आदर्श माता र श्रीमती : उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-1

इस्लामिक पहिरन

आदर्श माता र श्रीमती : उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-1

आदर्श माता र श्रीमती : उम्मे सुलैम रज़ियल्लाहु अन्हा भाग-1

एक जना महिला अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग प्रश्न सोध्न आइन, त्यहाँ हज़रत आईशा रज़ियल्लाहु अन्हा पनि थिइन, ती महिनाले प्रश्न गर्नु भन्दा पहिले भनिन “अल्लाह हक़ कुरा गर्न शरम मान्दैनन्” फेरी उनले भनिन्ः हे अल्लाहको रसूल ! यदि महिलाले सपनामा पुरुषसँग यौन सम्बन्ध राखेको देखिन् जसले गर्दा उनी बिउँझे पछि यौनाङ्गबाट पानी निस्केको देख्छिन् जसरी पुरुषले पनि देख्दछ तब उसले के गर्नुपर्छ ? यो कुरा सुनेर हज़रत आईशा सिद्दीक़ा रज़ियल्लाहु अन्हाले भनिन्: यो प्रश्न सोधेर तिमीले महिलाको बदनाम गर्यौ, तिम्रो हातमा माटो लागोस्, यस्तो प्रश्न गर्नु शर्मको कुरा हो । नबी सल्लल्लाहु अलैहि व सल्लमले आइशा रज़ियल्लाहु अन्हासँग भन्नुभयो: उम्मे सुलैम! जब नारीले यस्तो किसिमको देख्यो भने उसले नुहाउनु पर्छ।  सोध्नु गलत कुरा होइन तर न सोध्नु गलत हो किनकि अज्ञानतामा जीवन बिताउनु  गलत हो।

तपाई चिन्नु हुन्छ ती महिला को थिइन जसले कुनै संकोच बिना यस्तो प्रश्न गरिन् ?

त्यो अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमकी रजाई मौसी(साथमा दुध पिउने) रसूल सल्लल्लाहु अलैहि व सल्लमले अनस बिन मालिक रज़ियल्लाहु अन्हुको आमा (उम्मे सुलैम रज़ियल्लाहु अन्हा) को दुध पिएका थिए। जन्नतमा उनले हिंडेको आवाज नबी सल्लल्लाहु अलैहि व सल्लमले सुनेका थिए, जो नारीको विरता एवं बहादुरीकी यस्ती प्रतीक थीइन कि मुजाहिद (युद्धमा भाग लिने लडाकुहरु) लाई पानी पिलाउने र घायलहरुलाई मलम पट्टी गर्नका लागि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथ युद्धमा भाग लिने गर्थीन। उनको त्याग र विरताकी यस्ती नमूना थिइन की आफ्नो पतिको सल्लाह बमोजिम आफु र श्रीमान नखाएर पनि अतिथिलाई खाना खुवाएर सत्कार गर्ने गर्थिन र आफु भोकै सुत्ने गर्थिन, जसले आफ्नो सन्तानलाई आदर्श तालिम दिने गर्दथिन्, ईमान र आस्थामा अडिक रहने गर्दथिन, पतिको साथ सौन्दर्य भएर पेश हुने गर्थिन, र भाग्यमाथि विश्वास गर्ने गर्दथिन्। ती नारी को हुन् ? हामी उनको जीवनको एक झलक तपाईको सामने पेश गर्ने छौं,

उम्मे सुलैम रज़ियल्लाहु अन्हाले नबी सल्लल्लाहु अलैही वसल्लमले हिजरत (बसाई सराई) गर्नु भन्दा पहिले इस्लाम स्वीकार गरेकी थिइन। उम्मे सुलैम रज़ियल्लाहु अन्हाको पतिको नाम मालिक बिन नज़र थियो, उम्मे सुलैम रज़ियल्लाहु अन्हाले इस्लाम स्वीकार गर्दा उनको पति व्यापारको लागि बाहिर गएका थिए, जब पति ब्यापारबाट फर्केर आए तब उम्मे सुलैम रज़ियल्लाहु अन्हाले आफ्ना पतिलाई इस्लामको बारेमा बताइन र इस्लामको दावत पनि दिइन । उसले इस्लाम स्वीकार गर्नु त परै जावस, एक्कासी भने तिमी पथभ्रष्ट भयौ, उम्मे सुलैम रज़ियल्लाहु अन्हाले भनिन् म पथभ्रष्ट भएकी छैन बरु तपाईले अल्लाहलाई सही रुपमा चिन्नु भएको छैन। उम्मे सुलैम रज़ियल्लाहु अन्हाको पतिले इस्लाम स्वीकार त गरेनन् साथै कडा रुपमा पेश हुन लागे, एक दिन घरमा आउँदा यस्तो देखे कि उम्मे सुलैम रज़ियल्लाहु अन्हा आफ्नो छोरा अनस रज़ियल्लाहु अन्हुलाई कल्मा शहादत याद गराई रहेकी थिइन । यस्तो देखेर मालिकले भने के तिमी मेरो छोरालाई पनि खराब गर्यौ ? उम्मे सुलैम रज़ियल्लाहु अन्हाले भनिन् म आफ्नो छोरालाई खराब होइन बरु असल बनाई रहेकी छु, मेरो छोरा पनि सत्य धर्ममा रहने छ। (अत्तबक़ात अल-कुबरा 8/425)

यो हो इस्लामको महानताको महसुस, चाहे केही होस्, वैवाहिक नाता छुटोस् त्यो मन्जुर छ तर सत्य धर्म हातबाट नछूटोस्  किनकि यो सह्या हुँदैनथ्यो। अन्ततः जब मालिक बिन नज़रको उम्मे सुलैम रज़ियल्लाहु अन्हामाथि केही जोर चल्न सकेन तब उनी घरबाट निक्लेर सीरियातर्फ गए, उनी बाटोमा नै थिए, कोही शत्रुले उनको हत्या गरि दिए। (अल-इस्तिआब 1/630)

यता उम्मे सुलैम रज़ियल्लाहु अन्हा इस्लाममा अडिक थिइन। आफ्नो बच्चालाई सही प्रशिक्षण गर्दै रहिन किनकि आमाको काख बच्चाको लागि पहिलो पाठशाला हुन्छ, बचपनको प्रशिक्षकको प्रभाव हम्मेशा रहन्छ, आमाको ठूलो जिम्मेदारी यो पनि हो आफ्नो सन्तानलाई दीन(धर्म शिक्षा) सिकाउनु र बचपन देखि नै उसको मन मस्तिष्कमा इस्लामी चेतना बसाउने कोशिश गर्नुपर्छ । अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम जब हिजरत गरेर मदीना गए तब सबैले इस्लाम धर्मको लागि वहाँको सेवामा केही न केही पेश गरे, यी आदर्श महिलाले सोचीन कि म आफ्नो दीन (धर्म) को लागि के पेश गर्न सक्छु होला ? अन्ततमा आफ्नो छोरा अनस रज़ियल्लाहु अन्हुलाई नबी सल्लल्लाहु अलैहि व सल्लमको सेवाको लागि लिएर गइन र भनिन् मेरो छोरा अनस आज देखि तपाईको सेवक हो, यसैगरी उनले वहाँको सेवाको लागि अनसलाई समर्पित गरि दिए ताकि उनलाई राम्रो संगत मिलोस्, तपाईको राम्रो व्यवहारको यसमा प्रभाव होस्, र तपाईको उपदेशहरुलाई याद गर्न सकोस्। यसैले अनस  रज़ियल्लाहु अन्हु स्वयं भन्दछन् कि मैले नबी सल्लल्लाहु अलैहि व सल्लमसँग दस वर्षसम्म सेवा गरे, यस बीचमा वहाँले कहिल्यै पनि यस्तो भन्नु भएन कि तिमीले यस्तो किन गरेको र यस्तो किन नगरेको ?

उम्मे सुलैम रज़ियल्लाहु अन्हा अहिले विधवा जीवन बिताई रहेकी थिइन, मदीनाको एकजना समृद्ध व्यक्ति जसको अहिलेसम्म इस्लाम स्वीकार गरेका थिएनन्, एक दिन उम्मे सुलैम रज़ियल्लाहु अन्हाको घरमा आएर भने, म तिमीसँग विवाह गर्न चाहन्छु, उम्मे सुलैम रज़ियल्लाहु अन्हाले धेरै होशियारीको साथ अबू तल्हालाई जवाब दिनु भयो, तपाई जस्तो व्यक्तिलाई अस्वीकार गर्न सकिंदैन तर कुरा यो हो कि तपाई काफिर हो र म मुसलमान हुँ, यसैले आफ्नो विवाह गर्न सक्दिन् । अबू तल्हाले भनिन् तिमी मलाई महर पनि दिन्छु । सोध्नु के दिनु हुन्छ ? अबू तल्हाले भने सुन पनि दिन्छु र चादी पनि दिन्छु । उम्मे सुलैम रज़ियल्लाहु अन्हाले भने मलाई न सुनको इच्छा छ र न चांदीको इच्छा छ । हँ यदि तपाई इस्लाम स्वीकार गरि दिए मेरो लागि यही महर हुनेछ । यसको अलावा मलाई कुनै चीजको आवश्यक छैन । म तपाईसँग विवाह गर्न अस्वीकार गर्दिन तर विवाह गर्न बाधा यस कारणले भएको छ कि तपाई मुसलमान बन्नु भएको छैन! यदि तपाईले इस्लाम धर्म स्वीकार गर्नु भयो भने तपाईसँग विवाह गर्न कुनै आपत्ति छैन । यस्तो हुनुपर्छ असल मोमीन मुसलमान नारीको स्वभिमान र अल्लाह प्रति प्रतिवद्धता ।

आज हाम्रा छोरी तथा बहिनीहरु गैर मुसलमानहरुसँग भागेर विवाह गर्छन्, आख़िर किन ? किनकि उनीहरुलाई धर्मको सही तालिम छैन र इस्लामको महानताको बारेमा थाह नभए हो । तर अल्लाहप्रति सच्चा हृदय भएकी यी महिलालाई हेर्नुहोस् जो एक गैर-मुस्लिमसँग विवाह गर्नलाई अस्वीकार मात्र गरिनन् बरु उम्मे सुलैमले अबू तल्हालाई सम्झाउँछिन् कि ए अबू तल्हा! तपाई त्यस मूर्तिको पूजा किन गर्नु हुन्छ त्यसमा आगो लगाई दिए जलेर राख हुन्छ, त्यसले तपाईलाई न कुनै फाइदा पुर्याउँछ र न कुनै नोक्सान गर्न सक्छ ? अबू तल्हा रज़ियल्लाहु अन्हुले यस कुरामा गम्भीरता पूर्वक सोच विचार गरे । अन्तमा एक दिन अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथ आएर इस्लाम स्वीकार गरे, त्यसपछि उम्मे सुलैम रज़ियल्लाहु अन्हासँग अबू तल्हा रज़ियल्लाहु अन्हुको विवाह भयो । यो इस्लामको पहिलो विवाह थियो जसमा मुहर बदला इस्लाम स्वीकार गर्नु पर्ने तय गरेको थियो । (अत्तबक़ात अल-कुबरा 8/427)

यहाँ यो शिक्षा प्राप्त हुन्छ की यस्ती महिलाहरुको लागि जसको पति धर्मबाट टाढा छ, नमाज़ रोज़ाको पाबन्दी गर्दैनन् उनले उम्मे सुलैम रज़ियल्लाहु अन्हाको भूमिका निभाउनु पर्छ र उनको सुधार गर्ने सम्भवतः कोशिश गर्नु पर्छ। त्यसैगरी उम्मे सुलैम रज़ियल्लाहु अन्हाले विवाहको लागि धन दौलतको शर्त राखिनन्, यो शर्त पनि राखिनन् कि हुनेवाला पति रोजगारवाला र समृद्ध होस् बरु यो शर्त राखिन कि इस्लाम स्वीकार गरेर असल बन्नुहोस्, र यही गुणवत्ता हरेक महिला तथा अविवाहित नारीमा हुनु पर्छ ।

भाग- 1 समाप्त भयो । अब भाग दुईको लागि अर्को पोष्टमा प्रतिक्षा गर्नु होस् । धन्यवाद । 

Related Post