अर्थात पढ, फेरी त्यही जवाफ दिए, फेरी तेश्रो पटक यही शब्द आयो-

१. इक-रअ बिस्मि रब्बिकल्लजी ख़लक़

२. खलक़ल इन्सान मिन अलक़

३. इक्रअ व रब्बुकल अक्रमु

४. ल्लज़ी अल्लम बिल् कलमि

५. अल्ल मल् इन्सान मा लम् यअलम (सूरहः अल् अलक़, आयात १ देखि ५ सम्म)

अर्थः

१. (हे मुहम्मद !) पढ; आफ्नो आफ्ना पालनकर्ताको नाम लिएर जसले सिर्जना गरे,

२. सिर्जना गरे मनुष्यलाई रगतको डल्लोबाट।

३. पढ ! तिम्रा रब अति उदार छन्।

४. जसले कलमद्वारा शिक्षा प्रदान गरे।

५. मनुष्यलाई त्यो कुरा सिकाए जुन कुराको ज्ञान उसलाई थिएन ।

यो आवाज एउटा फरिष्ताको थियो, फरिष्ता त्यो ईश्वरको तर्फबाट बोली रहेको थियो जो सारा संसारको रचयिता र मनुष्यको पालनहार हुन् ।

यसरी ४० वर्षको उमेरमा ईश्वरले यो संसारमा बस्नेवाला  मानिस समक्ष आफ्नो सन्देश पुर्याउनको लागि वहाँलाई चुन्नु भयो । त्यो महान रात थियो जसमा वहाँ ईश्वरको दूत बनाउनु भयो अर्थात ईश्लरको तर्फबाट संसारवासीहरुलाई सत्य मार्गको सन्देश पुर्याउनेवाला भए । फरिश्ताको आवाज सुनेर वहाँ डराउनु भयो, एउटा अनौठो डरले हृदयमा डेरा जमायो । वहाँ डरले काम्दै गुफाबाट बाहिर आउनु भयो र घरमा पुगेर खदीजासँग भन्नु भयो मलाई कम्बल ओढ़ाउ । फेरी पुरा घटना सुनाएर वहाँले भन्नु भयोः मलाई आफ्नो ज्यानको खतरा भएको छ । खदीजाले सबै कुरा सुनेर वहाँलाई धैर्यता दिंदै भन्नु भयो, ईश्वरले तपाईलाई कदापि तिरस्कार गर्नु हुन्न । वहाँले कहिले पनि तपाईलाई दुःखी बनाउनु हुन्न किनकि तपाई गरिब र असाहयलाई मद्दत गर्नु हुन्छ । कमजोरलाई सहयोग गर्नु हुन्छ, पाहुनालाई आदर सम्मान गर्नु हुन्छ ।

खदीजाले वहाँलाई (श्रीमान्) आफ्नो काकाको छोरा (भाई) वरक़ा बिन नौफ़िललाई भेट्न लानु भयो । उनी धेरै ठूला ईसाई विद्वान थिए । ईश भक्तिमा लिन रहन्थे । उनले भने मुहम्मदले जुन आवाज सुने त्यो ईश्वरको फरिश्ताको आवाज हो । मूसा अलैहिस्सलामको साथमा पनि यही फरिश्ता आएका थिए अल्लाहको सन्देश लिएर आएका थिए र ईश्वरले मुहम्मदलाई  आफ्नो ईशदूत चुन्नु भयो । यो कुरा सुन्ना साथ सबै भन्दा पहिले खदीजाले वहाँ माथि ईश्वरको दूत हुन भनेर ईमान ल्याएकी थिइन । त्यही दिन साँझ वहाँले र खदीजाले फरिश्ताले बताएको नियमानुसार वुजू गरेर दुई रकअत नमाज पढ्नु भयो।

अली र ज़ैद पनि वहाँसँगै घरमा बस्थे । उनीहरु दुई जनाले पनि ईमान ल्याए। केही दिन पछि एउटा हब्शी गुलाम बिलालले पनि वहाँलाई ईश्वरको रसूल माने र वहाँको साथि अबू बक्र पनि वहाँ माथि ईमान ल्याउने मध्ये सामेल भए । यसरी महिलामा खदीजा, पुरुषमा अबूबक्र, बच्चामा अली र गुलाममा बिलाल हब्शीले सबै भन्दा पहिले वहाँमाथि इमान त्याउने सौभाग्य प्राप्त भएको थियो। यो नै सबै भन्दा पहिलो समूह थियो जसले वहाँलाई ईशदूतको हैसियतले स्वीकार गरे ।

स्रोतः आदर्श जीवन (हज़रत मुहम्मद (स.) को पवित्र जीवनी)

लेखकः असअद इस्राईली

अनुवादकः मुहम्मद इब्राहीम

 

Related Post