सूरतुल-काफिरून-१०९ (मक्की, आयतहरु-६)

सूरतुल-काफिरून-१०९ (मक्की, आयतहरु-६)

कुफ्रको हालतमा मर्नेलाई अल्लाहले जन्नत हराम गर्नु हुन्छ भनेर कुरआमा उल्लेख छ।

सूरतुल-काफिरून-१०९ (मक्की, आयतहरु-६)

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

(१) (हे सन्देष्टा!) भनिदेऊ- हे काफिरहरु हो !

(२) तिमीहरुले पुज्दै गरेका (देवीदेवता) को पुजा म गर्दिन ।

(३)  र, न तिमीहरु नै मैले पुजा गरेका (अल्लाह) को उपासना गर्छौ ।

(४) र, म उसको भक्ति गर्नेवाला छैन जसको भक्ति तिमीहरुले गर्यौ ।

(५) र, न तिमीहरु भक्ति गर्नेवाला हौ जसको भक्ति म गर्छु ।

(६) तिमीहरुका निम्ति तिम्रै धर्म; मेरो निम्ति मेरै धर्म ।

 

 

स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)

अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही

प्रस्तुतकर्ता-मुहम्मद इब्राहीम खरेल

Related Post