New Muslims APP

घर फिर्ता कसरी सही हुन्छ ?

घर वापसी

ईश्वरिय सही मार्गमा आउनु नै घर फिर्ता हो ।

सम्पूर्ण ब्रह्माण्डका निर्माताले आदम अलैहिस्सलामलाई माटोबाट सृष्टि गर्नु भयो र उनकी श्रीमति हौव्वालाई उनको देब्रे पटिको करङको हड्डिबाट सृष्टि गर्नु भयो। उनै दम्पतीका सन्तानहरु बिस्तारै बिस्तारै विश्वमा फैलिएका हुन् । अल्लाहले उनलाई स्वयं उनी माथि गवाह बनाउनु भयो र भन्नु भयो- “के म तिम्रो पालनकर्ता होइन् ?” आदमले भन्नु भयो,- “किन होइन हो, म गवाही छु” तब अल्लाहले भन्नु भयोः- “के तिमी कियामतको (महाप्रलय) दिनमा कतै यो भन्न लाग्छौ कि “मलाई त यसको केही जानकारी नै थिएन।” आदमसँग यो प्रतिज्ञा गरेको थियो।

अल्लाहले आदमलाई पहिले सूचित गर्नु भएको थियो,- “शैतान तिम्रो दुश्मन हो उसले तिमीलाई आफ्नो धर्मबाट निकाल्न अथक प्रयास गर्दछ तर उसको छल कपटमा नआउनु” ।

आदमको सन्तानले दस शताब्दीसम्म प्रतिज्ञामा कायम रहेका थिए र आफ्नै घर (धर्म) मा रहेका थिए, जसमा उनीहरुलाई उसको निर्माताले बसाएको थियो।

दस शताब्दि बितेपछि शैतान आदमको सन्तानको छेऊ आयो र उसलाई उस्काउँदै भन्यो, तिमीहरुको पाँचजना ठूला विद्वान (वद्द, सुआअ, यग़ूस, यऊक़ र नस्र) जो यस संसारबाट गई सकेका छन् उनको यादलाई ताजा राख्नका लागि उनको प्रतिमा बनाएर आफ्नो  सभामा राख्ने गर, आदम अलैहिस्सलामको छोरालाई यो कुरा राम्रो लाग्यो र उनीहरुले प्रतिमा बनाएर आफ्नो सभामा स्थापना गरे ।

जब केही बर्ष बित्दै गयो ति व्यक्तिहरुको मृत्यु भई सकेको थियो जसले मूर्तिहरु बनाएका थिए, तब शैतानले उनको सन्तानसँग आएर भन्न थाल्यो, कि तिम्रो पूर्खालाई संकट पर्दा यी मूर्तिहरुसँग माग्ने गर्दथे, उनले जे मनोकामना (भाकल) गर्थे त्यो भाकल पुरा हुन्थ्यो तसर्थ तिमी पनि यिनीहरुसँग मागेर त हेर अवश्य पाउँछौ। उनीहरुले पनि त्यो मूर्तिसँग माग्न थाले । शैतानले उनलाई भ्रम पार्न अदृश्य रुपमा उनको मनोकामना पुरा गर्ने कोशिस गर्यो अनि उनीहरु विश्वास गर्न थाले, हो रहेछ भनेर । यहीं देखि नै आदमको सन्तानलाई शैतानले आफ्नो वास्तविक घर(इस्लाम धर्म) बाट बाहिर निकाल्न सफल भयो ।

तर अल्लाहलाई दया लाग्यो र मनुष्यहरुलाई आफुले भूलेको शिक्षा याद दिलाउन र आफ्नो असली घरतर्फ र फर्काउनका लागि हज़रत नूह अलैहिस्सलामलाई पठाउनु भयो, हज़रत नूह अलैहिस्सलाम साढ़े नौ सय वर्ष तक आफ्नो समुदायलाई उनको असली घरतर्फ बोलाई रहे। जब घमण्डि समुदाय घर फिर्ताको लागि तयार भएनन् तब आँधीले उनलाई नष्ट  गरि दियो, फेरी हरेक युगमा त्यस घरतर्फ फिर्ता गर्नलाई नबी पठाइयो, जसको संख्या एक लाख चौबीस हजार तक पुगेका थिए, सबै सन्देष्टाको वाणी एउटै नै थियो र त्यो थियो घर वापसी(फिर्ता), यो घर पूर्ण सौन्दर्य र धेरै राम्रोसँग बनाइएको थियो तर त्यसको एक कुनामा एक ईंटाको ठाउँ खाली थियो, मानौ मानिस त्यसको चारैतर्फ चक्कर लगाई रहे र त्यसमा ख़ुशी व्यक्त गर्दै यस्तो भन्दथे, “यो ईंटा किन न लगाएको हो जब सातौं शताब्दीसम्म विश्वमा आधुनिकता र विकाशले कोसे ढुङ्डो झैं फड्को मारेको थियो, संसारमा यातयातको विकास र सुविधाले गर्दा मानिस एक अर्काका भाषा बोल्न सक्ने र एक देशबाट अर्को देशमा सजिलै जान सक्ने भए, तब अल्लाहले यो संसारको बीच भागमा अवस्थित साउदी अरबको मक्का शहरमा यो संसारका लागि ईशदूतको रुपमा मुहम्मद सल्लल्लाहु अलैहिस्सलामलाई चुन्नु भयो अनि अल्लाहले त्यो घरको बाँकी एउटा ईंटालाई पनि पूरा गरि दिए र त्यो घरलाई यस्तो बलियो किल्ला बनाई दिए कि सबै जिन्न र इन्सानहरुले लौकिक र पारलौकिक सफलता प्राप्तिको लागि त्यसै घरमा शरण लिन थाले, जसले अल्लाहको घरमा शरण लियो ऊ लौकिक र पारलौकिक जीवनमा सफल भयो र जो व्यक्ति त्यो घरबाट बाहिर रहन गयो ऊ लौकिक तथा पारलौकिक जीवनमा विफल हुनेछ।

अतः सपूत आत्माहरु मनुष्यले बनाएको कच्चा घरलाई भत्काएर यस बलियो घरमा शरण लिन लागे जो उसको निर्माताको घर थियो र जसमा उसैको कानून चल्छ, यहाँसम्म कि संसारको कुना-कुनामा यस घरतर्फ आकर्षण गर्ने वाला फैलिदै गए र मानवताको सामने त्यसको परिचय गराए र यस्तो व्यावहारिक नमूना पेश गरे कि पूरा संसार त्यसतर्फ आकर्षित हुन लागे।

तर जब मुसलमानको मन-मस्तिष्कबाट यस घरको महानता कम हुँदै गयो, उसको आत्माबाट निमन्त्रणा चेतना निक्लिदै गयो र ऊ घर फिर्ता गराउनमा सस्ती गर्न लागे त शैतानका चेला सजग हुन लागे,  हरतर्फ कच्चा घर बनाउन लागे र मुसलमानहरुलाई त्यही घरमा शरण लिनका लागि आमन्त्रित गर्न लागे जुन माकुराको जालो (घर) भन्दा पनि धेरै कमजोर हुन्छ ।

अब वास्तविक प्रशंगतर्फ लागौं, केही दिन पहिले भारतको सांप्रदायिक दल आर. एस. एस. र बजरंग दल जसको स्थापनाको उद्देश्य भारतमा हिन्दू संस्कृतिको जागरण गराउनु हो, ताज महलको शहर आगरामा केही गरीब मुसलमानहरुलाई कार्ड बनाउने बाहना गरेर उनलाई एक धार्मिक समारोहमा बोलाए । अनि उनीहरुलाई  डर, धम्की र करकापमा हिन्दू बनाउने कोशिश गरे, वास्तविकता त्यति बेला थाहा पाए किन हामीलाई रासन कार्ड बनाई दिन्छौं भनेर बोलाएका रहेछन् भन्ने बल्ल थाह पाए। त्यतिखेर उनीहरुले फोटो खिचेर प्रचार गरे कि यति जना मुस्लिम व्यक्तिहरुले हिन्दू धर्म स्वीकार गरे।

भोली पल्ट अर्को मीडियाले उनीहरुको चलाखीलाई पर्दाफास गर्यो तब आर. एस. एस. र बजरंग दलको कर्तूत सबैको सामने आयो । यही प्रक्रियालाई आर. एस. एस. र बजरंग दलले घर फिर्ता नाम दिएका हुन तर सवाल यो छ कि घर छ कहा र घर फिर्ता हुनु, हिन्दू धर्म  विरोधाभास, मतभेदहरुको कारण आकर्षक छैन, बहुदेववाद र विभिन्न देवताहरुको पूजामा सम्मिलित धर्म आखिर प्रकृतिमा सृष्टि हुने धर्म कसरी हुन सक्छ, एक मुसलमान चाहे जति नै कमजोर कि नहोस् इस्लामको सार्वभौमिक शिक्षाहरुलाई छोडेर अरुले धर्मलाई अंगाल्न सक्दैन, यसको अनुभव स्वयं इस्लाम दुश्मन शक्तिहरुलाई पनि थाहा छ इस्लाम आफ्नो प्राकृतिक शिक्षाको आधारमा संसारको कुना कुनामा फैलि रहेको छ,  यसैले उनीहरुले घर फिर्ताको एजेण्डा बनाएका हुन ताकि हिन्दुहरुमा आफ्नो धर्मालम्बी वृद्धि होस् भन्ने चाहना गर्दछन् ।

जब हिन्दु धर्मालम्बी भित्र यो बढ्पनको भावना सृजना भयो भने त स्वतः इस्लाम धर्मको विकास कमजोर हुन जान्छ । यसैगरी उनीहरु भारतमा धर्म परिवर्तन गर्न मनाही गर्ने कानून लागू होस् भन्ने चाहन्छन् ताकि कोही धर्म परिवर्तन गर्ने साहस न गरुन् । यस्तो नाजुक हालातमा मुस्लिम विद्वानलाई धेरै जिम्मेदारी बनाउँछ, आफ्नो समूहमा एकता कायम गर्नु, योजनाको साथ ती क्षेत्रमा जहाँ मुसलमान धार्मिक शिक्षाबाट टाढा रहन्छन् त्यहाँ दावती समूह पठाइयोस्, उनको मनमा इस्लामको महानता कायम गर्न सकियोस्, र यो भावना बनाइयोस् कि दिनेवाला समाज होइन, लिनेवाला हो, हरेक बस्ती र गाउँमा बच्चाको लागि धार्मिक शिक्षाको लागि मदरसा स्थापित गरियोस्, जहाँ ठूलाका लागि पनि शिक्षाको व्यवस्था होस्। मस्जिदमा नमाज़ कायम गर्नको लागि मात्र  सीमित न राखियोस्, तर सक्रिय प्रशिक्षण केन्द्र बनाइयोस्, धनवान आफ्नो दानद्वारा गरीब मुसलमानहरुको समस्याको हल गर्न अग्रसर होऊन । कहिले-कहिले अज्ञानता र गरिबीको संकटका कारण केही व्यक्ति आफ्नो ईमानलाई बेची दिन्छन् तर इस्लामिक धर्मगुरुको कर्तव्य यो हो कि घर वापसीको विषयलाई आफ्नो वार्ताको विषय बनाएर मुस्लिम तथा गैर मुस्लिमहरुलाई इस्लाम धर्मको निमन्त्रणा गर्नु नै वास्तविक घर वापसी हो किनकि सत्य धर्म र सिधा मार्ग इस्लाम नै हो। पवित्र कुरआन सूरह अले इमरान, आयत नं. १९ मा भनिएको छः- “अल्लाहको दृष्टिमा इस्लाम मात्र स्वीकार्य दीन (धर्म) हो ।”

हिन्दु धर्मको धार्मिक किताबमा पनि एकेश्वरवाद, रिसालत र महाप्रलयको दिनको समर्थन गर्दछ। मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको आगमनको भविष्य वाणिहरु पनि उल्लेख छ, स्वयं उनका ठूला-ठूला पण्डितले पनि आफ्नो धार्मिक पुस्तकहरुको प्रमाणबाट साबित गरेका छन् । वेदहरुमा 31 स्थानमा नराशंस र पुराणमा कल्की अवतारको रुपमा उनको विशेषताको बयान गरेको छ। यसको अभिप्राय मुहम्मद सल्लल्लाहु अलैही वसल्लम नै हो नराशंस अर्थात कल्कि अवतार हो। जसलाई हिन्दू धर्मालम्बीले स्वीकार नगरी रहन सक्दैनन्, यसैगरी यदि मुस्लिम विद्वानहरुले घर वापसीको बारेमा स्पष्ट धारणा राख्ने हो भने अल्लाहले चाहेमा हिन्दु, ईसाई, बौद्ध, जैन, शिख, लगायत अन्य धर्मबाट इस्लाम धर्मतर्फ आउनु सही घर फिर्ता हुन्छ । अल्लाहले सबै गैर मुस्लिमलाई सही मार्गदर्शन प्रदान गरुन । आमिन।।

लेखक- सफात आलम मुहम्मद जुबैर तैमी

अनुवादक- मुहम्मद इब्राहिम खरेल

Related Post