कस्ता नारीसित विवाह गर्न इस्लाममा अवैध हुन्छ ?

कस्ता नारीसित विवाह गर्न इस्लाममा अवैध हुन्छ ?

कस्ता नारीसित विवाह गर्न इस्लाममा अवैध हुन्छ ?

     कस्ता नारीसित विवाह गर्न इस्लाममा अवैध हुन्छ ? यस सम्बन्धमा हामी तपाईसँग केही महत्वपूर्ण जानकारी पेश गर्नेछौं ।

     इस्लामी परम्परा अनुसार सबै स्त्रीहरुसँग विवाह गर्न योग्य हुँदैन, केवल ती स्त्रीसँग विवाह जायज छ जुन त्यो पुरूषको लागि अवैध नहोस चाहे त्यो धर्म निषेध हम्मेशाको लागि होस् वा केही समयको लागि। जुन स्त्री हम्मेशाको लागि अवैध छ ति स्त्रीसँग त कहिल्यै विवाह गर्नु हुँदैन तर जुन स्त्री एक निश्चित समयको लागि अवैध छ उनको ईज्जतको कारण सम्बन्ध विच्छेद भएपछि उनिसँग फेरी विवाह गर्न जायज छ । हम्मेशा विवाह अवैध हुनका तीन कारणहरु यसप्रकार छ । खान्दानको कारण, विवाह भएपछि बनेको साईनोको कारण र दुधे नाताको कारण र केही समय र अस्थाही रुपमा विवाह गर्न अवैध ।

खान्दानको कारण विवाह गर्न नहुने स्त्रीहरु

(क) तिमीलाई अवैध मानिन्छ तिम्रो आफ्नो आमा, छोरी, बहिनी, फुपु, सानीआमा, भतिजी, भान्जी, तिमीलाई दुध पिलाउने अर्की आमा, तिमीलाई दुध पिलाउने कुनै पनि महिलाको छोरी, तिम्रो श्रीमतिको आमा, तिमीले संभोग गरेको स्त्रीकी छोरी, तिम्रो छोराको श्रीमती, एकै पटक दुई दिदीवहिनी विवाह गर्न अवैध छ (सूर निसा-23)

यस आयतको अध्यायनले खानन्दानको कारण अवैध हुनेवाला निम्न लिखित स्त्रीहरु हुन् ।

१. आमाः-आमाको मावली हजुरआमा, र बुबा पटीको हजुर आमा, जीजु आमा मावला पटीको र जीजुआमा घर पटीको विवाह गर्न अवैध छ।

२. छोरीः-छोरी र छोरीको सन्तान कन्या जातिमा विवाह गर्न अवैध छ ।

३. बहिनीः- बहिनी चाहे आमाको तर्फबाट हो या बुबाको तर्फबाट विवाह गर्न अवैध छ ।(पुनर्विवाहको कारण पहिले पटिका सन्तानको बारेमा भनिएको हो)

४. फुपुः-फुपुको साथ ति स्त्री अवैध छ जो आमाको तर्फबाट हो या बुबाको तर्फबाट विवाह गर्न अवैध छ ।

५. सानीआमाः- आमाको बहिनी चाहे आमा पटीको होस् वा बुबाको तर्फबाट विवाह गर्न अवैध छ ।

६. भतिजीः-यसमा हर ति स्त्री समावेश छन् जुन पैदाईसको कारणले असली सन्तान हुन।

७. भाञ्जीः-यस्तै भाञ्जीसँग पनि विवाह गर्न अवैध छ ।

विवाह भएपछि बनेको साईनोको कारण विवाह गर्न नहुने स्त्रीहरु

१.   पत्निको आमाः- सासु, सासुकी आमा र ससुराकी आमा विवाहको कारण अवैध हुने नाता हो ।

२.   पत्नीकी छोरीः- जुन पत्नीसंग सम्भोग गरेको छ, उसको छोरीसंग निकाह अवैध हुन्छ । यसमा त्यो छोरीको छोरी र त्यो छोराको छोरी पनि सामेल हुन्छन् ।

३.   छोराको श्रीमतीः- बुहारी, नातीनी बुहारी, नातीनीको छोराको श्रीमतीसंग विवाहको कारण अवैध हुन्छ।

४.  बुबा र हजुरबुबाकी श्रीमतीः- चाहे उनीहरुसंग सम्भोग गरेको होस् या नहोस् केवल विवाह गर्ने इच्छा गर्नु पनि अपवित्र मानिन्छ । अल्लाह तआलाको कथन छः ति नारीहरुसँग विवाह नगर जुन नारीसँग तिम्रो बुबा, हजुरबुबाले विवाह गरेका थिए । (सूरः निसा, आयत नं. २२)

दूध पिलाएको कारणबाट विवाह गर्न अवैध नारीहरु

      दूध पिलएको कारणले विवाह गर्न अवैध ति नारीहरु हुन जुन वंश या खान्दानको अवैध हुन्छन् । वंश या खान्दानको कारण विवाह गर्न अवैध नारीहरु निम्नलिखित छन् । जसको माथि उल्लेख गरिएको छ । जस्तैः- आमा, छोरी, बहिनी, फुपु, सानीमा, भतिजी, भाञ्जी यसप्रकारका नारीहरु दूध नपिलाए पनि आमा समान दर्जा दिइन्छ । दूध पिलाउनेवाला आमाको हैसियतले उनका सबै सन्तान र सम्बन्धित व्यक्तिहरु विवाहको लागि अवैध हुन्छन् जो आमाको हैसियतले कानूनी हिसाबले अवैध हुन्छन् । जस्तै दूध पिलाउने धाई आमाकी आमा, उसको पतिको आमा, उसकी बहिनी चाहे सौतेली होस् या आफ्नो बहिनी, उसको पतिको बहिनी, उसको नातिनीहरु र नातीहरु

दूधेनाताको अवधि

दुई बर्षसम्म दूधेनाताको हुकुम लागु हुन्छ त्यसपछिको उमेर दूधेनाता मान्य हुँदैन ।

केही समय र अस्थाही रुपमा विवाह गर्न अवैध

१.   दुई बहिनीलाई एकै पटक विवाह गर्नु इस्लामको धार्मिक कानूनले अवैध मानिन्छ तर पत्नीको मृत्युपछि या तलाक पछि सालीसंग विवाह गर्नु जायज हुन्छ ।

२.   विवाहित स्त्रीसंग विवाह गर्न अर्थात जुन स्त्री कसैकी पत्नी छ भने उसंग  विवाह गर्न अवैध हुन्छ ।

३.   तलाक़को समयावधीमा रहेकी स्त्रीसँग विवाह गर्दा वंशमा गडबड हुने डर हुन्छ ।

४.   तिन पटक तलाक़ दिएकी आफ्नी श्रीमतीसंग विवाह गर्न अवैध हुन्छ जबसम्म ती स्त्रीले अर्को पुरुषसंग विवाह गरी उसले तलाक दिंदैन ।

५.   एहरामको अवस्थामा विवाह गर्न अवैध हुन्छ । जबसम्म उनीहरु एहरामसंग सम्बन्धित कार्य हज्ज या उम्र गरी सकेर सामान्य अवस्थाको कपडा लगाउँदैनन् ।

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुसलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहीम खरेल

Related Post