कुफ्रे अकबर (ठूलो शिर्क) र कुफ्रे अस्ग़र (सानो शिर्क) मा फरक

कुफ्रे अकबर (ठूलो शिर्क) र कुफ्रे अस्ग़र (सानो शिर्क) मा फरक

कुफ्रे अकबर (ठूलो शिर्क) र कुफ्रे अस्ग़र (सानो शिर्क) मा फरक

कुफ्रे अकबर (ठूलो शिर्क) र कुफ्रे अस्ग़र (सानो शिर्क) मा फरक के छ, आज यस सम्बन्धमा हामी संक्षेपमा यस पोष्ट मार्फत जानकारी गराउने छौं ।

(क) कुफ्रे अकबर (ठूलो शिर्क) एक मुसलमानलाई इस्लाम धर्मबाट निकाली दिन्छ, उसले गरेको पूण्य कर्महरुलाई खतम गरि दिन्छ तर कुफ्रे अस्ग़र (सानो शिर्क) ले एक मुसलमानलाई इस्लाम दीन (धर्म) बाट निकाल्दैन र न उसको पूण्य कर्महरु खतम हुन्छ तर उसमा खोट पैदा हुन्छ ।

(ख) कुफ्रे अकबर (ठूलो शिर्क) कुफ्र गर्नेवालालाई हम्मेशाको लागि जहन्नम (नर्क) मा पुर्याउँछ। जबकि कुफ्रे अस्ग़र (सानो शिर्क) गर्नेवाला संधै नर्कवासी बन्दैन । अल्लाह तआला  उसको तौबा (प्रायश्चित) स्वीकार गर्न सक्नु हुन्छ र उसलाई बिल्कुल नै नर्कबाट बचाउन सक्नु हुन्छ।

(ग) कुफ्रे अकबर (ठूलो शिर्क) कुफ्र गर्नेवालाको ज्यान र माल जायज हुन्छ अर्थात यो कुनै खास व्यक्ति लागि जायज छैन, मात्र इस्लामी हुकुमतले यो काम गर्न सक्छ । जबकी कुफ्रे अस्ग़र (सानो शिर्क) गर्नेवालाको उसको ज्यान र माल जायज हुँदैन ।

(घ) कुफ्रे अकबर (ठूलो शिर्क) को कारणले कुफ्र (शिर्क) गर्नेवाला र मोमिन (आस्थावान) हरु बीच सच्चा दुश्मनी वा विरोध जरुरी छ । यसकारण मोमिनहरुको लागि कुफ्रे अकबर (ठूलो शिर्क) गर्नेवालासँग मुहब्बत वा मित्रता गर्न जायज छैन चाहे उ जतिसुकै नजिकको होस् । जबकी कुफ्रे अस्ग़र (सानो शिर्क) को कुरा छ यसको कारण कुफ्रे अस्ग़र (सानो शिर्क) गर्नेवालासँग मित्रता गर्न कुनै नोक्सान छैन वास्तवमा उसको ईमानको मात्राको समान उसँग मुहब्बत र  मित्रता गर्न सकिंन्छ र उसको कुफ्र (शिर्क) वा इनकारको बराबर उसँग अदालत व दुश्मनी राख्न सक्छ ।

 निचोड

कुफ्रे अकबर (ठूलो शिर्क): कुफ्रे अकबर (ठूलो शिर्क) भनेको अल्लाहको साथ कुनै अरुलाई साझेदार मान्नु । शिर्क अकबर गर्नेवालालाई जन्नत (स्वर्ग) अवैध हुनेछ, उसको ठेगाना संधै जहन्नम (नर्क) हुनेछ । कुफ्रे अकबर (ठूलो शिर्क) को उदाहरण यो हो कि जस्तैः कुनै मानिस अल्लाह बाहेक अरु कसैको सामने झुक्नु । अरु कसैलाई सन्तान दिनेवाला मान्ने, अरु कसैलाई रोजीरोटी दिनेवाला सम्झनु, आदी चाहे त्यो पैगम्बर होस् या वली या शहीद या पीर वा फ़कीर या देवी देवता, (अल्लाह यसबाट बचाउन)  ।

कुफ्रे अस्ग़र (सानो शिर्क): कुफ्रे अस्ग़र (सानो शिर्क) यो हो कि कोही काम अल्लाह बाहेक ब्यक्तिलाई खुशी या उनको डरको कारण गरिन्छ भने त्यसलाई कुफ्रे अस्ग़र (सानो शिर्क) भनिन्छ ।

हदीसमा उल्लेख छः हजरत अबू सईद खुदरी रजि. बाट रिवायत (बयान) गरिएको छ कि रसूलुल्लाह सल्ल. ले भन्नुभयो, म तिमीलाई यो कुरा नबताऔं, जसको डर मलाई तिमीमा सबैभन्दा धेरै छ (मसीह दज्जाल भन्दा धेरै ) त्यो कुफ्रे अस्ग़र (सानो शिर्क) हो । सहाबाले बिन्ती गरे, हजुर ! कुफ्रे अस्ग़र (सानो शिर्क) भनेको के हो ? भन्नुभयोः रियाकारी “देखावटी” नमाज पढ्छन् तर कसैलाई देखाउनको लागि या उसको डर अर्थात भयको कारणले पढ्ने (इब्ने माज़ा) ।

शिर्के ख़फीः शिर्के ख़फीलाई कहिले शिर्के अस्ग़र पनि भनिन्छ । लापार्वाहीको कारणले अन्जानमा तरिकाबाट या इरादा, काम र कुराकानीमा हुन जान्छ । जस्तैः रसूलुल्लाह सल्ल. ले भन्नुभयो- यो शिर्के खफीबाट बच  किनकि यो कमिलाले टोकेको भन्दा धेरै कम हुन्छ । भन्नुभयो यति हल्का छ भने यसबाट कसरी हामी बच्ने ? नबी सल्ल. भन्नुभयो- तिमी यसरी भन्ने गर ऐ अल्लाह ! हामी यस शिर्कबाट तपाईको शरण चाहन्छौं जसलाई हामी जान्दौनौ र त्यो शिर्कबाट पनि तिमीसँग माफी चाहन्छौं जुन हामी महसूस तक गर्न सक्दैनौं । (अहमद तिब्ररानी)

मुशरिक (शिर्क गर्नेवाला) शिर्कबाट तौबा नगरी मृत्यु भयो भने उ जहन्नममा हम्मेशा रहनेछ । उसको सबै पूण्य कार्य बर्बाद गरिने छ । अल्लाहले मुशरिकलाई जन्नत अवैध गरिदिएको छ । अल्लाहको कथन छः जो अल्लाहको साथ शिर्क गर्छ अल्लाह त्यसमाथि जन्नत अवैध गरिदिएको छ र उसको ठेगाना जहन्नुम(नर्क) हुनेछ । (कुरआन, सूरह अल माइदा-७२)

र अर्को ठाउँमा कुरआनमा भनिएको छः अल्लाह यस पापलाई कदापि माफ गर्दैनन् कि उसको साथ शिर्क गरिएको र त्यो बाहेक अरु पाप जुन अल्लाहले चाहनु भयो भने माफ गर्न सक्नु हुन्छ। (सूरह-निसा-४८)

 

स्रोतः किताबु तौहिद र तालिमुल इस्लाम

अनुवादकः मुहम्मद इब्राहीस

 

Related Post