New Muslims APP

कुरआन कसरी अवतरण भयो ?

कुरआन कसरी अवतरण भयो ?

कुरआन कसरी अवतरण भयो ?

कुरआन अल्लाहको वाणी हो भन्दा सबैलाई सन्देह हुन सक्छ तर कसरी कुरआन अल्लाहको वाणी हो र कुरआन कसरी अवतरण भयो भन्ने बारेमा यहाँ प्रष्ट पार्न चाहन्छु । १७ अगस्त सन् ६१० ई. शुक्रवारको रात थियो मुहम्मद सल्लल्लाहु अलैही व सल्लम गार हिरामा सत्य प्राप्तिको लागि चिन्तन गरेर ईश्वर समक्ष नतमस्तक हुनुहुन्थ्यो त्यसैबेला अचानक गुफामा उज्यालो प्रकाशले ज्वजल्यमान भयो र वहाँ (मुहम्मद सल्लल्लाहु अलैही व सल्लम) ले एक आवाज सुन्नु भयो । “इकरा” अर्थात पढ ।

यो आवाज सुनेर अचम्म मान्दै डराउनु भयो । वहाँ (मुहम्मद सल्लल्लाहु अलैही व सल्लम) ले डराउँदै उत्तर दिनु भयो “मलाई पढ्न आउँदैन” तर फेरी आवाज आयो । “इकरा” पढ फेरी वहाँ (मुहम्मद सल्लल्लाहु अलैही व सल्लम) ले उत्तर दिनु भयो “मलाई पढ्न आउँदैन” तेश्रो पटक फेरी आवाज आयो ।

(१.) इक-रअ बिस्मे रब्बिकल्लज़ी ख़-ल-क़ (२.) ख-ल-कल-इन्सा-न मिन अ-लक (३.) इक़रअ व रब्बुकल-अकरमु (४.) ल्लज़ी अल्ल-म बिल्-क-लमि (५.) अल्ल-मल्- इन्सा-न मा लम् यअ-लम
अर्थः- “पढ आफ्नो ईश्वरको नाम लिएर जसले तिमीलाई सृष्टि गरेका छन् । जसले मनुष्यलाई चिप-चिपा जस्तो तरल पदार्थबाट सृष्टि गरेका छन् । पढ र तिम्रो ईश्वर धेरै दयावान हुनुहुन्छ जसले कलमद्वारा ज्ञान दिएका छन् । जसले कलमद्वारा मनुष्यलाई त्यो सबै सिकाए जुन उसले जान्दैनथ्यो” । (सूर अलक आयत १-५ )

यो आवाज एक फरिष्ता थियो । फरिष्ता त्यो ईश्वरको तर्फबाट बोल्नु भयोको थियो जो संसारको रचयिता र पालनहार हुनुहुन्छ ।

यसरी मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलाई अल्लाहले आफ्नो दूत चुन्नु भयो र त्यो महान रात रमज़ानको शब्बेकद्रको रात थियो त्यसपछि पटक-पटक गरेर तेइसबर्षमा पुरा कुरआन अवतरित भएको थियो। जुन समयमा हजरत मुहम्मद सल्लल्लाहु अलैही सल्लम मक्कामा हुनुहुन्थ्यो त्यस समयमा मक्कामा अवतरित भएको सूरालाई सूर मक्की भनिन्छ भने मुहम्मद सल्लल्लाहु अलैही व सल्लम मक्काबाट हिजरत(प्रवाश) गरेर मदिना जानु भयो त्सपछि अवतरित सूरलाई मदनी सूर भनिन्छ र फेरी मक्का विजय पश्चात मक्कामा बसाईको अवस्थामा मक्कामा अवतरित भएता पनि त्यो सूरलाई पनि मदनी सूर नै भनिन्छ ।

स्रोतः- कुरआनको संक्षिप्त परिचय

Related Post