धूम्रपान सेवनले मस्तिष्क र स्वस्थ्यमा गम्भिर क्षति

 

धूम्रपान सेवनले मस्तिष्क र स्वस्थ्यमा गम्भिर क्षति

धुम्रपान सेवन गर्नाले तपाईको स्वास्थ्यलाई मात्र असर पार्ने होइन, तपाईको मस्तिष्कलाई समेत असर पार्दछ । धुम्रपानले सोच्ने शक्ति र तर्कसँग सम्बन्धित शक्तिलाई समेत असर पार्ने तर्क किंग्स कलेज लन्डनका अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

८८०० जना व्यक्तिमा गरिएको सर्भेक्षण मध्ये ५० जना भन्दा धेरैमा उच्च रक्तचाप देखिएको थियो र  यसले वजनलाई समेत केही हदसम्म कम गर्दछ । अनुसन्धानकर्ताले धूम्रपान सेवन गरेमा हुने असरहरु जस्तैः  हृदयघात या स्ट्रोक, मस्तिष्क र स्वास्थ्यमा पर्ने असर सम्बन्धि जांच गरेका थिए ।

पचास बर्ष नाघेका एक समूहको स्वास्थ्य र जीवन शैलीको बारेमा अनुसन्धान गरी डाटा संकलन गरिएको थियो । उक्त समयमा मस्तिष्क परीक्षणको लागि मानिस र केही जनावरहरुलाई पनि समावेश गरि जाँच गरिएको थियो र यो कार्य आठ बर्षसम्म निरन्तर चलाएका थिए । उनिहरुले जब धुम्रपान गर्ने र नगर्ने बीच यस अनुसन्धानबाट यो नतिजा पाए कि धुम्रपान गर्नेको तुलनामा धुम्रपान नगर्नेहरुको हृदयघात या स्ट्रोकको जोखिम धेरै हदसम्म कमी पाए ।

डा.एलेक्सको भनाईलाई उद्धृत गर्दै बीबीसीले भनेको छ धूम्रपान गर्ने व्यक्तिहरुको “स्वास्थ्य जोखिममा पर्नुका साथै उमेर पनि घट्दै जान्छ ।” उनले भने “हामीले मस्तिष्क कमजोर हुने र त्यसबाट हुने जोखिमको कारण पत्ता लगाई आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु जरूरी छ।”

प्रयोगकर्ताहरुलाई थाहा छैन कसरी आफ्नो मस्तिष्क गिरावट भई दैनिक जीवनमा धूम्रपानले प्रभावित पार्न सक्छ । उनले भने निश्चित छ कि धूम्रपानले मस्तिष्कमा छिट्टै नै आक्रमण गरी पागलपन पनि गराउन सक्छ ।

अल्जाइमर रिसर्च यूकेबाट डॉ. साइमन रिडले, भने: ” पटक-पटक अनुसन्धान गर्दा यो थाहा भयो कि धूम्रपान गर्नाले उच्च रक्तचापको बिमार हुने, उमेर घट्ने साथै मस्तिष्कमा धेरै नोक्सान पुर्याउनलाई दबाव दिन्छ र यो प्रमाणित छ कि वजन पनि धेरै घटाउँछ ।”

Related Post