np.newmuslim.net
नबी (सल्ल.) को दया र क्षमाका उदाहरणहरु
अबू सुफयान बिन हर्ब उमवी यस्तो व्यक्ति थियो जसले उहुद र अहज़ाब युद्ध आदिमा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममाथि निरन्तर आक्रमण गरेको थियो र सेनापति बनिरहको थियो। मक्का विजयको समय रसूल सल्लल्लाहु अलैहि वसल्लमले उसँग धेरै दयालुतासँग कुरा गर्दै भन्नुभयो “हे अबू सुफयान! अहिले पनि समय छ तिमी यति कुरा सम्झ कि अल्लाहको सिवाय कोही इबादतको योग्य छैन। अबू सुफयानले भन्योः मेरो आमा बुबा तपाई माथि कुर्बान ! तपाई विवेकी, सम्बन्धको हक़ पुरा हक गर्नेवाला साथै दुश्मनमाथि पनि दया गर्नेवाला क्षमाशील हुनुहुन्छ ।
ahmed