नमाजको अनिवार्यता र संख्या

नमाज़को अनिवार्यता र संख्या

हरेक बालिग मुसलमान पुरुष तथा नारी माथि नमाज़ अनिवार्य छ । नमाज कसै माथि माफ हुंदैन। कुफ्र र इस्लाम बीच फरक नमाज पढ्ने र नपढ्नेबाट नै छुट्टिन्छ । नमाज दीन र रातमा पाँच पटक अनिवार्य छ । ति नमाजका नामहरु यस प्रकारका छन्,- फ़ज्र, जुहर, अस्र, मग्रिब, र इशा

नमाज़को बारेमा कुरआनको सूरः रुम आयत नं. ३१ मा भनिएको छः ए मानव हो  अल्लाह तआलातर्फ आकर्षित भई उसँग डराउ रहनु र नमाज़ कायम गर र मूर्ति पूजकहरु जस्तो नहुनु।

१ फ़ज्र नमाज़ः- यो नमाज़ बिहानको सबैभन्दा पहिलो नमाज़ हो । यसमा पहिले दुइ रकआत सुन्नत अलग पढेर फेरी जमआतको साथ दुई रकआत पढिन्छ । यो नमाज़ पढ्दा इमामले बुलन्द आवाजबाट पढ्नु पर्छ, यदि एक्लै मानिस नमाज़ पढ्छ भने पनि बुलन्द आवाजमा पढ़नु पर्छ । फ़ज्रको दुई रकआत सुन्नत अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई संसारको सबैभन्दा प्यारो चीज थियो । (मुस्लिम)

यदि फ़ज्रको दुई रकआत नमाज़ जमाअत भन्दा पहिले छुट्यो भने जमाअत पछि तुरुन्तै सूर्य उदय हुनु अगाडि नै पढ्नु पर्छ ।(अस्हाबुस्सुनन सिवाय नसाई)

२. जुहरः जुहरको नमाज़ चार रकआत फ़र्ज हो र छ रकआत सुन्नत हो यो नमाज़ सबै सिर्री(आवाज नगरी पढ्ने) हो । फ़र्ज भन्दा पहिले चार रकआत र फ़र्ज़ पछि दुई रकआत । जुहरमा सबै मिलाएर दस रकअत हुन्छ । यसको समय सूर्य मध्यान्नबाट केही ढल्केपछि शुरु हुन्छ र आफ्नो छायाँ दुई गुणा ज्यादा सम्ममा सकिंन्छ ।

३. अस्रः केवल चार रकअत फ़र्ज मात्र पढिन्छ । यो नमाज़को साथ सुन्नत नमाज छैन । यो नमाज़ पनि सिर्री हो। दिउँसो सूर्य ढल्केर मानिसको छायाँ उसको लम्बाईको अढाई बराबर भएपछि शुरु हुन्छ र सूर्यास्त हुनु भन्दा पहिले नै सकिंन्छ ।

४. मग्रिबः यो नमाज़ तीन रकअतको हुन्छ। पहिलो दुई रकअत बुलन्द आवाजको साथ पढिन्छ पछि एक रकअत सिर्री(मनमनै) पढिन्छ । फ़र्ज नमाज़ पछि दुई रकअत सुन्नत नमाज़ पनि सिर्री हो यसैले मनमनै पढ्नु पर्छ । यो नमाज़को लागि सूर्यास्त पछि आजन दिइन्छ र आजन दिएको पाँच मिनेट पछि पढिन्छ । यसको समय धेरै हुँदैन । मग्रिबको अजान पछिको दुई रकअत नफिल नबी सल्ल. ले कहिल्यै छोड्नु भएन र फ़र्ज पछि दुइ रकअत सुन्नत पनि हम्मेशा पढ्नु हुन्थ्यो ।

५. इसाः चार रकअत फ़र्ज, अनि दुई रकअत सुन्नत हुन्छ। पहिलो दुई रकअत जहरी नमाज़ हो यसैले बुलन्द आवाजमा पढ्नु पर्छ फेरि पछिल्लो दुई रकअत सिर्री हो यसैले यो दुई रकअत मनमनै पढ्नु पर्छ । फेरि दुई रकअत सुन्नत नमाज़ सिर्री नमाज़ पढिन्छ।

वित्रः वित्रको नमाज़ एक रकअत वा तिन रकअत पढ़नु सुन्नत हो, पाँच रकअत पनि पढ़न सकिंन्छ ।

दिन र रातमा फ़र्ज़ नमाजको संख्या सत्र रकअत हुन्छ र फ़र्ज नमाज़हरु बिहान दुई रकअत, जुहरमा चार रकअत पढिन्छ, अस्रमा चार रकअत, मग्रिबमा तीन रकअत र इशामा चार रकअत छ भने सुन्नत नमाज़हरु बाह्र रकअत छन् । बिहान फ़ज्र भन्दा पहिले दुई रकअत, जुहरको फ़र्ज़ भन्दा पहिले चार रकअत, फ़र्ज़ भन्दा पछि दुई रकअत, मग्रिबमा फ़र्ज़ भन्दा पछि दुई रकअत, र इशाको फ़र्ज़ नमाज़ पछि दुई रकअत समेत मिलाएर बाह्र रकअत हुन्छ र वित्र एक वा तीन रकअत हुन्छ ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुस्सलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहीम खरेल

Related Post