तिम्रो काम दावत दिनु हो, आदेश लागू गर्ने होइन

तिम्रो काम दावत दिनु हो, आदेश लागू गर्ने होइन र उनको जीवनीमा विचार विमर्ष गर्नलाई दावत दिनु हो, तथा अन्तिम संदेष्टा मुहम्मद सल्ल. लाई पनि आदेश दिनु भयो कि आफ्ना जमानाका मानिसलाई पछिल्लो समूदायका कहानी सुनाउन ताकि, त्यो कथाद्वारा सन्देश दिन सम्झाउन सजिलो होस् साथै त्यसबाट शिक्षा लिन सकुन र उपदेश हासिल गरून भन्ने अल्लाह चाहनु हुन्थ्यो। अल्लाहले भन्नु भएको छः “तिमी वृत्तान्त सुनाई रहनु, कदाचित उनी सोच-विचार गर्न सकुन।” (सूरः आराफः 176)

अतः हामी देख्छौ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले विभिन्न हदीसमा पछिल्लो समूदायको क़िस्सा बयान गरेका छन् जुन हामी सबैको लागि प्रशिक्षण, सन्देश र मार्गदर्शन मिल्छ। अल्लाहको रसूलले तिनै किस्सा मध्येबाट एउटा किस्सा एउटा यस्तो व्यक्तिलाई बताएका थिए जो धेरै पुण्यवान र भक्त  थियो तर उसको मुखबाट एउटा यस्तो शब्द निस्केको थियो त्यही एउटा कुराले उसको संसार र पारलौकिक जीवन बर्बाद गर्ने कारण बन्यो।

सुनन अबी दाऊदको वर्णन छ हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु भन्नु हुन्छ कि मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको सुनेः बनी इस्राईलमा दुई व्यक्ति थिए उनीहरुको एक आपसमा मित्रता थियो। ती मध्ये एउटा पापी थियो र अर्को धर्मात्मा थियो। धर्मात्मा व्यक्ति संधै उपासनामा लागि रहन्थ्यो। धर्मात्मा साथीले आफ्नो पापी साथीले पाप कार्य गरिरहेको देखेर उसले भन्योः पाप कार्य गर्न छोडी देऊ। एक दिन धर्मात्मा मित्रले पाप कार्य गरेको पापी साथीले देख्यो, तब उसले भन्योः पाप गर्न छोडी देऊ। उसले भन्योः मलाई मेरो पालनकर्ताको जिम्मा छोडि देऊ, के तिमी माथि निगरानी बनाएर पठाएको हो ? यो सुनेर असल साथीले भन्योः अल्लाहको कसम अल्लाह तिमीलाई बिल्कुल माफ गर्दैनन। या अल्लाह तिमी जन्नतमा प्रवेश गर्दैनन्। जब दुबैको मृत्यु भयो तब दुबै अल्लाहको सामने भेला भए, अल्लाहले पुण्य गर्नेवालासँग भनेः तिमी मेरो सम्बन्धमा के जान्दछौ (कि म उसको पाप क्षमा गर्दिन) या मेरो हातमा जे जति छ के तिमी उसको अधिकारलाई त्यसको अधिकार छ ? फेरी पापीसँग भने कि जाउ मेरो दयाबाट जन्नतमा प्रवेश गर र अर्को व्यक्तिको सम्बन्धमा आदेश दिए कि यसलाई जहन्नम (नर्क) मा लिएर जाउ।  (सुनन अबू दाऊद)

यो हदीसलाई बयान गरेपछि अबू हुरैरा रज़ियल्लाहु अन्हु भन्नु हुन्छ: अल्लाहको कसम जसको हातमा मेरो प्राण छ, उसले एउटा कुरा बोल्यो जसले गर्दा उसको दुनिया र आख़िरत दुबैलाई नोक्सान गरि दियो।

अर्थः र सही मुस्लिममा जुन्दुब रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले बयान गर्नुभयोः एक व्यक्तिले भन्योः अल्लाहको कसम, अल्लाह फलानो व्यक्तिलाई क्षमा गर्दैनन्। तब अल्लाहले भनेः को हो जो मेरो कसम खान्छ कि म फलानालाई क्षमा गर्दिन, जाउ मैले यस्तो यस्तो पाप क्षमा गरि दिया र तिम्रो कर्मलाई बर्बाद गरि दिया। (सही मुस्लिम)

यस कहानीमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले बनू इस्राइलका दुई साथीहरुको स्थिति बयान गरिएको छ ती मध्ये एउटा नेक (असल) थियो दोश्रो पापी थियो, नेक (असल) साथीले पापी साथीलाई पाप गरेको देख्यो तब उसलाई रोक्यो, र रोक्नु पनि पर्छ किनकि इस्लाममा हामीलाई आदेश दिएको छ कि जब कोही पाप भई रहेको देख्यौ भने हातले रोक, यदि हातले रोक्नलाई ताकत छैन भने बोलीले रोक, यदि बोलीबाट रोक्ने ताकत छैन भने त हृदयमा  त्यसलाई पाप सम्झ र यो ईमानको कमजोर दर्जा हो। जब ऊ बारम्बार अटेर गर्छ भने यसबाट थाकेर पापी साथीले भनि दियो कि तिमीलाई म माथि रेखदेख गर्नेवाला बनाएर पठाएको होइन, मलाई आफ्नो हालतमा छोडी देऊ, मेरो मामला आफ्नो पालनकर्तासँग हुनेछ, मेरो जीवनमा हस्तक्षेप नगर। यो सुनेर उसको नेक साथीले भावनात्मक कुरा भन्यो, अल्लाहले तिमीलाई कदापि क्षमा गर्दैनन्, वास्तवमा हाम्रो काम कोही व्यक्तिमाथि आदेश दिनु होइन बल्कि हाम्रो कर्तव्य मात्र यो हो कि हामी राम्रो र नराम्रो कर्मलाई खोलेर बयान गर्नु हो। उनले यो दावा गरे कि अल्लाह तिमीलाई माफ गर्दैनन् । वास्तवमा अल्लाह क्षमा, दया र पश्चाताप स्वीकार गर्नेवाला हुन। कसैलाई यो अधिकार छैन कि अल्लाहको यो हक अल्लाहबाट खोस्ने, उनी आफ्नो भक्तलाई मृत्यु भन्दा पहिले पनि प्रायश्चित गर्ने मौका दिन सक्छन्।

यस हदीसबाट हामीलाई यो कुरा थाहा हुन्छ कि एक भक्तले संधै अचानक मृत्युबाट डराई रहनु पर्छ, हामीले यो कहानीबाट थाहा पायौं कि नेक (असल) भक्त जन्नतमा जानबाट बञ्चित भयो र जो खराब आचरणवाला व्यक्ति थियो त्यो अल्लाहको दयाबाट जन्नतमा प्रवेश भयो।

अह्लेसुन्नत वल-जमाअतको आस्था छ कि उसको कसैले यो जन्नती या जहन्नमी हुनेछ भनेर प्रमाणित गर्न मिल्दैन सिवाय तिनलाई जसलाई जन्नती या जहन्नमी हो भन्ने गवाही अल्लाह र उसको रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई दिएको छ। तर त्यो असल व्यक्तिको लागि अल्लाहसँग आशा राख्दै  र खराब आचरण भएको व्यक्तिबाट डर राख्छन्।

उम्मि अला अनसारिया रज़ियल्लाहु अन्हा बर्णन गर्नु हुन्छः जब उस्मान बिन मज़्ऊन रज़ियल्लाहु अन्हुको जीवनको आखिरी अवस्थामा थिए तब उनले उसको नजीक गइन र उसँग भनिनः अबुस्साइब! अल्लाह तपाई माथि दया गरुन, तपाईको लागि मेरो गवाही छ कि अल्लाहले तपाईलाई सम्मान गर्नेछन्। अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भनेः   तिमीलाई के थाहा कि अल्लाहले उनलाई सम्मान गरेका छन्, मैले भनेः मेरो बाबा तपाईको लागि क़ुरबान हुन ऐ अल्लाहको रसूल ! त फेरी अल्लाह कसलाई सम्मान गर्छन् ? अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमले भन्नु भयोः कि उनको मृत्यु आई सकेको छ, अल्लाहको कसम हामी उनको लागि भलाईको आशा राख्छौ, अल्लाहको कसम मलाई थाहा छैन तर म अल्लाहको रसूल हूं कि मेरो साथ के हुनेछ । यो सुनेर उनले भनीन् अल्लाहको कसम अब देखि म कसैको बारेमा प्रमाणित गर्दिन ऊ धर्मात्मा वा पापी हुनेछ । (बुख़ारी)

source :  http://cutt.us/Y95wc

लेखकः सफात आलम

अनुवादकः मुहम्मद इब्रहिम खरेल

 

 

 

Related Post