New Muslims APP

नमाजका फाइदाहरु

प्रार्थनाका केही महत्वपूर्ण विधिहरू

नमाजका फाईदाहरु

नमाज इस्लामको दोश्रो स्तम्भ हो । नबी बनाइएको सन् दस हिजरीमा मक्काबाट मेराज(जीवित अवस्थामा हजरत जिब्रिलद्वारा मुहम्मद सल्लल्लाहु अलैही वसल्लमलाई स्वर्गको सातौं आकाशको भ्रमणमा लगिएको घटनालाई भनिन्छ) को राती देखि अल्लाहको हुकुमले मुसलमानहरुका लागि प्रत्येक दिन पाँच पटक-फज्र, जोहर, अस्र, मग्रिब र इशाको नमाज पढ्न अनिवार्य भयो । त्यस समय भन्दा पहिले दुई रकआत बिहान र दुई रकआत वेलुका फर्ज नमाज पढ्दथे । कलमा शहादत स्वर्गको ढोका खोल्ने चाबी हो भने नमाज चाबीहरुको एक दाँती हो ।
नमाजका फाइदाहरुः-

नमाजले मानिसलाई लज्जाहीनता र दुष्कर्मबाट अलग राख्दछ

नमाज पढ्नाले मानिसको आत्मा प्रज्वलित हुन्छ । उसको काममा फाईदा र उसको दुःख निवारण हुन्छ ।
नमाजबाट अल्लाह खुशी हुन्छन् । यसले मानिसका पापहरुलाई समाप्त गर्दछ र मरणोपरान्त स्वर्ग प्रदान गर्दछ ।
नमाज पढ्नेहरु समयको पाबन्दी हुन्छन् ।
ठीक समयमा पढिने नमाज अन्य सबै पूजाहरु भन्दा अल्लाहलाई बढी मन पर्ने हुन्छ ।
नमाज इस्लामको एउटा ठूलो परिचायक चिन्ह हो, जसले यसलाई कायम राख्छ, उ सच्चा मुसलमान हुन्छ र जसले छाड्छ उ अवज्ञाकारी हुन्छ

यसका अलवा अरु पनि धेरै फाइदाहरु छन् जसलाई हामी कुरआन तथा हदिसका प्रमाणका साथ तल प्रस्तुत गर्नेछौं ।

हदीस सही बुखारी र सही मुस्लिम बर्णन गरिएको छः मुहम्मद सल्लल्लाहु अलैही व सल्लम भन्नुहुन्छ, तिम्रो के विचार छ, तिमीहरु मध्ये कसैको घरको सामने एउटा नदी छ र कुनै पनि मानिस पाँच चोटी प्रत्येक दिन त्यसमा नुहाउँछ भने के उसको शरीरमा कुनै फोहर, मयल रहन्छ  त ? त्यसैगरी पाँच समयको नमाजको माध्यमले अल्लाह तआलाले आफ्नो भक्तको पापहरुलाई मेटाई दिनुहुन्छ । (बुखारी र मुस्लीम)

त्यस्तै कुरआनमा नमाजको फाइदाको बारेमा बर्णन गरिएको छः-नमाजका माध्यमले भक्त अल्लाहसँग सिधा सम्पर्कमा हुन्छन् । जति राम्रोसँग नमाज पढ्छ त्यति नै राम्रो सफलता प्राप्त हुन्छ । (कुरआन सूर-अल मोमीनून, आयत नं. १, २)

 

 

स्रोतः इस्लामका पाँच आधार + हदीस सही बुखारी र सही मुस्लिम + पवित्र कुरआन

लेखकः अब्दुर्रऊफ रहमानी

अनुवादकः मुहम्मद इब्राहीम खरेल

Related Post