New Muslims APP

जकात कसरी निकाल्ने ?

जकात

जकात कसरी निकाल्ने ?

जकात कसरी निकाल्ने ? भन्ने विषयमा पाठकहरुको जानकारीको लागि संक्षेप पेश गरेको छु। जकात इस्लामको तेश्रो स्तम्भ हो। इस्लामिक नियम अनुसार कुन चीजमा जकात लाग्छ कुन चीजमा लाग्दैन यसको हद र सिमा तोकिएको हुन्छ । सो सम्बन्धमा कुरआन तथा हदीसको प्रमाण सहित यहाँ उल्लेख गर्ने छु ।

जकात लाग्ने चीजहरु यस प्रकारका छन्,- सुन, चाँदी, खेती, फल, ब्यापारिक सामान, चर्नेवाला जनावर, खानीबाट निकालिएको चीज, गैह्र मुस्लिमले गाढेर राखेको माल आदी ।

कुन मालबाट कति जकात निकाल्ने ?

सुन या सुनको गहनाबाट ८५ ग्राम भन्दा ज्यादा छ, र बर्ष दिन पुरा भएको छ भने र चाँदी ५८५ ग्राम छ र बर्ष दिन पुरा भएको छ भने जकात निकाल्नु पर्छ सो भन्दा कम भए जकात निकाल्नु पर्दैन।

( क ) सुन, चाँदी र नगद पैसामा २.५ को हिसाबले जकात निकालिन्छ।

(ख) खेतीको अन्नबाट ६५३ किलो ग्राम देखि जकात निकाल्नु पर्छ तर कुनै ठाउँमा भनिएको छ ६१० किलो देखि माथि भएमा जकात निकाल्नु पर्छ । यसमा दुई अवस्था छ यदि पानीको पैसा तिर्नु पर्छ भने बिस भागबाट एक भाग निकाल्ने र यदि पानीको पैसा तिर्नु पर्दैन भने दश भागबाट एक भागको हिसाबले निकाल्नु पर्छ । उदाहरणको लागि पानीको पैसा तिर्नु पर्दैन भने दस कुइन्टलबाट एक कुइन्टलको दरले निकाल्नु पर्छ र यदि पानीको पैसा तिर्नु पर्ने भए बिस कुइन्टलबाट एक कुइन्टलको दरले अन्नमा जकात निकालिन्छ । अन्नबाट जकात निकाल्न वर्ष पुग्नु पर्दैन । जुन बाली तयार हुन्छ त्यसबाट सोही समय जकात निकाल्नु पर्दछ । तरकारी तथा फलफुलमा यस्तो सामानमा जकात लाग्छ जुन फ्रिजमा लामो समयसम्म स्टोर गरेर राख्न सकिन्छ,

सार्वजनिक चीजको आम्दानीबाट जकात लाग्दैन जस्तैः- मस्जिद, मदरसा, धर्मशाला आदी । यस सम्बन्धमा कुरआनमा भनिएको छः- गरिबमाथि खर्च गर त्यो मालबाट जुन माल मैले तिमीलाई दिएको छु (सूरः बकरा-२५४)

तर कसैले आफ्नो सम्पत्ति आफ्नो सन्तानमा दान गरेको छ भने सो मालको आम्दानीबाट जकात लाग्छ । यहाँ तक कि यातीमको मालबाट पनि जकात निकाल्नु पर्छ । अवैध मालबाट जकात निकाल्नु हुँदैन । फिल्म, फोटो, ब्याजको कारोबार, चोरी, डकैत, घुस इत्यादी चीजबाट आएको आम्दानीबाट जकात लिनु हराम(अवैध) हुन्छ ।

यस सम्बन्धमा कुरआनमा भनिएको छः- अल्लाहले आत्म संयमीहरुको कर्म स्वीकार गर्ने गर्दछ। (सूरः अल माइदा – २७)

हदीसमा छः अल्लाह पवित्र छन् पवित्रलाई नै कबुल गर्नु हुन्छ ।(मुस्लिम, किताबुज़्ज़काकात)

अर्को ठाउँमा भनिएको छः हिनामिनाको मालबाट गरिएको दानलाई अल्लाहले स्वीकार गर्नु हुन्न ।

कर्जामा दिएको पूजीबाट जकात निकाल्नु पर्दैन, कर्जा दिनेवाला माथि पनि र कर्जा लिनेवाला माथि पनि । हजरत आइशा रज़ि. को भनाई छ,- कर्जामा जकात छैन (अल महली)

आम्दानी हुने फण्ट या बोनसको मालमा उस समय जकात अनिवार्य हुँदैन जब त्यो माल आफ्नो हातमा आउँदैन र एक बर्ष बित्दैन ।

तिजारती (ब्यापारी) माल अर्थात पूँजीबाट जकात अनिवार्य छ ।

हदीसमा छः हज़रत समरा बिन जुन्दूब भन्नु हुन्छ,- रसूलुल्लाह सल्ल.ले हामीलाई हुकुम दिनु हुन्थ्यो, हामीले त्यो माल(धन वा पूँजी) बाट जकात दिनु जुन हामीले ब्यापारको लागि राख्दथ्यौं । (अबू दाऊद)

अल्लाह तआलाको कथन छ,- हे मोमिन हो ! जुन पवित्र र राम्रो कुरा तिमीले कमाउँछौं र जुन कुरा हामीले तिम्रो निम्ति पृथ्वीबाट उब्जाउँछौं सूरः अल बकर- २६७)

तिजारती मालबाट जकात निकाल्ने तरीका यो हो कि बर्षको आखिरमा जम्मा पूँजी जोडेर लिन दिन फर्छ्यौट सही रुपमा गरी बाक़ी पूजीबाट  सयकडा २.५ को दरले उसको मुल्य जोडेर जकात दिनुपर्छ ।

कम्पनिको सेयरमा जकात लाग्दैन तर उसको नगद हातमा आएपछि जकात लाग्छ र जबसम्म त्यो सेयर पूँजी फिर्ता हुँदैन तब त्यो मालबाट जकात लाग्दैन । गाडी, घर, खेतबाट जकात लाग्दैन ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुस्सलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहीम

 

Related Post