New Muslims APP

उम्रः कसरी गर्ने ?

99420601-jpg_080000

उम्रः कसरी गर्ने ?

उम्रः गर्ने तरीका यो हो कि मुसलमानहरु उम्रः का सबै कार्यहरुलाई जसरी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले गर्नु भएको छ सोही बमोजिम गर्नु सही हो । यसरी गर्नाले अल्लाहको कृपा र दया प्राप्त गर्न सक्छन् । अल्लाह तआलाको भनार्ई छ……. हे मेरो रसूल (सन्देशवाहक) मानिसहरुसित भनिदेऊ यदि तिमीहरु अल्लाहसित प्रेम गर्दछौ भने मेरो अनुसरण गर । अल्लाह तआला तिमीहरुसित प्रेम गर्नु हुन्छ र तिमीहरुको पाप तथा दुष्कर्मलाई माफ गर्नु हुन्छ ।

उम्रः गर्ने तरीका

जब तपाई मीकात (यो मक्का प्रदेशको सिमा बिन्दु हो उम्रः अथवा हज तथा उम्र गर्ने मानिसले त्यही ठाउँबाट इहरामको लुगा लगाउनु पर्दछ) पुग्नु हुन्छ र इहराम लगाउने ईच्छा गर्नु हुन्छ भने सर्वप्रथम राम्रो तरीकाले नुहाउनुहोस्। त्यसपछि एउटा च्यादरले कम्बर देखि तलको भागमा बाँध्नुहोस् र अर्को च्यादरले माथि यस तरीकाले लगाउनुहोस् कि टाउको बाहेक शरीरको अरु भागमा ढाक्नुहोस् । महिलाको लागि सिङ्गार बाहेक दैनिक प्रयोग गर्ने सफा कपडा लगाउन सकिंन्छ । इहरामको लुगा लगाए पछि मात्र उम्रःको संकल्प गरेर मुखले भन्नुहोस् अल्लाहुम्मा लब्बैका उम्रह

अर्थः- “ हे अल्लाह म उम्रःका लागि हाजिर छु ” त्यसपछि तल लेखिएको मन्त्रलाई पढ्दै रहनुहोस्

 “ लब्बैक अल्लाहुम्म लब्बैक्। लब्बैक ला शरीक लक लब्बैक्। इन्नल हम्द वन्निअमता लक वल्   मुल्क लाशरीक लक्

अर्थः- म हाजिर छु, हे अल्लाह म हाजिर छु, तपाईको कोही साझेदारी छैन, म हाजिर छु, निश्चय सम्पूर्ण प्रशंसाहरु तपाईकै लागि हो । अनि सम्पूर्ण उपहारहरु तपाईकै तर्फबाट प्रदान गरिएका हुन् । सबै मुलुकका राजा तपाई नै हुनुहुन्छ । तपाईको कोही साझेदार छैन ।

जब तपाई उम्रः गर्नका लागि मक्का नगरमा पुग्नुहुन्छ त सर्वप्रथम वैतुल्लाह (अल्लाहको घर) को सात चोटी परिक्रमा गर्नुहोस् । हज्रे अस्वद देखि शुरु गर्नुहोस् र त्यही ठाउँमा पुगेपछि समाप्त गर्नु पर्छ । यसरी परिक्रमा गर्दा रुक्ने यमानीको नजीक पुगेर त्यस ठाउँमा हातले छोएर हज्रे अस्वद तक यो दुआ पाठ गर्नु – रब्बाना आतिना फ़िद दुन्या ह स नतवं व फ़िल आख़िरति ह स न तवं व क़िना अज़ाबन्नार

अर्थः- ए हाम्रो अल्लाह संसारमा पनि लाभ प्रदान गर्नुहोस् र परलोकमा पनि लाभ प्रदान गर्नुहोस् र हामीलाई नरकको सजायबाट बचाउनुहोस् ।

तवाफको बीचमा यो दुआ पाठ गर्नुहोस्- सुब्हानल्लाहि वल हम्दु लिल्लाहि वला इला ह इल्लल्लाहु वल्लाहु अकबर वला हौ ल वला कुव्व त इल्ला बिल्लाह ।

अर्थः- अल्लाह पवित्र हुनुहुन्छ सबै प्रशंसा उनैको लागि हो । अल्लाहको सिवाय कोही पूज्य छैन र अल्लाह  सबैभन्दा ठूलो  हुनुहुन्छ र अल्लाह बाहेक कोही सर्वशक्तिमान छैन (इब्ने माजा, किताबुल मनासिक)

जब परिक्रमा पुरा गरी हज्रे अस्वद भएको ठाउँ नजीक पुगेपछि हज्रे अस्वदलाई चुम्बन गर्नु, यदि सम्भव नभए हात लगाएर चुम्बन गर्नु त्यो पनि सम्वभ नभए सामनेबाट हातले  इसारा गर्दै “अल्लाहु अकबर” भन्नु नै काफी छ । हरेक पटक यसो गर्नु पर्छ जब सात पटक पुग्छ त्यसपछि मकामे इब्राहीम भन्ने ठाउँमा दुई रकआत नमाज पढ्नुहोस् । यदि त्यहाँ नमाज पढ्ने ठाउँको असुविधा छ भने मस्जिदको कुनै पनि ठाउँमा पढ्नु होस् । त्यसपछि सफा र मर्वा पहाडको सात पटक परिक्रमा गर्नुहोस् । तरीक़ा यो हो कि सफा पहाड माथि पुगेपछि तीन पटक साधारण आवाजमा अल्लाहु अकबर भन्नुहोस् यो दुआ पाठ गर्नुहोस् । दुआ- ला इला ह इल्लल्लाहु वह दहु ला शरी क लहू लहुल्मुल्कु व लहुल् हम्दु युह यी व युमीतु व हु व अला कुल्लि शैइन क़दीर । ला इला ह इल्लल्लाहू वह् दहू ला शरी क लहू अ न जज़ा वअ दहू व न स र अब्दहू  व ह ज़ मल अह ज़ा ब वह् दहू ।

अर्थ- अल्लाहको सिवाय कोही पूज्य छैन, उसको कोही साझेदार छैन, सारा संसार उसैको हो र सारा प्रशंसा र तारिफ उसैको लागि हो । हरेक कार्यमा शक्तिमान हुनुहुन्छ। अल्लाहको सिवाय कोही पूज्य छैन, वहाँ एक्लै हुनुहुन्छ. उसले आफ्नो प्रतिज्ञा पुरा गरेको छ र आफ्नो भक्तको सहायता गर्नु भयो र सम्पूर्ण समूह र दलले वहाँलाई हराउन सक्दैन। (इब्ने माजा, कितीबुल मनासिक)

पहिले शुरु गर्दा सफा पहाडबाट गर्नुहोस् र अन्तिम पटक मर्वा पहाडमा समाप्त गर्नुहोस् । यसलाई सअइ भन्दछन् । जब परिक्रमा सकिन्छ तब टाउकाको कपाल कटाउनु या खौराउनु होस् तर खौराउनु राम्रो हो । यो हुकुम मात्र पुरुषको लागि हो स्त्रीको लागि औंलाको टुप्पा बराबर कट्नु पर्दछ । अब तपाईको उम्रः सकियो । अब तपाई इहरामको लुगा फुकालेर दैनिक प्रयोग गर्ने कपडा लगाउन सक्नु हुन्छ ।

स्रोतः- हज्ज उम्रः तथा सन्दर्शन कार्यप्रणाली

लेखकः- शैख मोहम्मद बिन स्वालेह अलउसयमीन

अनुवादकः- अबूफैसल आबिद बिन सनीउल्लाह अल मदनी

Related Post