New Muslims APP

तपाईको आर्थिक कारोबार

तपाईको आर्थिक कारोबार – तपाईको आर्थिक कारोबार कस्तो हुनुपर्छ, तपाईको खानपान रहन सहन कस्तो हुनुपर्छ भन्ने विषयमा यस लेखमा हामीले प्रकाश पार्नेछौं । अल्लाहले हामीहरु गाँस, बास र कपासकै पूर्तिको लागि मेहनत र मजदुरी गर्ने आदेश दिनु भएको छ। यी कुराहरु यसरी स्पष्ट हुन्छन्…  

  • जबसम्म मानिस मेहनत र मजदुरी गरेर कमाउन सक्षम छ भने उसले अरुसित मागेर खानु अवैध छ। जसरी अजिङ्गरको आहारा अल्लाहले पूर्ति गर्नुहुन्छ, त्यसरी मानवको आहारा पनि उहाँले अवश्य पूर्ति गर्नु हुनेछ। यदि मेहनत मजदुरी गर्न सक्ने व्यक्ति मागेर जीवन यापन गर्छ भने उसको सम्मान अल्लाह र मानिसको नजरमा घट्छ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मानिस भिख माग्दा-माग्दै अल्लाहकहाँ पुग्छ, तर उसको अनुहारमा मासुको एक चोक्टा पनि हुँदैन।” (श्रोत- बुखारी : १४०५, मुस्लिम : १०४०)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसलाई भोकमरी लाग्यो र त्यसको निवारणको लागि मानिसकहाँ जान्छ भने उसको समस्या समाधान नहुन पनि सक्छ, तर जसले आफ्नो समस्या अल्लाहकहाँ लिएर जान्छ भने उहाँले त्यसलाई पूरा मात्र होइन, बरु आत्मनिर्भर बनाई दिनुहुन्छ।” (श्रोत- अहमद : ३८६९, अबु-दाऊद : १६४५)

  • हरेक प्रकारको औद्योगिक पेशा, सेवामूलक काम तथा लगानी कारोबार यदि इस्लामी नियम र सिमा भित्र छ भने त्यसमा कुनै आपत्ति छैन। सन्देष्टाहरु आफ्नो समुदायका वैध(जायज) पेशामा आवद्ध थिए। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सम्पूर्ण सन्देष्टाहरुले भेंडा-बाख्रा चराउने काम गर्नु भएका छन्।” (श्रोत- बुखारी : २१४३) जकरिया (अलैहिस्सलाम) सिकर्मी थिए।” (श्रोत- मुस्लिम : २३७९) त्यसैगरी अन्य सन्देष्टा पनि कुनै न कुनै पेशामा आवद्ध थिए।
  • जसले आफ्नो घरपरिवारको खर्च जुटाउन, अर्काको अगाडि हात नफैलाउन अनि गरीब र दीन-दु:खीहरुको टेवा पुर्याउन नीयतले काम र भागदौड गर्छ भने उसले पुण्य पाउनेछ।

कारोबारको असल आधार वैध (जायज) हो-

मानिसलाई आवश्यकता पर्ने हरेक प्रकारको आर्थिक कारोबार, खरिद-बिक्री, भाडामा लिनु-दिनु र व्यवसाय जायज र वैध छ। सिवाय स्वत: अवैध वस्तुहरू र अवैध कारोबारहरू।

स्वत: अवैध (नाजायज) वस्तुहरू-

यी ती अवैध कुराहरु हुन् जसलाई अल्लाहले स्वत: अवैध गर्नु भएको छ। यी वस्तुहरुको व्यवसाय गर्नु, बेचबिखन गर्नु, भाडामा दिनु वा त्यसको उत्पादन गर्नु र मानिसहरुमा त्यसको प्रचार गर्नु सबै अवैध छ।

स्वत: अवैध वस्तुहरूका उदाहरणहरु-

  • कुकुर र सुँगुर
  • मृत जनावरहरु वा त्यसका अंशहरु
  • रक्सी तथा मादक पदार्थहरु
  • लागूपदार्थ तथा स्वास्थ्यको लागि हानिकारक वस्तुहरु
  • मानिस बीच अश्लिलता फैलाउने क्यासेट, वेबसाईट तथा अश्लिल पत्र-पत्रिकाहरु
  • अल्लाह बाहेक पुजिने मूर्ति र प्रतिमाहरु

अवैध कारोबारहरू-

वास्तवमा यो जायज र वैध माल हो तर त्यसको आर्जन गर्ने तरिका गलत हो। यो व्यक्ति र समाजको लागि हानिकारक भएकोले अवैध गरिएको छ। कारोबारलाई अवैध गर्ने कारणहरु यस प्रकार छन्…

ब्याज, धोका, अज्ञानता, अन्याय, जुवा-तास र चिट्ठा इत्यादि।

यी कुराहरुको खण्डन अगाडि गर्नेछौं…

 

 

स्रोतः न्यु मुस्लिम गाइड

साभारः http://cutt.us/h9mEP

प्रस्तुतकर्ताः मुहम्मद इब्राहिम

Related Post