New Muslims APP

हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२

हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२

हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२

जब वहाँ मिस्र पुगे, वहाँका राजा धेरै अत्याचारी थिए। कसैले राजालाई सूचना दियो, एक यात्रीको साथमा धेरै सुन्दरी महिला छ र उनिहरु यस समय हाम्रो देशमा छन्। तब राजाले तुरन्त सैनिक पठाए। उनिहरुले सारा अलैहिस्सलाम उसको सामने उपस्थित गरे। सारा अलैहिस्सलाम जब वहाँबाट हिँडिन तब ईब्राहीम अलैहिस्सलाम नमाज पढ्न थाले। जब सारा अलैहिस्सलामलाई अत्याचारी राजाले देख्यो र उनितर्फ लम्कियो त्यसबखत तुरन्त ईश्वरीय प्रकोपबाट उ दण्डित भयो। हात, खुट्टा लुला भए र भयभित भएर विन्ती गर्न लाग्यो हे पवित्र महिला ! तिमी मेरो लागि ईश्वरसँग प्रार्थना गरतब वहाँले मलाई क्षमा गरिदिनु हुन्छम प्रतिज्ञा गर्दछु कि अब तिमीलाई हात लगाउदिन वहाँले प्रार्थना गर्नुभयो, फेरी उ त्यही समय निको भयो। तर निको हुनासाथ उसले फेरि उनलाई समाउन हात लम्कायो उही प्रकोप फेरी दोहरियो, र यो पटक पहिलाको भन्दा धेरै कठोर थियो। फेरी उसले सारा अलैहिस्सलामसँग माफीको लागि विन्ति गर्यो र सारा अलैहिस्सलामले प्रार्थना गर्नु भयो र फेरी ठिक भयो। एवं रितले तिन पटक यस्तै भयो। तेश्रो पटक छुट्ने बित्तिकै सैनिकलाई आदेश दियो कि तिमीहरु यस नारीलाई यहाँबाट निकाल र हाजरा (जुन राजाका सेविका थिइन) लाई यिनको साथ पठाइदिनु भन्यो। राजाले यि कुनै सामान्य स्त्री होइनन पवित्र-नारी हुन्। त्यसै समय सारा वहाँबाट निस्किन र हाजरा उनलाई समर्पित गरिदिए। यता हजरत ईब्राहीम अलैहिस्सलाम उनि आएको संकेत पाउने बित्तिकै नमाजबाट उठे र सोधे भन के भयो ? उनले भनिन अल्लाहले उसको अत्यचारलाई उसै माथि प्रकोप उतारे र हाजरा मेरो सेवाको लागि आइन। यसैगरी संकट र परिक्षाहरुमा ईब्राहीम अलैहिस्सलामको उमेर 80 वर्षको भयो। अहिलेसम्म ईब्राहीम अलैहिस्सलामको अहिले कुनै सन्तान जन्मेका थिएनन्, मनमा सन्तानको होस् भन्ने चाहना थियो । अतः सारा अलैहिस्सलामको अनुरोधमा वहाँले हाजरासँग विवाह गर्नु भयो। फेरी ईश्वरसँग प्रार्थाना गरे कि “हे प्रभू ! तिमी मलाई एक उत्तम सन्तान प्रदान गर जो असल होस्

प्रार्थना स्वीकार पनि भयो र हाजरा अलैहिस्सलामको गर्भबाट ईस्माइल अलैहिस्सलामको जन्म भयो। बुढेस कालमा सन्तान पाएर ईब्राहीम अलैहिस्सलामको हृदय खुशी भयो। तर फेरि अल्लाहको तर्फबाट अर्को परिक्षा शुरू भयो। ईब्राहीम अलैहिस्सलामलाई आदेश मिल्यो, आफ्नो पत्नी हाजरा र आफ्नो प्यारो छोरा ईस्माइललाई मक्काको मरूभूमिमा छोडेर आउनु भन्ने। सो आदेशानुसार बिना कुनै संकोच आफ्नो प्यारो छोरा ईस्माइल र पत्नी हाजरा अलैहिस्सलामलाई लिएर मक्काको  रेगिस्तानमा गए। खानपानको लागि केही खजूर र पानी वहाँ राखेर फर्किएर हिँडे। उनकी पत्नी हाजरा अलैहिस्सलाम तुरुन्तै उनको पछि लगेर सोधिन् ईब्राहीम ! तपाई यस रेगिस्तानमा मलाई छोडेर कहाँ जान लाग्दै छौ ? कुनै उत्तर नदिई चुप लागेर हिंड्दै थिए, फेरी उनले दोश्रो पटक सोधिन, केही जवाफ दिएनन्, अन्तमा सोचिन कि शायद अल्लाहको आदेश नै होला। फेरी तेश्रो पटक उही प्रश्न गर्छिन के तपाईलाई अल्लाहको आदेश छ ? ” ईब्राहीम अलैहिस्सलामले  उत्तर दिन्छन् “हो” । विश्वसनीय पत्नी यो उत्तर सुनेपछि भन्छिन् जब अल्लाहको आदेश छ भने अवश्य हाम्रो सुरक्षा पनि अल्लाहले नै गर्नु हुन्छ 

ईब्राहीम अलैहिस्सलाम केही पर एउटा पहाडले छेलिएर उभिएर, आफनो दुवै हात आकाशतर्फ उठाउँदै अल्लाहसँग प्रार्थना गर्न थाल्नु भयो- हे मेरो प्रभू ! मैले बिना पानी र खानामा आफ्नो सन्तानलाई एकान्त ठाउँमा  तिम्रो प्रतिष्ठित घरको नजिक राखेको छु। प्रभू ! यो मैंले यसकारण गरें कि यी मानिस यहाँ नमाज पढ्न सकुनअतः तिमी मानिसको हृदयलाई आकर्षण गराऊ र यिनीहरुलाई खान फल दिनुहोस् ,शायद यिनीहरु कृतज्ञ बन्न सकून। (सूरः14 आयत 37)

जब ईब्राहीम अलैहिस्सलाम गैसकेका थिए। हाजरा अलै0 आफ्नो दुध पिउने शिशुको साथ पानी नभएको ठाउँमा बसेकी थिइन। दुई दिन पछि खानपिनको सामग्री समाप्त हुन्छ। आमाको स्तन पनि सुकि रहेको थियो। हाजरा अलैहिस्सलाम र ईस्माइल अलैहिस्सलाम प्यासले विकल भए, अति कठोर र गम्भिर परिस्थिती भयो। प्यासले ईस्माइल अलैहिस्सलाम तड़पिरहेका थिए, आमा पानीको खोजीमा यताउता दौडिदै थिईन। कहिले सफा पर्वतमा चढथिन् शायद कतै कुवा, मानव, अथवा यात्रीहरु देखिन्छ कि भनेर तर कोही पनि देखिंदैनथ्यो। सफाबाट उत्रेर मर्वासम्म दौडिदै जान्छिन्, त कहिले मर्वाबाट सफा पर्वतमा जान्थिन् कि शायद कोही देखिन्छ कि भनेर तर टाढा-टाढासम्म कसैलाई देखिनन…. थाकेर हार मानेर बच्चा भएको ठाउँमा आउँथिन, बच्चा प्यासले तड्पि रहेको थियो। फेरि व्याकुलताको स्थितिमा छिटो-छिटोसँग सफा पहाडमा जान्थिन फेरी मर्वातर्फ आउँथिन, यस प्रकार जाने र आउने गर्दा सात चक्कर परिक्रमा गरेकी थिइन। हाजरा अलैहिस्सलामको यसै स्मृति चिन्हलाई हज तथा उमरा गर्न जाने व्यक्तिले सफा र मर्वाको सात चक्कर परिक्रमा गरेर याद गर्ने गर्दछन्। जब सातौं पटक परिक्रमा गरिसके पछि हाजरा अलैहिस्सलाम व्याकुल भएर थाकेर निराश हुँदै बच्चा भएको ठाउँमा फर्केर आएकी थिइन। बच्चा ज्यादै रोएर र प्यासले गर्दा गला बसि सकेको थियो। यसै स्थितिमा ईश्वरीय दया उत्पन्न भयो। इस्माइल अलैहिस्सलाम छट्पटाउँदै रुँदै आफ्नो खुट्टा जमीनमा हान्दा-हान्दा जमिनको तलबाट जमजम पानीको मूल निस्केको थियो। जब उनि नजिक पुगिन पानी देखेर जमजम भनिन । त्यसपछि त्यो पानी रोकियो । उनले त्यो पानीलाई वरिपरीबाट घेरेर कुवा जस्तो बनाइन । त्यो पानी पीउँदा भोक टरेको महशुस हुन्छ । संसारको पवित्र पानी हो जमजम। यसप्रकार आमा र छोरा दुवै मृत्युको मुखबाट बाँच्न सफल भए। फेरी क़ुरआनको बयान अनुसार जब इस्माइल अलैहिस्सलाम हिंडडुल गर्न सक्ने भए फेरि तेश्रो परिक्षा शुरु भयो। “फर्रा”को भनाई अनुसार जब इब्राहीम अलैहिस्सलाम 13 वर्षको भए तब ईब्राहीम अलैहिस्सलामले सपनामा देख्नु भयो, अल्लाहले हुकुम दिनु हुन्छ, तिमी ईस्माइल अलैहिस्सलामलाई अल्लाहको नाममा बली देऊ । प्रिय मित्र ! अलिकती विचार गर्नुहोस् बुढेसकालमा छोरा जन्मिएको थियो, त्यो नै जीवनमा पहिलो खुशी, मुटुको टुक्रा र बुढापाको बाँच्ने आधार थियो, तर अल्लाहको आदेश थियो छोरा…आफ्नो छोरा भएको ठाउँमा आउनु हुन्छ र भन्नुहुन्छ “छोरा मैले सपनामा देखे, अल्लाहले हुकुम दिनु भएको छ, मैले तिमीलाई अल्लाहको नाममा क़ुर्बानी दिनु ? अब तिमी आफै भन तिम्रो के विचार छ….? आज्ञाकारी छोराले तुरुन्तै जवाफ दिनु हुन्छः बाबा । “जुन कामको लागि तपाईलाई अल्लाहले आदेश दिनु भएको छ त्यो पुरा गर्नुहोस्, यदि अल्लाहले चाहनु हुन्छ भने तपाईले मलाई धैर्यधारण गर्नेवाला मध्ये पाउनु हुन्छ

 फेरी मेनाको ऐतिहासिक रेगिस्तानी धर्तीमा ईब्राहीम अलैहिस्सलामले आफ्नो छोरा ईस्माइल अलैहिस्सलामलाई घोप्टो पारेर सुताउनु हुन्छ। ईब्राहिम अलैहिस्सलामको चक्कु ईस्माइल अलैहिस्सलामको गर्दनमा रेट्न शुरु हुन्छ, तर चक्कुले काट्दैन किनकी एकातर्फ ईब्राहिम अलैहिस्सलामलाई आदेश थियो आफ्नो छोरालाई क़ुर्बानी दिनु, भन्ने उता चाकूलाई आदेश थियो, तिमी कदापि न काट्नु…चक्कु पनि त ईश्वरीय आदेशको अधीनमा छ….उसले आफ्नो  प्रभाव अवश्य देखाउँछ । ईश्वरीय तत्वदर्शीतालाई सम्झिनु सजीलो छैन, अतः ईश्वरले आफ्नो तत्वदर्शीताको रहस्य खोल्दै आफ्ना दूत जिब्रील अलैहिस्सलामको माध्यमबाट एक भेडा पठाई दिनुभयो र ईस्माइल अलैहिस्सलामको बदला त्यस भेडालाई कुर्बानी गराएर भन्नुभयो हे इब्राहीम! तिमीले सपनालाई साकार पार्यौहामी सत्कर्मिलाई यस्तै बदला दिनेछौं

यही ईब्राहिमी यादगारलाई ताजा राख्न संसारका मुसलमानहरु हरेक वर्ष बक़र ईदमा कुर्बानी गर्ने गर्दछन्। अगाडि नै हामीले जानकारी गराई सकेका छौं  जुन समयमा ईब्राहीम अलैहिस्सलामले आफ्नो छोरा ईस्माइल अलैहिस्सलाम र आफ्नी पत्नी हाजरा अलैहिस्सलामलाई मक्कामा बसाउनु भएको थियो त्यस समय त्यो स्थान सबै रेगिस्तान (मरुभूमि) र पानी बिनाको ठाँउ थियो। केही समयपछि यमनका बनू-जुर्हुमका एक समूह त्यहाँबाट जाँदै थिए, त्यहाँ पानी देखेको हुनाले तिनीहरुले त्यही ठाउँमा बसोवास गरे। यसप्रकार वहाँ कयौं घरहरुको बस्ति बस्दै गयो। ईब्राहीम अलैहिस्सलामले आफ्नो पत्नी र आफ्नो प्यारो छोरासँग भेट गर्नेको लागि मक्का आउँदै गर्थे। एक पटक उनले आफ्नो छोरासँग भने कि मलाई अल्लाहले आफ्नो घर बनाउन आदेश दिएको छ। यस प्रकार ईब्राहीम अलैहिस्सलाम र ईस्माइल अलैहिस्सलामले  मिलेर खान ए काबा को निर्माण गरेका थिए। ईब्राहीम अलैहिस्सलाम निर्माता थिए र ईस्माइल अलैहिस्सलामले सहायता गर्थे। निर्माणको समयमै जिब्रील अलैहिस्सलामले जन्नतबाट हज्रे-अस्वद ल्याएर आए। ईब्राहीम अलैहिस्सलामले त्यसलाई उचित ठाँउमा राखिदिए। फेरी आफ्नो ईश्वरीय आदेशानुसार हज्जको घोषणा गरे…. त्यो स्वर जुन मरुस्थलमा ईब्राहीम अलैहिस्सलामको मुखबाट निक्लेको थियो, हर ईश-भक्तको कानसम्म पुग्यो… र आजसम्म त्यही प्रभाव छ, संसारको कुना कुनाबाट मानिसहरु आकर्षित हुँदै त्यहाँ आईरहेका छन्। यही त्यो हज हो जुन इस्लामको पाँच स्तम्भ मध्येमा पाँचौ स्तम्भमा पर्दछ। जुन प्रत्येक आर्थिक सामर्थ्य हुनेवाला मुसलमानहरुलाई जीवनमा एक पटक अनिवार्य छ।……समाप्त   भाग-2

Source- http://ipcblogger.net/ibrahim/?p=2660

 

 

 

Related Post