New Muslims APP

कुरआन सम्पूर्ण मानवजातिका लागि हो

कुरआन

कुरआन सम्पूर्ण मानवजातिको लागि हो

कुरआन सम्पूर्ण मानवजातिका लागि अवतरित गरिएको अन्तिम धार्मिक ग्रन्थ हो साथै कुरआन अन्य आकाशीय ग्रन्थहरूको प्रतिद्वन्दी पनि होइन बरु प्रमुख र कहिले परिवर्तन नहुने Authentic ग्रन्थ हो र यसको मूल शिक्षा त्यो नै हो जुन पहिलेको ग्रन्थहरूमा थियो । तर यसमा अरु ग्रन्थहरूको तुलनामा केही भिन्न विशेषताहरू छन् । यसकारणले  कुरआनलाई यस्तो दर्जा प्राप्त छ जुन त्यसैको लागि मात्र विशेष रहेको छ । यी विशेषताहरूको दाबी र वर्णन  स्वयं कुरआन जुन संदेष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम ) माथि अवतरण गरिएको थियो उनले गरेका छन् । ती विशेषताहरू यस प्रकार रहेका छन्:

१) कुरआनको अवतरण कुनै विशेष समुदाय वा क्षेत्रको लागि नभई सम्पूर्ण संसारको लागि भएको हो । सम्पूर्ण मानवजातिको लागि भएको हो । सम्पूर्ण मानवजातिलाई सम्बोधन गरिँदै कुरआनमा भनिएको छ: “अत्यन्तै बर्कतयुक्त छन् उनी जसले आफ्ना भक्तमाथि फुर्कान (कसौटी) अवतरण गरे ताकि उनी सम्पूर्ण मानवका लागि सचेतक होऊन्  ।” (अल्-फुर्कान:१)

यसैगरी कुरआनले बारम्बार भनेको छः “त्यसलाई ल्याउने सन्देष्टा मुहम्मदलाई अल्लाहले सम्पूर्ण संसारको लागि सन्देष्टा बनाएर पठाएका छन् ।” ( सबा-२८)

कुरआनको यस भनाईको वास्तविक तात्पर्य यो हो कि त्यो सम्पूर्ण मानवजातिको लागि अवतरित गरिएको हो। यो स्थान यसभन्दा पहिले कुनै ग्रन्थलाई प्राप्त थिएन । जस्तो कि संदेष्ता मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम ) ले स्पष्टरूपमा भन्नुभएको छ, “म भन्दा पहिलेका संदेष्टा विशेषरूपले  आफ्नो समुदायको लागि मात्र संदेष्ता बनाएर पठाइएका थिए ।” (बुखारी)

अर्थात कुरआन भन्दा पहिलेका प्रत्येक आकाशीय ग्रन्थ कुनै विशेष समुदायको लागि मात्र अवतरित गरिएको थियो ।

२) कुरआन प्रत्येक दृष्टिकोणले एउटा पूर्ण मार्गदर्शन हो । यो एउटा यस्तो धर्मग्रन्थ हो, एउटा यस्तो जीवन शैली हो, एउटा यस्तो कार्य पद्धति हो जसमा मानिसको विश्वास र व्यवहार, वाह्य र आन्तरिक, ब्यक्तिगत र सामूहिक, राष्ट्रिय र अन्तराष्ट्रिय अर्थात जीवनको प्रत्येक क्षेत्रसँग सम्बन्धित मार्गदर्शन समाविष्ट रहेका छन् । यो दर्जा कुनै अन्य ग्रन्थलाई प्राप्त थिएन । अतः अल्लाहले आफ्ना पहिलेका ग्रन्थहरू र मार्गदर्शनहरूमा कुनैलाई पनि प्रत्येक दृष्टिकोणले पूर्णता प्रदान गरेका थिएनन् । यो मात्र कुरआन हो जसको अवतरणमा उनले घोषणा गरे- “आज मैले तिमीहरूको दीन (जीवन पद्धति) लाई तिमीहरूका निम्ति पूर्ण गरेको छु र तिमीहरूप्रति आफ्नो अनुग्रह पूरा गरेको छु  अनि तिमीहरूका लागि दीन स्वरूप इस्लामलाई रोजेको छु।” (अल-माइदा-३)

उक्त स्लोकको उद्देश्य एकदम स्पष्ट छ र त्यो यो हो कि यस संसारमा मानव जातिको आगमनसंगै अल्लाहद्वारा जुन मार्गदर्शनको अवतरण लगातार हुँदै आएको थियो र जुन आफ्नो मौलिक शिक्षामा सँधै समान रहे पनि आवश्यकता अनुसार त्यसमा परिवर्तन भइरहेको तथा सांस्कृतिक विकासको साथै व्यापकता अपनाउँदै गइरहेको थियो- त्यो अब प्रत्येक दृष्टिकोणले उच्चतम बिन्दुमा पुगिसकेको थियो र त्यो उच्चतम बिन्दु हो कुरआन।

३) कुरआनको शिक्षा सम्पूर्ण मानव जातिको लागि हो । यसमा कुनै विशेष काल वा विशेष समुदायका प्रमुख आवश्यकताहरूको छाप छैन । यसले कुनै विशेष समुदाय वा कुनै विशेष जातिलाई सामुन्ने राख्दैन, बरू मानव र मानव प्रकृतिलाई मात्र सामुन्ने रख्दछ । यसकारण यो प्रत्येक काल, प्रत्येक जाति र प्रत्येक क्षेत्रका मानिसहरूको लागि समान रूपले उपयुक्त र आवश्यकता अनुसार रहेको छ । यसको विपरीत अन्य ग्रन्थहरूको  अवस्था यस्तो छ कि तिनीहरूमा कुनै विशेष समुदायको विशेष अवस्था छाँया भएको कुरा प्रत्येक आँखाले टाढैबाट देख्नसक्छ, यसकारण तिनीहरू अन्य समुदायको लागि उपयोगी एवं उचित हुन सक्दैन ।

कुरआन प्रत्येक समुदाय र प्रत्येक कालको लागि उपयोगी रहेको छ । यसकारण यसले आफुले ल्याएको धर्म (इस्लाम) लाई प्राकृतिक धर्म भनेको छ र संसारको अगाडी स्पष्ट रूपमा घोषणा गरेको छ- “वास्तवमा यस कुरआनले बिल्कुल सीधामार्ग देखाउँछ । ” (सूरह बनी इस्राईल-९)

४) कुरआन अल्लाहद्वारा अवतरित अन्तिम ग्रन्थ हो । यसपछि  अल्लाहद्वारा मार्गदर्शनको अवतरनको  सिलसिला समाप्त भएको छ । जब कुनैपनी आकाशीय ग्रन्थ र ग्रन्थवाहक (अर्थात संदेष्टा) आउने छैन । कुरआन ल्याउने संदेष्टद्वारा स्पष्ट रूपमा भनिएको छ : “निःसन्देह सन्देश र ईशदूतत्वको सिलसिला समाप्त भैसकेको छ ! अतः  म पछि अब न त कुनै सन्देशवाहक  आउनेछ, न त कुनै नबी नै । “(तिर्मिजी)

कुरआनमा अल्लाहद्वारा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को बारेमा यस प्रकार भनिएको छ-“…..तर उनी अल्लाहका रसूल एवं नबीहरूका समापक (अन्तिम नबी) हुन ।” (अल्-अह्जाब्-४०)

यस सम्बन्धमा के थाहा पाउनु आवश्यक छ भने कुरआन र कुरआन बाहेक अन्य कुनै ग्रन्थ र सन्देशवाहकको अवस्था यस्तो रहेको थिएन ।

५) यस ईशवरीय ग्रन्थ कुरआनले पहिलेका सम्पूर्ण आकाशीय ग्रन्थहरूलाई खारेज गरिदिएको छ । अब कुनै पनि अन्य अल्लाहको तर्फबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको छैन । अब जीवनको सत्यमार्ग तथा आचार विचारको ठिक तरीका यसै कुरआनबाट प्राप्त गर्न सकिंन्छ । यहाँ के कुरा स्पष्ट हुनुपर्दछ भने यसको अर्थ यो होइन कि अन्य ग्रन्थहरू ईशवरीय ग्रन्थ भएको कुरालाई अस्वीकार गरिएको छ, बरु कुरा के हो भने जुन वास्तविक उपास्य र शासक (अल्लाह) ले ती ग्रन्थहरूलाई अवतरित गरेका थिए उनले नै अब यो फैसला गरेका छन् कि  “भविष्यमा ती ग्रन्थहरूलाई आचारसंहिता  र जीवन विधान  नबनाइयोस ।” अल्लाहको यस फैसला अनुसार अरब र गैर अरब, काला र गोरा, एशियाली र युरोपेली, अमेरिकी सबैले कुरआनको नै अनुसरण गर्नु पर्दछ किनभने अब कुरआनको अनुसरणले मात्र अल्लाहको उपासना स्वीकार योग्य हुनेछ । अल्लाहको सन्देश कुरआनमा यस प्रकार वर्णन गरिएको छ: “अल्लाहको दृष्टिमा इस्लाम मात्र स्वीकार्य दीन (धर्म) हो ।”(सूरह आले इमरान-१९)

अर्को ठाउँमा लेखिएको छ- “र, जसले इस्लाम बाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ भने उसको धर्म कदापि स्वीकार्य हुने छैन।” (सूरह आले इमरान-८५)

यहाँ  यस स्पष्टिकरणको कुनै आवश्यकता छैन कि उक्त श्लोकहरूमा जुन इस्लाम धर्मको बारेमा प्रष्ट रूपमा भनिएको छ त्यो चिरपरिचित कुरआनकै धर्म हो । अतः इस्लाम बाहेक अन्य कुनै पनि धर्म अल्लाहको नजिक स्वीकार योग्य छैन भन्नुको तात्पर्य के हो भने अब कुरआन बाहेक अन्य कुनै पनि ग्रन्थ अल्लाहको नजिक स्वीकार्य नै छैन त्यसैको अनुसरण गरियोस । यस कुराको अझ बढी ब्याख्या र समर्थन यसबाट हुन्छ कि यहुदी र इसाईहरूमध्ये जसले कुरआनप्रति आस्था राखेनन्, उनीहरूलाई त्यसले स्पष्ट शब्दमा अस्वीकार गर्ने ब्याक्ती, अल्लाहको विरोधी र दण्डको भागिदार बताएको छ-“अहले किताब (यहूदी एवं ईसाई) एवं मुश्रिकहरूमध्ये कुफ्र गर्ने व्यक्तिहरूले तिनीहरूकहाँ प्रत्यक्ष प्रमाण नआउन्जेल आफ्नो कुफ्र त्याग्नेवाला थिएनन्।” (कुरआन, सूरह अल्-बैयिनह : १)

६) कुरआनप्रति निष्ठा राख्नु र त्यसको अनुसरण गर्नु मुक्ति प्राप्तिको लागि अनिवार्य रहेको छ। कुनै पनि व्यक्ति यसलाई अस्वीकार गरेर परलोकमा दण्डित हुनबाट बच्न सक्दैन। कुनै पनि अन्य ईश्वरीय ग्रन्थको अनुसरणले मानिसलाई मुक्ति प्राप्त हुन सक्दैन। यो वास्तविकता उक्त दुवै श्लोकको अनिवार्य आवश्यकता हो। अतः दोस्रो श्लोकमा “कसैले इस्लाम बाहेक अन्य कुनै धर्म अंगाल्ने छ भने अल्लाहको तर्फबाट त्यसलाई कदापि स्वीकार्य हुने छैन” को पछी आउने शब्दहरूमा यसप्रकार स्पष्ट पारिएको छ। (कुरआन, सूरह निसा : १५०,१५१)

७) अब कुरआन मात्र यस्तो ग्रन्थ हो जुन आफ्नो मौलिक रूपमा पूर्णरूपले सुरक्षित छ। यसमा कुनै प्रकारको थपघट भएको छैन, न त कुनै किसिमको परिवर्तन नै। जुन भाषामा, जुन शब्दमा, जुन वाक्यमा र जुन क्रममा अल्लाहद्वारा अवतरित भएको थियो ठिक त्यसै रूपमा जस्ताको त्यस्तै रहेको छ तथा यो कुरा अल्लाहको विशेष प्रबन्धले गर्दा भएको हो जसले घोषणा उनले आफ्नो किताब (कुरआन) मा नै गरेका छन्- “निस्सन्देह हामीले नै कुरआनलाई अवतरित गरेका हौं र हामी नै यसको सुरक्षा गर्छौं।” (सूरह अल्-हिज्र : ९)

स्पष्ट छ कि अल्लाहको यस प्रबन्ध, यस घोषणा र यस फैसलालाई कसैले परिवर्तन गर्न सक्दैन। अतः ऐतिहासिक रूपले यो पूर्णतः सत्य हो कि कुरआनमा एउटा कण जतिको पनि परिवर्तन भएको छैन।

कुरआनको तुलनामा अन्य ग्रन्थहरूको अवस्था यस्तो छ कि न त तिनीहरूको बारेमा अल्लाहको तर्फबाट सुरक्षित राख्ने घोषणा भएको थियो, न त प्रबन्ध नै, न त तिनीहरूलाई आज ऐतिहासिक अनुसन्धानको कसीमा सुरक्षित नै प्रमाणित गर्न सकिंन्छ। यहाँसम्म कि कुनै ग्रन्थमा विद्वान र अनुयायीहरूले पनि त्यसको सम्बन्धमा यस कुराको दाबी गर्ने ठाउँ पाउन सक्दैनन् कि त्यो किताब त्यसै भाषामा, त्यसै शब्दमा र त्यसै वाक्यमा पूर्णरूपले सुरक्षित रहि आएको छ जुन रूपमा अल्लाहको तर्फबाट अवतरित भएको थियो र त्यसमा कुनै एक अक्षर, एक शब्द तथा एक वाक्यको परिवर्तन भएको छैन। यस सिलसिलामा जहाँसम्म कुरआनको गवाहीको सम्बन्ध छ त्यसले पनि ती किताबहरूको बारेमा जसको वर्ण त्यसमा आएको छ, त्यसै कुराको पुष्टि गर्दछ । अर्थात कुरआन बाहेक अन्य कुनै पनि आकाशीय ग्रन्थ आफ्नो मौलिक रूपमा सुरक्षित छैन। अतः तौरात र इन्जीलको सम्बन्धमा कुरआनमा भनिएको छ कि तिनीहरूका अनुयायी यहुदी र इसाईहरूले तिनीहरूमा थपघट गरिसकेका छन् तथा केही कुराहरू पूर्णरूपले बिर्सिसकेका छन्।

कुरआनको यसै प्रमुख विशेषताको एउटा पक्ष यो पनि हो कि कुरआन जुन भाषामा अवतरित भएको हो त्यो एउटा जिवीत भाषा हो। आज एशिया र अफ्रिकाका बीसौं देशका करोडौं मानिसहरू अरबी भाषा बोल्दछन् तथा यस भाषालाई जान्ने र बुझ्ने व्यक्तिहरूको संख्या त झन् बढी छ । अर्को शब्दमा त्यो एउटा वैज्ञानिक, जनमानसले बोल्ने अन्तराष्ट्रिय भाषा हो । यसको विपरित ती सबै भाषालाई जुन भाषामा अन्य ग्रन्थहरू अवतरित भएका थिए, सर्वसाधारणको जीवनबाट प्रायःजसो टाढा गईसकेका छन् र तिनीहरूमध्ये एउटा भाषा पनि यस्तो छैन जसलाई जीवित भाषाको रूपमा परिभाषित गर्न सकियोस। कुनै ग्रन्थको मूल भाषा एउटा जीवित भाषाको रूपमा बाँकी रहनु त्यस ग्रन्थ सुरक्षित हुनको लागि कति महत्वपूर्ण रहेको छ, त्यसको व्याख्या र प्रमाणको कुनै आवश्यकता छैन।

८) अल्लाहद्वारा अवतरित मूलभूत मार्गदर्शन र वास्तविक धर्म संधैदेखि के रही आएको छ ? यस कुराको फैसला पूर्ण अधिकार मात्र कुरआनलाई प्राप्त छ किनभने अन्य कुनै यस्तो ग्रन्थ छैन जुन आफ्नो वास्तविक रूपमा सुरक्षित होस्। अतः वास्तविक र मिसावट रहित मार्गदर्शन कुनै अन्य ग्रन्थमा पाउनु असम्भव छ। यस प्रकार वास्तविकता यति मात्र होइन कि कुरआनको शिक्षा आफ्नो वास्तविक रुपमा जस्ता को त्यस्तै सुरक्षित छ बरु अब अन्य ईश्वरिय ग्रन्थका वास्तविक शिक्षाका सुराक पनि ती ग्रन्थहरूमा नपाई कुरआनमा नै पाउन सकिंन्छ। अन्य ग्रन्थहरूमा थपघटका कारण यो कुरा बिचारणीय त छँदैछ, त्यस माथि कुरआनमा अल्लाहको प्रष्ट प्रमाण पनि रहेको छ। अल्लाहद्वारा कुरआनमा भनिएको छ: “हे संदेष्टा! हामीले तिमीमाथि सत्यका साथ ग्रन्थ अवतरण गर्र्यौं जसले पहिलेका ग्रन्थहरूको पुष्टि गर्दछ र जो तिनको संरक्षक पनि हो। अतः तिमीहरूले तिनीहरूसँग अल्लाहद्वारा अवतरित कानून अनुसार फैसला गर। र, जुन सत्य तिमीसमक्ष आएको छ त्यसबाट बिमुख भएर तिनीहरूको चाहनाहरूको पछि नलाग। हामीले तिमीहरू सबैका लागि एउटा धर्म विधान एवं कार्य प्रणाली तय गरेका छौं।” (सूरह अल्-माइदा : ४८)

कुरआन पहिलेका ग्रन्थहरूको संरक्षक हो। अर्थात तिनीहरूको वास्तविक सन्देशमा जुन मिसावट र परिवर्तनको पर्दा राखिएको छ त्यसलाई हटाएर जानकारी प्राप्त गर्न चाहन्छ कि अमुक ग्रन्थको वास्तविक शिक्षा के थियो, तब उद्देश्यको परिपूर्तिको लागि एउटा बाटो मात्र रहेको छ र त्यो हो अमुक ग्रन्थको पाना पल्टाउनुको सट्टा कुरआनको अध्ययन गर्नु किनभने त्यस ग्रन्थको वास्तविक मूलभूत शिक्षा पनि कुरआनमा मात्र पाउन सकिंन्छ। यति मात्र होइन यस वास्तविकताको आवश्यकता यसभन्दा पनि अगाडी जान्छ र त्यो के हो भने अन्य ईश्वरीय ग्रन्थहरूको साँचो र ठिक अनुसरण अब कुरआनको अनुसरण गरेर मात्र हुनसक्छ।

९) कुरआन ईश्वरीय ग्रन्थ हो भन्ने कुराको प्रमाण हालका व्यवहारिक तथ्य र ताजा गवाहीहरूमाथि स्थापित रहेको छ । यसलाई प्रमाणित गर्न अतीतका घटना र वृत्तान्तको आवश्यकता छैन । यसको कारण के हो भने कुरआन ईश्वरीय ग्रन्थ हो भन्ने कुराको प्रमाण पनि स्वयं कुरआन नै रहेको छ किनभने त्यो आफ्नो आन्तरिक गुण र प्रत्यक्ष प्रमाणका कारण एउटा चमत्कार, प्रत्येक विवेकपूर्ण व्यक्तिलाई देखिने चमत्कार । यो कुरा सम्भव छैन कि यदि कुनै सत्यप्रिय व्यक्ति त्यसका गुण र ब्यवाहारिका अनुग्रहलाई विवेकपूर्ण दृष्टिकोणले हेर्दछ भने त्यसका कानमा यी शब्दहरूको प्रतिध्वनि नउठोस्- “अल्लाहको कसम, यो मानवीय वाणी हुन सक्दैन (जस्तो कि पहिलेका बहसहरूबाट स्पष्ट भैसकेको छ) । यस वास्तविकताको अर्थ के हो भने कुरआनलाई जुन ठाउँ र समयमा प्रस्तुत गरिनेछ र पढिनेछ, त्यहाँ त्यसको सत्यताको प्रमाण पनि बिद्यमान रहनेछ र कुनै पनि बेला परोक्ष र दृष्टिभन्दा पर रहेका प्रमाणहरूको कुनै आवश्यकता हुने छैन । अर्को शब्दमा कुरआनको अस्तित्व र यसको प्रमाण मात्र जीवित सुरक्षित र स्थायी छैनन् बरु यो ईश्वरीय ग्रन्थ हुनुको प्रमाण पनि जीवित, सुरक्षित र स्थायी रहेको छ । यसको बिपरित अन्य ग्रन्थहरूको अवस्था यसभन्दा एकदम भिन्न रहेको छ, किनभने तिनीहरूको सत्यताको प्रमाण स्वयं तिनीहरू भित्र छैन जसलाई आँखा अगाडी देख्न सकियोस । तिनीहरूको प्रमाण खोज्न इतिहासको धेरै पछाडिसम्म पुग्नुपर्ने हुन्छ । तौरात अल्लाहको किताब हो भन्ने कुरा त्यसबेला प्रमाणित हुन्छ जब पहिले त्यसलाई प्रस्तुत गर्ने व्यक्तिको “लौरो” र “उज्ज्वल हात” जस्तो अनुभूतिपरक र सामयिक चमात्कारहरूको आधारमा अल्लाहको सन्देश बाहेक स्वीकार गरिएको होस् । इन्जीलको सत्यता त्यसबेलासम्म विवादित रहनेछ जबसम्म मृतलाई जीवित पार्ने, कुष्ठरोगीलाई स्वस्थ बनाउने र अन्धाहरूलाई देख्न सक्ने बनाउने जस्ता दुई हजार वर्ष पुराना घटनाहरूले ईसालाई अल्लाहद्वारा पठाईएका सन्देशबाहक प्रमाणित नगरिदेओस् । स्पष्ट छ, ती किताबहरूको सत्यताका यी प्रमाणहरू तिनीहरूका लागि त अवश्य प्रत्यक्ष प्रमाण थिए जसले ती चमात्कारहरूलाई स्वयं देखेका थिए । तर, पछिका व्यक्तिहरूका लागि ती चमत्कारहरूको हैसियत त्यस्तो रहेको छैन, बरु परोक्ष प्रमाणको रूपमा परिणत भइसकेको छ । व्यक्तिले सर्वप्रथम घटना र वृत्तान्तको त्यस सिलसिलाको विश्वसनीयतालाई जाँच्ने छ जसको माध्यमबाट ती चमात्कारहरूको खबर ऊसम्म पुगेको हुन्छ । त्यसपछि यदि उसले आफूले खोजेको  परिणाम सन्तोषजनक र विश्वसनीयतालाई जाँच्ने छ जसको माध्यमबाट ती चमात्कारहरूको खबर ऊसम्म पुगेको हुन्छ । त्यसपछि यदि उसले आफ्नो खोजकको परिणाम सन्तोषजनक र विश्वास योग्य पाउँछ भने उसले ती किताबहरूलाई ईश्वरीय ग्रन्थको रूपमा स्वीकार गर्न सक्दछ । तर कुरआनको सत्यताको प्रमाण यस  कुरआनमाथि आधारित छैन कि त्यसको प्रस्तुतकर्ताले केहि अनुभूतिपरक र सामयिक चमत्कारहरू प्रस्तुत गरि आफु अल्लाहको तर्फबाट पठाइएको संदेशवाहक हो भन्ने कुरा प्रमाणित गरेको होस्, बरु ऊ आफै प्रमाणको रूपमा रहेको छ भने ऊ स्वयं चमत्कार हो, मात्र कुनै अनुभूतिपरक र सामयिक चमात्कार होइन जुनपछि आउने व्यक्तिहरूको लागि मात्र एउटा खबरको रूपमा रहेको होस् । यो (कुरआन) बिशुद्ध बौद्धिक चमत्कार हो जुन प्रत्येक कालमा प्रत्येक व्यक्तिको लागि एउटा जीवित सत्यको रूपमा रहिरहने छ र मानवजातिको प्रत्येक व्यक्तिलाई प्रत्यक्ष रूपले चिन्तनमननको लागि आह्वान गरिरहने छ । सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले यसै वास्तविकतालाई प्रष्ट पार्दै भन्नुभएको छ : ” प्रत्येक सन्देशवाहकलाई त्यति नै चमत्कार प्रदान गरिएको थियो जसलाई देखेर मानिसहरू उसमाथि निष्ठा स्थापित गर्न सकुन । तथा मलाई जुन (महत्वपूर्ण) चमत्कार प्रदान गरिएको छ त्यो त त्यहि ईश् वाणी (कुरआन) हो जसलाई अल्लाहले ममाथि अवतरित गरेका छन् ।”

आफ्नो यस कथनमा संदेश्वाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले कुरआनलाई नै आफ्नो पूर्ण चमत्कार भन्नुभएको छ यद्यपि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को वास्तविक र सबभन्दा ठूलो चमत्कार मात्र कुरआन हो र त्यसको ठाउँमा अन्य चमत्कारहरूको कुनै विशेष महत्व छैन  । स्वयं कुरआनले पनि यस वास्तविकतालाई औंल्याएको छ  । कुरैश समुदायको तर्फबाट बारम्बार अनुभूतिपरक चमत्कारको लागि माग  भइरहेको थियो  । यसै सम्बन्धमा कुरआनमा भनिएको छ : “र, के यिनीहरूका लागि यो पर्याप्त छैन कि हामीले तिमीमाथि यस्तो ग्रन्थ अवतरित गरेका छौं जुन तिनीहरू समक्ष पढेर सुनाइन्छ ? निश्चय नै त्यसमा आस्था राख्नेहरूका लागि दया र उपदेश छन्  ।” (सूरह अन्कबूत : ५१)

यी हुन् कुरआनका प्रमुख गुण र विशेषताहरू जुन त्यसलाई अन्य ग्रन्थहरूको तुलनामा प्राप्त छ  । चिन्तनमनन गरेपछि स्पष्ट हुनेछ कि यी बेग्लाबेग्लै र एक-अर्कासंग सम्बन्ध नभएका गुण होइनन, बरु यिनीहरूबीच स्वभाविक रूपमा एउटा गहिरो सम्बन्ध रहेको छ  । वास्तवमा यी सबै एउटी महान वास्तविकताका विभिन्न रुप हुन्  । जुन किताब सम्पूर्ण मानवजातिको लागि अवतरित भएको छ र अल्लाहको अन्तिम मार्गदर्शन पनि हो  । त्यसको लागि आवश्यक थियो कि त्यो हरेक दृष्टिकोणले परिपूर्ण होस्, विशुद्ध सैद्धान्तिक र सम्पूर्ण मानिसको मनोभावको लागि होस्  । त्यसपछि पहिलेका सबै ग्रन्थहरूलाई खारेज गरिएको होस्  । परलोकको मुक्तिको लागि त्यसको अनुसरणलाई आवश्यक ठहर्‍याएको होस्, धर्तिमा मानिस रहेसम्म त्यसलाई पूर्णरूपले सुरक्षित पनि राखिएको होस् र सबैभन्दा अन्तिम कुरा के छ भने त्यसलाई ईश्वरीय ग्रन्थ हुनुको वास्तविक प्रमाण पनि प्रत्यक्ष र स्थायी होस् जसले गर्दा जुनसुकै बेला यस महत्वपूर्ण दावीलाई यदि कसैले गम्भीरतापूर्वक जाँच्न चाहन्छ भने त्यसले आफ्नो लागि सन्तुष्टिको पूर्ण सामान आफ्नै अगाडी पाओस ।

श्रोत : महान ग्रन्थ कुरआनको परिचय (उर्दु)

Related Post