घरपरिवारलाई आह्वान

घरपरिवारलाई आह्वान- अल्लाहले जसलाई इस्लाममा प्रवेश गर्न सुवर्ण अवसर प्रदान गर्नु भएको छ, उसले आफ्नो घरपरिवार तथा नातेदारहरुलाई इस्लामतिर आह्वानतिर गर्नु पर्छ, किनभने उनीहरु उसका नजिक र प्यारा व्यक्तिहरु हुन्। आह्वानको क्रममा उनीहरुबाट पाएको कष्टमाथि धैर्य गर्दै चाहिने सबै साधनहरुलाई समय र स्थान अनुसार बुद्धि पुर्याएर प्रयोग गर्नु पर्छ। अल्लाहले भन्नु भएको छ…“आफ्नो घरपरिवारलाई सलाहको आदेश देऊ र त्यसमा अडिग होऊ।” (श्रोत- सूरह ताहा : २०/१३२)

कतिपय मार्गदर्शकहरुको आह्वानले आफन्तहरु इस्लाम स्वीकार गर्दैनन्, तर टाढाका व्यक्तिहरु स्वीकार गर्छन् जसले गर्दा ऊ निराश हुन्छ, तर प्रभावकारी मार्गदर्शक त्यो हो, जो सम्पूर्ण सामग्रीहरुलाई प्रयोगमा ल्याएर नयाँ-नयाँ तरिका अपनाएर उनीहरुको पथप्रदर्शनको लागि प्रयासरत हुन्छ, उनीहरुको मार्गदर्शनको लागि अल्लाहसित प्रार्थना गर्छ र कठिन भन्दा कठिन परिस्थितिमा पनि हरेस खाँदैन।

जसरी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो काका अबु-तालिबलाई इस्लामतिर आह्वान गर्दा हरेस खानु भएन। जसले उहाँको मद्दत गर्नु हुन्थ्यो र कुरेशको सामु हरेक जटिल परिस्थितिमा सघाउनु हुन्थ्यो, तर इस्लाम ल्याउनु भएन। के रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले हार मान्नु भयो ? किन हार मान्नु ? उहाँ काकाको जीवनको अन्तिम क्षणसम्म प्रयासरत रहनु भयो । उहाँले भन्नु भयो… “ए काका, एक चोटि (ला इलाहा इलल्लाह) भनि दिनुस् म तपाईको लागि यसलाई प्रमाण बनाउँछु।” (श्रोत- बुखारी : ३६७१, मुस्लिम : २४)

तर उहाँले भतिजाको आह्वानलाई स्वीकार गर्नु भएन र कुफ्रको अवस्थामा नै मर्नु भयो। त्यसपछि अल्लाहले यो श्लोक अवतरण गर्नु भयो… “हे मुहम्मद ! तिमीले जसलाई माया गर्छौ त्यसलाई सत्य मार्गमा डोर्याउन सक्दैनौ। तर अल्लाहले जसलाई चाहनुहुन्छ, सत्य मार्गमा डोर्याउनु हुन्छ। उहाँ सत्य मार्ग ग्रहण गर्नेहरुलाई राम्ररी चिन्नु हुन्छ।” (श्रोत- सूरह अल्-कसस : २८/५६)

ताकि मार्गदर्शकले इस्लामको आह्वानमा बुद्धि पुर्याएर सकेसम्म प्रयास गर्नु पर्छ। तर मुटुको ताल्चा अल्लाहको हातमा हुन्छ, जसलाई चाहनुहुन्छ, सत्य मार्गमा डोर्याउनु हुन्छ।

अल्लाहनै सर्वश्रेष्ठ ज्ञाता हुनुहुन्छ । हामीबाट केही गल्ती भएमा क्षमा चाहन्छु । हे अल्लाह तिमी माफीलाई मान पराउनु हुन्छ, यसैले हामीलाई माफ गर्नुहोस् ।

अघिल्लो पोष्ट अध्यायन गर्न यो लिंक खोल्नु होस् – इस्लामको आह्वान

 

स्रोतः न्यु मुस्लिम गाइड

लिंकः http://cutt.us/wTlUJ

प्रस्तुतकर्ताः मुहम्मद इब्राहिम

Related Post