New Muslims APP

नबी सल्लल्लाहु अलैहि वसल्लम वंश र परिवार (दोश्रो भाग, दोश्रो पोष्ट)

नबी सल्लल्लाहु अलैहि वसल्लम

नबी सल्लल्लाहु अलैहि वसल्लम वंश र परिवार

नबी सल्लल्लाहु अलैहि वसल्लम वंश र परिवार-अब्दुल मुत्तलिबको सन्तानमा अब्दुल्लाह सबैभन्दा सुन्दर, पवित्र र प्रिय थिए र जबीह भनिन्थ्यो । ‘जबीह’ भन्नुको कारण यो थियो कि ज़मज़म पानीको कुवा धेरै वर्षपछि बन्द भएको थियो । अब्दुल मुत्तलिबले सपनामा कुवा खनी रहेको देखे । कुन ठाउँमा खनेको हो त्यो स्थान पनि निर्धारण गरिएको थियो । तर अचम्मको कुरा यो थियो कि त्यही स्थानमा अस़ाफ र नाइला दुई मूर्ति राखिएको थियो । जब अब्दुल मुत्तलिबले ज़मज़मको पानीको लागि खन्न शुरु गरे तब कुरैशले रोके र लड्नको लागि तयार भए । यस्तो स्थितीमा अब्दुल मुत्तलिबले यस्तो भाकल गरे कि अल्लाहले उनलाई दशवटा छोरा दिए भने उनीहरु मध्ये एउटा अल्लाहको नाममा काबाको नजिक वली दिनेछु । जब दश जना छोरा जन्मिए अब वली दिने समय भयो । अब्दुल मुत्तलिबले भाग्यको तिरमा सबैको नाम लेखेका थिए । त्यो हुबुल मूर्तिको (मुजाविर) पूजारीलाई दिए । जब मुजाविरले तीरलाई नचाएर फाले तब अब्दुल्लाहको नाम आयो । अब्दुल मुत्तलिबले अब्दुल्लाहको हात समारेर छुरी निकाले र ज़बह गर्नको लागि काबाको नजिक लिएर गए । तर कुरैश र विशेष रुपमा अब्दुल्लाहका मावली हजुरबुबा पटिका अर्थात बनू मख़्जूम र अब्दुल्लाहको भाई अबू तालिबले रोके । अब्दुल मुत्तलिबले भनेः तब म आफ्नो भाकलको के गरौं ? उनीहरुले सल्लाह दिए कुनै महिला काहिन (हात हेरेर बताउने वाली) को सँग गएर यसको समाधान सोध । अब्दुल मुत्तलिब एउटा महिला काहिनसँग गएर सोधे, उनले भनिन अब्दुल्लाह र दस ऊंटको नाममा चिठ्ठा हाल्नु । यसरी नै जब सम्म अब्दुल्लाहको नाम आउँछ तबसम्म दस दस ऊंट थप्दै जानु । अब्दुल मुत्तलिबले त्यसै गरे तर अब्दुल्लाहको नाम नै पर्यो । अब्दुल मुत्तलिबले ऊंट थप्दै गए । अन्तमा जब एक सय ऊंट पुरा भयो तब ऊंटको नाममा चिठ्ठा पर्यो । अब्दुल मुत्तलिबले ती ऊंटलाई अब्दुल्लाहको नाममा ज़बह गरे ।

जब अब्दुल्लाह वलीबाट बचे तब अब्दुल मुत्तलिबले अब्दुल्लाहको विवाहको लागि आमनालाई चयन गरे जुन वहब बिन अब्द मनाफ़की छोरी थिइन र वंश तथा सम्मानको हिसाबले बनू ज़ुहराको सरदार थिए । विवाह पछि उनी मक्कामा नै अब्दुल्लाहको साथमा आइन तर केही समयपछि अब्दुल्लाहलाई अब्दुल मुत्तलिबले ब्यपारको लागि यस्रिब अर्थात शाम पठाए । त्यहाँबाट फर्किदा यस्रिबमा उनको देहान्त भयो । त्यस बेला आमनाको उमेर २५ वर्षकी थिइन र नबी सल्लल्लाहु अलैहि वसल्लम अहिले आमाको गर्भमा नै थिए । नबी सल्लल्लाहु अलैहि वसल्लम जन्मिनु भन्दा दुई महिना पहिले अब्दुल्लाहको देहान्त भयो ।

अब्दुल्लाहको पुरा सम्पत्ति पाँच ऊंट, बाख्राको एक बथान, एउटा हब्शी सेविका जसको नाम बरकत थियो र उपनाम उम्मे ऐमन, यही उम्मे-ऐमन हुन जसले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई काखमा हुर्काएकी थिइन ।

नबी सल्लल्लाहु अलैहि वसल्लमको वंश र परिवारले शुभ जन्मः नबी सल्लल्लाहु अलैहि वसल्लमको जन्म रबीउल अव्वल हात्तीवाला वर्ष अप्रिल ५७१ ई. सोमबारको दिन बिहान सबेरै मक्कामा भएको थियो ।

इब्ने साद भन्नु हुन्छ कि नबी सल्लल्लाहु अलैहि वसल्लम की आमाले भन्नुभयोः जब वहाँको जन्म भयो तब मेरो शरीरबाट एउटा प्रकाश निस्कियो जसबाट सीरियाको भवन प्रकाशमान भयो ।

जन्म पछि वहाँको आमाले उनकी आमाले अब्दुल मुत्तलिबलाई नाती जन्मेको शुभ-सूचना पठाउनु भयो । अब्दुल मुत्तलिब खुशी र हर्षित हुँदै आए  र नबी सल्लल्लाहु अलैहि वसल्लमलाई काबामा लिएर गए, काबामा उनले धेरै दुआ गरे, अल्लाहलाई धन्यवाद दिए र वहाँको नाम मुहम्मद राख्नुभयो । वहाँलाई आमा पछि सबै भन्दा पहिले अबू-लहबको दासी सुवैबाले दूध पिलाइन ।

नोटः हामी पाठक समक्ष प्रस्तुत पुस्तकको लेख धारावाहिक रुपमा पेश गर्नेछौं, इन्शा अल्लाह । आज यो लेख नबी सल्लल्लाहु अलैहि वसल्लमको वंश र परिवार (दोश्रो भाग) को रुपमा प्रस्तुत गर्यौ । अल्लाहले हामीसबैलाई नबी (सल्ल.) को तरिका अनुसार सही मार्ग प्रदान गरुन । आमीन ।।

 

स्रोतः मुहम्मद (सल्ल.) को क्रान्तिकारी जीवन

लेखक- स़फ़ीउर्रहमान मुबारकपूरी

नेपाली अनुवाद प्रस्तुतकर्ताः मुहम्मद इब्राहीम खरेल

इस्लाम प्रेजेन्टेशन कमिटी,

हेड अफिस, कुवैत सिटी

Related Post